Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • मध्यमस्तरकालाई उत्कृष्टमा उकास्न अझै चुनौती  
एसइई नतिजामा सुधार मध्यमस्तरकालाई उत्कृष्टमा उकास्न अझै चुनौती  
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २२, २०८०
  • यस वर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित 
  • अघिल्लो वर्षभन्दा ‘ए प्लस’ र ‘ए ग्रेड’ ल्याउनेको संख्या झण्डैै तीन प्रतिशत बढी
  • सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगर्ने राष्ट्रिय परीक्षा बोर्डको भनाइ

काठमाडौं- यसपटक माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एसइई नतिजामा गत वर्षभन्दा सुधार देखिएको हो ।

बोर्डले २०७९ चैतमा सञ्चालित एसइई परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।बोर्डका अध्यक्ष डा. महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बिहीबार बसेको  बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेसँगै परीक्षफल प्रकाशित भएको हो । बोर्डले यस वर्ष अन्तिमपटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८४ हजार ९३९ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार ७१२ जना छात्रा र दुई लाख ४२ हजार ६७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार ४६१ जना परीक्षार्थी थिए ।

सुध्रिँदो परीक्षाफल

Hardik health
ग्रेड     २०७९ २०७८
ए प्लस      २२,४२५   ९,६३३
ए    ५५,०६९    ४१,६२७
बी प्लस      ७२,३६२    ६९,९००
बी     ८९,३३१    ९०,७५८
सी प्लस    १०२,२९३     ११२,७३३
सी      ८८,४४७   १००,५९४
डी प्लस     ३८,७७०    ४४,५८६
डी      २,२००  ३,२८०
ई    २२,५३७ १३,९९२      २२,५३७

यसपटकको नतिजा हेर्दा अघिल्लो वर्षभन्दा सुध्रिएको देखिन्छ । अघिल्लो वर्ष ‘ए प्लस’ ल्याउनेको संख्या नौ हजार ६३३ जना रहेकोमा यसपटक यो ग्रेड ल्याउने २२ हजार ४२५ जना रहेका छन् । यो झण्डैै दुई प्रतिशतकै वृद्धि हो ।

त्यसैगरी ‘ए ग्रेड’ ल्याउनेको संख्या पनि यसपटक १३ हजार ४४२ जना बढी थपिएका छन् । अघिल्लो वर्ष ४१ हजार ६२७ जनाले यो ग्रेड पाउँदा यसपटक ‘ए ग्रेड’ ल्याउनेको संख्या ५५ हजार ६९ जना छन् । ‘बी प्लस’मा अघिल्लो वर्ष ६९ हजार ९०० रहेकोमा यसपटक ७२ हजार ३७२ जनाले यो ग्रेड ल्याउन सफल भए ।

एसइईको परीक्षाफल समग्रमा सुधारोन्मुख हुनुमा शिक्षक–विद्यार्थीको मिहेनत र अभिभावकको जागरुकता मुख्य कारण रहेको शिक्षाविद् र शिक्षाकर्मीहरूको बुझाइ रहेको छ । यद्यपि, मध्यमस्तरलाई उत्कृष्टमा उकास्ने चुनौती भने कायमै रहेको देखिन्छ ।

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले मध्यम विद्यार्थीलाई उत्कृष्टमा उकास्ने योजना अबको आवश्यकता रहेको बताए । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले परीक्षाफललाई सरसर्ती हेर्दा स्थानीय तह र विद्यालयहरूमा एक प्रकारको सुधारको जागरण आएको देखिएको बताए ।

आगामी दिनमा एउटा स्थानीय तह र अर्काे स्थानीय तह तथा एक विद्यालय र अर्काे विद्यालयबीच प्रतिस्पर्धा गराउँदै हरेक विद्यार्थीलाई प्रविधि र सिकाइसँग जोड्न शिक्षकलाई स्तरोन्नति गर्न सक्ने हो भने अझै नतिजा वृद्धि हुने सुझाव दिए ।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरको बुझाइमा सामुदायिक विद्यालयको अवस्था सुधारोन्मुख हुनुमा विद्यालय व्यवस्थापन समितिको जागरुकता, शिक्षकको मिहेनत र समुदायले विद्यालयलाई हेर्ने सकारात्मक दृष्टिकोण एवं सरकारको विद्यालय क्षेत्र सुधार हुँदै विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रमको थालनीले प्रभाव पारेको हो ।

‘कोभिडपछि भौतिक उपस्थितिमा विद्यालयमा पढ्न पाउँदा अभिभावक र विद्यार्थीहरू उत्साहित भएको र कोभिडका समयमा सञ्चार प्रविधिबाट पढ्दा खेप्नुपरेको हैरानीको राम्रो क्षतिपूर्ति मिलेको अनुभव भएको छ,’ नतिजाको सुधारबारे अध्यक्ष तुलाधरले भने ।

बोर्डका अध्यक्ष शर्माले परीक्षा प्रणालीको सुधार र कक्षा कोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्यांकनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताए । उनले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पारे ।

तोकियो कक्षा ११ मा भर्नाका आधार
एसइईको परीक्षाफल प्रकाशन भएसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्ना गर्ने आधारसहित क्याम्पस प्रमुखहरुलाई परिपत्र गरेको छ । बिहीबार बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशकी कार्यालय प्रमुख जयन्ती सत्यालले प्रधानाध्यापक र क्याम्पस प्रमुखको नाममा उक्त परिपत्र जारी गरेकी हुन् । 

साधारण शिक्षातर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइंट (जिपिए) १.६ प्राप्त गरी कक्षा १० मा अध्ययन गरेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने परिपत्रमा भनिएको छ ।

यसबाहेक अन्य विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट (जिपिए) १.६ प्राप्त गरेको हुनुपर्ने परिपत्रमा भनिएको छ । मौका परीक्षाका भने बोर्डले साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ ।


प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:३६
#शिक्षा #एसइइ नतिजा
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने शुक्रबार, साउन १५, २०८३
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल सोमबार, साउन ११, २०८३
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री शुक्रबार, साउन ८, २०८३
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव बिहीबार, साउन ७, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य मंगलबार, साउन ५, २०८३
उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति
उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP