Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • हडबडीपन दोहोर्‍याउँदै सभामुख
हडबडीपन दोहोर्‍याउँदै सभामुख
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २१, २०८०
sabhabmukh
Hardik health
- भारत भ्रमणपछि सदनमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल रोस्ट्रममा उभिँदा पनि सभामुख घिमिरेमाथि ‘एमाले’ हाबी भएको आरोप लागेको थियो - सभामुखको हडबडाहडकै कारण अघिल्लो बुधबार ध्वनी मतले पारित गरिसकेको बजेट पुनः मतदानमा लगियो -यो बुधबार पनि सभामुख हडबडिँदा बोलिरहेको सांसदलाई वास्तै नगरी बैठक स्थगित गरिदिए

काठमाडौं-  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सभा सञ्चालनका क्रममा आफ्नो हडबडापन पटक–पटक दोहो¥याउन थालेका छन् । सभामुख चुनिनासाथ विवादमा तानिएका घिमिरेले एकपछि अर्को गर्दै अत्तालिएर सभा सञ्चालन गरेको दृश्य सदनमा देखिन थालेको हो ।   बुधबार भयो त्यस्तै ।प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भनाइलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित थियो । बुधबार नै संसदीय बैठक डाकेर एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्री दाहालको राजीनामा माग्ने निर्णय गराए ।   दिउँसो ३ बजेका लागि बेलाइएको संसद् बैठकमा एमाले अध्यक्ष ओली पनि पुगे । हत्तपत्त संसद्मा हाजिर नहुने ओली प्रधानमन्त्रीको राजीनामा माग्ने कार्यक्रम भएपछि पुग्ने नै भयो । बुधबार चारवटा विधेयक सदनमा टेबल गर्ने सम्भावित कार्यसूची थियो । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको औपचारिक सुरुआत गर्नासाथ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर विरोध जनाए । लगत्तै सभामुखले एमालेका रघुजी पन्तलाई बोल्ने समय दिए ।   पन्तले नेपालीहरुको मनमा बादल लागेको छ भन्दै प्रधानमन्त्रीको राजीनामाको प्रसंग कोट्याए । ‘आज नेपालीहरुको मनमा बादल लागेको छ, नेपालीहरुको स्वाभिमानमा ठेस लागेको छ,’ पन्तले भने, ‘त्यो पनि अरु कसैबाट होइन । सम्माननीय प्रधानमन्त्रीज्यूबाट । प्रधानमन्त्रीज्यू पनि भनुँ कि नभनुँ लाग्छ कहिलेकहीँ ।’   सरदार प्रितम सिंहकी छोरी किरणदीप सन्धुले लेखेको किताब विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिले नेपालीको मनमा बादल लागेको पन्तको भनाइ थियो । प्रधानमन्त्रीको भनाइ पेस गर्दै नेपालको प्रधानमन्त्री बनाउन दिल्लीतिर जानुपर्ने कस्तो बाध्यता आइप¥यो भनी प्रश्न गरे ।   ‘नेपालको प्रधानमन्त्री बनाउन नेपाली जनतातिर फर्कने कि दिल्लीतिर जाने हो । नेपालको प्रधानमन्त्री बनाउने दिल्ली जानुपर्ने ?,’ त्यसपछि आक्रोशित देखिएका पन्तले प्रधानमन्त्रीको राजीनामा नआई सदन चल्नै नदिने अडान राखे । झण्डै १० मिनेट पन्तले बोलेपछि सभामुखले दैनिक कार्यसूचीमा बैठक प्रवेश गराए । एमालेको विरोधका बाबजुद घिमिरेले माओवादी केन्द्रकी सांसद छिरिङल्हामु लामा तामाङलाई बोल्ने समय दिए । तामाङलाई बोल्न दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि एमालेकै कित्तामा उभिए । सांसद तामाङ जुम्लामा भएको जातीय विभेदको समस्या सदनमा उठाउँदै थिइन् । सांसद बोल्दै गर्दा सभामुख घिमिरे हडबडिएर बोलेको बोल्यै गरे । सभामुखको बोलीले प्रतिपक्षी झनै हौसिए र बेल घेर्न उत्रिए । यतिमात्र हैन उनीहरुले नाराबाजीसमेत गर्न थाले ।बोलिरहेका बेला पनि सभामुख घिमिरेले बैठकमा सांसदहरुलाई बस्न र पालैपालो बोल्न अनुरोध गरिरहे । सभामुख कतिसम्म हडबडाएका थिए भने उनले तामाङको नामसमेत राम्ररी उच्चारण गर्न सकिरहेका थिएनन् ।   हतपतको काम लतपत भनेझैं सभामुखले छिरिङलाई ‘पासाङ ल्हामो’ पनि भन्न भ्याए । केही क्षणको विरोधमै अत्तालिएका सभामुखले सचिवालयका कर्मचारीलाई बोलाएर कानेखुसी गरेपछि बोलिरहेको सांसदलाई वास्तै नगरी आधा घण्टाका लागि बैठक स्थगित गरे । आधा घण्टाका लागि बोलाइएको संसद् दुई घण्टासम्म सुरु हुन सकेन । बरु एकैचोटि दुई दिनपछि बैठक बस्ने सूचना संघीय सचिवालयबाट जारी भयो । बैठक शुक्रबार ३ बजेसम्मका लागि स्थगित भएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले विज्ञप्तिमार्फत जानकारी दिए ।   बजेट परितका दिन उस्तै हडबड अघिल्लो बुधबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष २०८०÷८१ का लागि प्रस्तुत बजेट पारित गर्ने प्रस्ताव पेस हुँदै थियो । उक्त दिन पनि सभामुख घिमिरेले आफ्नो झुकाव एमालेतिरै रहेको देखिनेगरी हडबडाहड प्रस्तुत गरेका थिए । बजेट पारित गर्ने क्रममा सभामुख घिमिरे सरकारप्रति कठोर र एमालेप्रति लचक बनेको पटक–पटकको व्यवहारबाट प्रस्ट देखिन्थ्यो ।   त्यसो त भारत भ्रमणपछि सदनमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल रोस्ट्रममा उभिँदा पनि सभामुख घिमिरेमाथि ‘एमाले’ हाबी भएको आरोप लागेको थियो । त्यही व्यवहार दोहोरियो बजेट पारित गर्ने दिन । सभामुखका कारण बजेट दुई–दुई पटक पारित भयो ।दलीय सहमतिपछि अर्थमन्त्री डा. महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी रोस्ट्रमबाट अनुरोध गरे ।   अर्थमन्त्रीले प्रस्ताव राख्नसाथ सभामुख घिमिरेले उक्त प्रस्तावलाई निणयार्थ पेस गरे । सभामुखले प्रस्तावको पक्षमा हुन्छ भन्ने धेरै देखिएकोले बजेट बहुमतले पारित भएको घोषणा गरे । ‘हुन्छ भन्ने माननीयको बहुमत भएकोले विनियोजित बजेट–२०८० बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुखले घोषणा गर्नसाथ ताली गुञ्जियो सत्तापक्षबाट ।   तत्कालै एमाले सांसदहरुले उठेर विरोध जनाए । कत्ति पनि नपर्खी सभामुख घिमिरेले एमालेका सचेतक महेश बर्तौलालाई बोल्न समय दिए । प्रस्तावको विपक्षमा बहुमत भएको बर्तौलाले दाबी पेस गरिहाले । उनको अनुरोधलाई कति पनि नपर्खी सभामुख घिमिरेले प्रतिनिधिसभाको नियमावली २०७९ को नियम २९ को उपनियम १ बमोजिम प्रस्तावलाई निर्णयार्थ पेस गरे ।   घोषणा भइसकेको विषयमा सभामुखले एमालेको विरोधलाई सदर गर्दै पुनः मत विभाजनतिर लम्ब्याए । उक्त उपनियममा २८ भन्दा बढी सांसद उठेर असहमति जनाएमा मत विभाजन गरी मत संकलन गर्ने व्यवस्था छ । सोहीअनुरुप सभामुखले मत विभाजनको घोषणा गरे ।   सभामुख घिमिरेले पहिलोपटक पास भएको घोषणा गरेको आधा घण्टापछि बजेट मत विभाजनबाट पुनः पास भयो । प्रतिनिधिसभामा २५५ सांसद उपस्थित रहेकामा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको र बहुमतले पारित गरेको सभामुख घिमिरेले घोषणा गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०६:३४
#सभामुख
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP