Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
समाचार
  • Home
  • समाचार
  • मुख्यमन्त्रीको अप्ठ्यारो दौडमा थापा
मुख्यमन्त्रीको अप्ठ्यारो दौडमा थापा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १९, २०८०
udav thapa
Hardik health
राप्रपाको समर्थन नपाएको अवस्थामा सभामुखले निर्णायक मतदान गर्दा सरकार भने गठन गर्न सकिने अवस्था छ । तर, सभामुखको निष्पक्षता र तटस्थतामाथि प्रश्न उठ्छ ।
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा गठबन्धनले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने भएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार गठबन्धनका केन्द्रीय नेताहरूको सोमबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।   थापा मुख्यमन्त्रीका लागि नेताहरूलाई दबाब दिन प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेलगत्तै काठमाडौं आएका थिए । उनीसँगै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि आएका थिए । तर, ठूलो दलको हैसियतबाट थापाले गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार बन्ने अवसर पाउने भएका हुन् ।   कांग्रेस संसदीय दलका नेता भूपेन्द्र राईले अब थापाले गठबन्धनको तर्फबाट बुधबार र बिहीबारसम्ममा प्रदेश प्रमुख खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने जानकारी दिए । ‘मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय पर्याप्त छ,’ उनले भने, ‘उहाँ (थापा) अहिले काठमाडौंमा हुनुहुन्छ । आज आउनुहुन्छ होला प्रदेशमा । हामी ढिलोमा बिहीबार ५ बजेसम्ममा दाबी पेस गर्छौं ।’   संसद्मा थापाको पहिलोपटक प्रतिनिधित्व हो । उनी संसदीय राजनीतिक नयाँ खेलाडी हुन् । तर, उनलाई मुख्यमन्त्रीमा पहिलोपटकमै दाबी गर्ने अवसर मिल्ने भएको हो ।उनको दल कांग्रेसले मुख्यमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरिसकेको छ । कोशी प्रदेश संसद्मा कांग्रेसका २९ जना सांसद छन् । माओवादी केन्द्रका १३ जना (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टी (जसपा)का एक जना गरी ४७ जना सांसद छन् ।   प्रदेशमा सरकार गठनका लागि यो संख्या बहुमत हो । तर, सभामुखविना बहुमत पुग्दैन । अर्थात् ४६ जनामात्रै सांसद गठबन्धनको छ । एमाले–राप्रपाको पनि समान ४६ जना सांसद छन् । यही संख्यामा रहेका सांसदहरूको मात्रै मत पाएपछि शुक्रबारमात्रै एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको एमाले–राप्रपाको सरकार ढलेको थियो ।   यसले गर्दा थापालाई मुख्यमन्त्री हुन निकै मुस्किल देखिएको छ । तर, पनि संसदीय दलका नेता राईले भने राप्रपालाई गठबन्धनमा ल्याउने प्रयास गरिरहेको बताएका छन् । हालसम्म राप्रपाले ‘राजनीतिक निर्णय’ लिने भनेको उनको भनाइ छ ।     ‘प्रदेशलाई अहिले नै मध्यावधि निर्वाचनमा लानु हुँदैन भन्ने पक्षमा राप्रपाका साथीहरू हुनुहुन्छ भन्ने विश्वास छ । त्यही भएर हामीले मिलेर सरकार बनाऔं भनेका छौं,’ उनले भने, ‘हामी राजनीतिक निर्णय लिन्छौं भन्नुभएको छ । प्रतीक्षामा छौं ।’राप्रपाको समर्थन नपाएको अवस्थामा सभामुखले निर्णायक मतदान गर्दा सरकार भने गठन गर्न सकिने अवस्था छ । तर, सभामुखको निष्पक्षता र तटस्थतामाथि प्रश्न उठ्छ ।   गठबन्धनले पनि सभामुखलाई सरकार गठनको क्रममा प्रयोग नगर्ने भन्दै आएको छ । यदि, सभामुखलाई निर्णायक मतदाताको रुपमा प्रयोग नगरिए र राप्रपाले गठबन्धनलाई साथ दिए फेरि एमालेको नेतृत्वमा सरकार गठन हुन्छ ।   किनभने, अहिले गठन हुन लागेको सरकार संविधानको धारा १६८ को उपधारा (२) अनुसार हो । यसअनुसार थापाले बहुमतको सरकार गठन गर्न नसके सोही धाराको उपधारा (३) अनुसार प्रदेश संसद्मा सबैभन्दा धेरै सदस्य भएको दलको हैसियतले एमालेले सरकार गठन गर्ने संवैधानिक प्रावधान छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०७:३२
#कोशी_प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता शुक्रबार, माघ २, २०८२
निर्वाचन प्रहरी भर्नामा देखियाे असन्तुलन
निर्वाचन प्रहरी भर्नामा देखियाे असन्तुलन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम
सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम शुक्रबार, माघ २, २०८२
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट शुक्रबार, माघ २, २०८२
रास्वपाका सदस्य परियारकाे सवारीमा तोडफोड
रास्वपाका सदस्य परियारकाे सवारीमा तोडफोड शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP