Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बहालवाला सचिव पक्राउ
ललिता निवास प्रकरण बहालवाला सचिव पक्राउ
जेबी योञ्जन
जेबी योञ्जन सोमबार, असार २५, २०८०
ललिता निवास प्रकरण

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो निर्देशनमा एक जना बहालवाला सचिव पक्राउ परेका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पार्न टिप्पणी उठाउने काम गरेको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत आइतबार पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यका अनुसार बुबाको उपचारका लागि भन्दै देश छाड्न लागेको सूचनाका आधारमा खटिएको टोलीले सचिव राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले थप अनुसन्धान थालेको उनले बताइन् ।

  •  सञ्चार सचिव कृष्णबहादुर राउत त्रिभुवन विमानस्थलबाट पक्राउ
  •  ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पार्न टिप्पणी उठाएको तथ्य फेला
  •  राउतले बुबाको उपचारको निहुँ पारी देश छाड्न लागेको खुलासा
  •  गृहमन्त्रीको निर्देशनमा सचिव राउत पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्ने १२ जना पुग्यो


‘त्रिभुवन विमानस्थलमा पुगेको थाहा पाएपछि हाम्रो टोलीले पक्राउ गरेको हो । उहाँ विराटनगर हुँदै देश छाड्ने भन्ने जानकारी थियो,’ एआइजी बज्राचार्यले प्रभावसँग भनिन् ।

राउतले देश छाड्न लागेको सूचना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले थाहा पाएपछि गृहमन्त्री श्रेष्ठलाई जानकारी दिएको स्रोत बताउँछ । जस आधारमा श्रेष्ठले आवश्यक प्रमाण जुटाउन निर्देशन दिएका थिए । सिआइबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पार्न भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत भएका बेला टिप्पणी उठाएको तथ्य फेला पारेको थियो ।

Hardik health

त्यसपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर सिआइबी बसेको थियो । र, आइतबार सचिव राउत बुबाको उपचारका लागि भन्दै देश छाड्न लाग्दा त्रिभुवन विमानस्थलबाट पक्राउ परे ।सिआइबीका एक अधिकारीले भौतिक मन्त्रालयले १७ असार २०६७ मा रायका लागि पेस गरेको निर्णयको मिसिलमा राउतको हस्ताक्षर रहेको बताए । सोही मिसिलका आधारमा मन्त्रिपरिषद्ले २९ चैत २०६६ मा समरजंग कम्पनीको नाममा रहेको २७ रोपनी सात आना जग्गा प्रधानमन्त्री निवास मातहत ल्याउने निर्णय गरेको थियो । जहाँ प्रधानमन्त्रीको निवास विस्तार गर्ने भनिएको थियो ।

मन्त्रिपरिषद्को सोही बैठकले ललिता निवासको जग्गा ल्याउँदा मोहीलाई भने बाहिरको सरकारी जग्गा सट्टाभर्ना गर्ने अर्को निर्णय गरेको थियो । यसबारेको प्रस्ताव तयार गर्ने उनै राउत रहेको सिआइबीको निष्कर्ष छ ।उसो त यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयानमा उनले भौतिक योजना तथा निर्माण मन्त्रालय र भूमिसुधार मन्त्रालयमा पहिले पेस भएको प्रस्तावका आधारमा मन्त्रिपरिषद्बाट भएका निर्णयको कार्यान्वयनको सिलसिलामा मन्त्रिपरिषद्का निर्णयहरूमा रहेका अनुसूचीका विवरण संशोधनका लागि पुनः मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्दा टिप्पणी पेस गरेको भनेका छन् । तर, अन्य कानुनी प्रावधान र निकायको निर्णय प्रक्रियामा रहने भूमिकाका विषयमा जानकारी नभएको बताएका थिए ।

ललिता निवास प्रकरणको अनुसन्धानमा संलग्न एक जना अधिकृत जापानमा अध्ययन सकेर नेपाल फर्किएलगत्तै राउतले टिप्पणी तयार गरेर फाइल अघि बढाएका थिए । यसअघि उनलाई अख्तियारले भने मुद्दा नचलाउने निर्णय गरेको थियो । २२ माघ २०७६ मा ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न १७६ जनाविरुद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसबेला आयोगले भ्रष्टाचारजन्य गैरकानुनी कार्यमा राउतको प्रत्यक्ष संलग्नता पुष्टि नभएको जनाएको थियो । उनीबाहेक पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलगायत विरुद्ध पनि मुद्दा नचलाउने निर्णयमा आयोग पुगेको थियो । तर, साढे तीन वर्षपछि भने सिआइबीले राउतलाई जग्गा हिनामिना गर्ने गिरोहलाई सहयोग हुनेगरी भौतिक योजना तथा निर्माण मन्त्रालयमा हुँदा टिप्पणी उठाएको आधारमा पक्राउ गरेको हो । 

सिआइबीले आइतबार नै समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुब अर्याललाई पनि पक्राउ गरेको छ । यसअघि यही प्रकरणमा सिआइबीले अन्य नौ जनालाई पक्राउ गरिसकेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलाई पक्राउ गरिसकेको हो । तत्कालीन खरिदार गोपाल कार्की पनि पक्राउ परेका छन् ।

उनीहरू सबै प्रहरी हिरासतमा छन् ।तर, यस प्रकरणमा संलग्न देखिएका कलाधर देउजा, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी पक्राउ परे पनि हाल रिहा भइसकेका छन् । कारण, सर्वोच्च अदालतबाट उनीहरूले निषेधाज्ञाको आदेश पहिले नै लिइसकेका थिए ।

गुरुङको बचाऊमा निजी क्षेत्र 
सरकारी लिखत कीर्ते गरेको कसूरमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङमाथि अनुसन्धान भइरहँदा निजी क्षेत्रका नेतृत्वदायी तीनवटा संस्थाले गुरुङको पक्राउप्रति विरोध जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गुरुङलाई पक्राउ गरिँदा निजी क्षेत्र त्रसित भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । गुरुङलाई अदालतले दोषी ठहर नगर्दै पक्राउ गरेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

यसको असर देशको अर्थतन्त्रमा पर्ने उनीहरूको दाबी छ । ‘यस्ता कार्य (गुरुङको पक्राउ)ले निजी क्षेत्रलाई कमजोर बनाउनेमात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं,’ तीन संस्थाको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

हाल गुरुङविरुद्ध ललिता निवासको जग्गा सरकारबाट फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गर्दै सरकारी लिखत तथा कागजात कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ । यदि, अदालतबाट गुरुङ दोषी ठहरिए मुलुकी अपराध संहिता २०७४ को दफा २७६ अनुसार सरकारी लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
 


प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०६:१९
#ललिता_निवास_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
परम्परागत ‘हुक्कालोली’ लोप हुँदै
परम्परागत ‘हुक्कालोली’ लोप हुँदै शुक्रबार, असोज ३१, २०८२
अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ
अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ शुक्रबार, असोज ३१, २०८२
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस शुक्रबार, असोज ३१, २०८२
‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल’का लागि थाइल्याण्ड जाँदै 
‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल’का लागि थाइल्याण्ड जाँदै  शुक्रबार, असोज ३१, २०८२
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल शुक्रबार, असोज ३१, २०८२
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने शुक्रबार, असोज ३१, २०८२
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP