Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दाहाललाई आफ्नै बोलीको भारी
दाहाललाई आफ्नै बोलीको भारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २१, २०८०
Editorial_Prabhab
Hardik health
अभिनेत्री रेखा थापाले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालबारे कुनै बेला भनेकी थिइन्– फूर्के । फूर्के अर्थात् फूरुक्क भइहाल्ने, हौसिहाल्ने । सोमबार नेपालमा छ चक्के ट्रक भित्र्याएको श्रेय पाएका सरदार प्रितम सिंहको बारेमा उनकी छोरी किरणदीप सन्धुले लेखेका किताब ‘रोड्स् टु दि भ्याल्ली ः दि लेगासी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचनमा यही पारा देखाइहाले दाहालले । अरुलाई मक्ख पार्न अलंकार र विशेषण थपेर प्रशंसा गर्ने क्रममा दाहालले आफू चिप्लिएको पत्तो पाएनन् । आफू कुन पदमा छु भन्ने हेक्का नराखी दाहालले प्रधानमन्त्री पदको गरिमा नै गिराए ।   हुन त नेपाली सत्ता फेरबदलमा दिल्लीको हस्तक्षेप हुन्छ भन्ने कुरा ‘ओपन सेक्रेट’ हो । सत्ताबाहिर पुगेपछि नेतृत्व तहबाटै यस्ता हस्तक्षेपबारे कटु आलोचना हुन्छ । तर, प्रधानमन्त्री दाहालले भने सत्तामै छँदा आफूलाई नेतृत्वमा राख्न एकजना सरदारले दिल्लीसम्म पु¥याएको प्रसंग खुलस्त पारे । सरदार सिंहको प्रशंसा गर्दै उनले भने, ‘उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहेनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो ।’   पहिलो प्रधानमन्त्रीकालमा आवश्यकताभन्दा बढी हौसिँदै प्रधानसेनापति हटाउन लाग्दा अफैंले सरकार छाड्नुपरेको सायद दाहाल आफैंलाई याद होला या थप राजनीतिक घटनाक्रमले उनको त्यो मेमोरी उडिसक्यो । राजनीतिक नेतृत्व जो सत्ताका लागि दिल्ली धाउँछन्, प्रधानमन्त्रीबाटै यस्तो तीतो सत्य बोलिदिँदा मुखै तीतो बनाउनु बेठीक नहोला । तर, सर्वसाधारण र राष्ट्रिय स्वाभिमानको दृष्टिले यदि दाहाल आफैंले यस्तो अभ्यास गराएको हो भने पक्कै पनि यो गम्भीर विषय हो ।   प्रधानमन्त्री दाहालले यसलाई प्रतिपक्षी दलले बबण्डर मच्चाएको र विरोधको बहाना बनाएको भन्दै पन्छिन खोजेका छन् । तर, सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दाहालको राजीनामा मागिसकेका छन् । यो विषयमा स्पष्ट नभएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै रहेको बेला दाहालको सत्तारुढ दलसँग पनि खटपट देखिन्छ । सत्ताको प्रमुख साझेदार नेपाली कांग्रेसका सभापति सिंगापुर पुग्दा काठमाडौंमा समाजवादी मोर्चा कसेकै कारण अहिले दाहाल तनावमा छन् ।   कांग्रेससँग विभिन्न मुद्दाका कारण एमाले नजिकिन खोजिरहेको अवस्थामा दाहालका लागि यो बोली महँगो पर्नसक्छ । शक्तिमा भए भन्दैमा हौसिने र रौसिने बानीले हानी गर्छ भन्ने पाठ दाहालले सम्झनसक्नुपर्छ । यतिमात्र हैन हौसिँदा पदीय हैसियत पनि सम्झनुपर्दछ । नभए बोलीको बाढीले पद प्रतिष्ठामात्र हैन उपलब्ध मान प्रतिष्ठा पनि बगाइलानेछ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP