Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
समाचार
  • Home
  • समाचार
  • कोशीमा सरकार,बहुमत जुटाउन सकस
कोशीमा सरकार,बहुमत जुटाउन सकस
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १७, २०८०
province-1
Hardik health
-प्रदेश प्रमुख परशुराम खापुङ सरकार गठन आह्वान गर्दै -संविधानको धारा १६८ को (२) अनुसार नयाँ सरकार गठन हुने -चार दलीय गठबन्धनलाई सरकार गठन चुनौतीपूर्ण - कांग्रेस–माओवादी कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने अनिश्चित -मुख्यमन्त्रीको आकांक्षी कांग्रेसका उद्धव थापा र माओवादीका इन्द्र आङ्बो - राप्रपाले गठबन्धनले सहयोग नगर्ने
काठमाडौ-  एमाले नेतृत्वको सरकार ढलेसँगै कोशी प्रदेशमा सरकार गठन निकै चुनौतीपूर्ण हुने देखिएको छ । संसदीय अंकगणित चार दलीय गठबन्धनलाई पनि सरकार बनाउन त्यति सहज हुने खालको छैन ।   यद्यपि, प्रदेश प्रमुख परशुराम खापुङले आजै सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै उनले सरकार गठनको आह्वान गर्ने तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।   उक्त उपधारामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न मिल्ने प्रावधान छ । चार दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९ जना, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३ जना(सभामुखसहित), नेकपा एकीकृत समाजवादीका चार जना र जनता समाजवादी (जसपा)का एक गरी ४७ जना सांसद छन् ।   सभामुख बाबुराम गौतमले मतदान गरेको अवस्थामामात्रै त्यहाँ सरकार गठन हुने देखिन्छ । उनले मतदान नगर्ने हो भने सरकार गठन हुँदैन । त्यस्तो अवस्थामा संविधानको धारा १६८ को उपधारा (३) अनुसार संसद्मा सबैभन्दा धेरै सदस्य भएको दलको तर्फबाट सरकार बन्ने प्रावधान छ । संसद्मा एमाले ४० सिटसहित पहिलो दल छ ।   तर, माओवादीका एक नेता झट्ट हेर्दा असहजजस्तो देखिए पनि बहुमतसहित सरकार गठन गर्ने बताउँछन् । उनका अनुसार राप्रपा पनि गठबन्धनमा आउनसक्ने सम्भावना छ । ‘हामी (चार दल) आफैं सरकार गठन गर्न सक्छौं,’ उनले प्रभावसँग भने, ‘तर, राजनीतिक सत्ता समीकरणमा राप्रपा आउने वातावरण बन्दै छ ।’   प्रदेश संसद्मा राप्रपाको छ सिट छ । २४ पुसमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुँदादेखि ढल्दासम्म राप्रपाको समर्थन एमालेलाई रह्यो । तर, के राप्रपा चार दलीय गठबन्धनमा रहेर सरकारमा जाँदै छ ? राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने, ‘हामी मुख्यमन्त्री दिने भने पनि अहिलेको चार दलीय गठबन्धनमा मिसिन जाँदैनौं । हामी कसैले यता आउनू भन्दैमा कुदेर जाँदैनौं ।’   फेरि, प्रदेश सरकार कसको नेतृत्वमा गठन गर्ने भन्नेबारे भने टुंगो पनि लागेको छैन । मुख्यमन्त्री हुन कांग्रेसका उद्धव थापा र माओवादीबाट इन्द्रबहादुर आङ्बो छन् । यी दुई जना कोशीका पाँचौं मुख्यमन्त्री हुने दौडमा छन् । गठबन्धनका केन्द्रीय नेताहरूले कोशीमा कांग्रेसको सरकार गठन गर्ने सहमति गरेमा थापा गठबन्धनबाट मुख्यमन्त्रीको दाबेदार हुनेछन् । यदि, माओवादीबाट सरकारको नेतृत्व हुने अवस्थामा आङ्बो मुख्यमन्त्री हुनेछन् ।   गठबन्धनका केन्द्रीय नेताहरूले आजै बिहान कोशी प्रदेश सरकारको नेतृत्व कुन पार्टीले लिने भन्ने टुंगो लगाउने तयारी गरिरहेका छन् । स्रोतका अनुसार गठबन्धनको चार दलमध्ये माओवादीले कोशीमा सरकारको नेतृत्व लिँदै छ । किनभने, बागमतीमा माओवादीबाट चाँडै कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिन चाहेको स्रोत बताउँछ ।   ‘कोशीमा कांग्रेस गठबन्धनको ठूलो दल हो । स्वाभाविकरूपमा त्यहाँ कांग्रेसको दाबी रहन्छ तर बागमतीमा माओवादीबाट प्रदेश सरकारको नेतृत्व निकट भविष्यमै लिन खोजिरहेका छौं,’ एक जना कांग्रेस पदाधिकारीले भने, ‘त्यही भएर अहिले कोशी माओवादीको भागमा पर्ने सम्भावना बढी छ ।’   अघिल्लो साता कोशी प्रदेशका गठबन्धन दलहरूका नेताहरू संघीय राजधानी काठमाडौंमा आएका थिए । यतै उनीहरूको बैठक पनि चल्यो । आ–आफ्ना दलका नेताहरूसँग भेटघाट गरेर उनीहरू फर्किए ।उनीहरूलाई गठबन्धनका केन्द्रीय नेताहरूले के आश्वासन दिए ? खुलेको छैन । तर, उनीहरू कोशीमा गठन हुन लागेको सरकारमा नेतृत्वबारे केन्द्रीय नेताहरूको निर्णयको पर्खाइमा छन् ।   अघिल्लो संसद्को अन्त्यतिर प्रदेशमा हाल कायम गठबन्धन दलहरूमध्ये एकीकृत समाजवादीबाट सांसद राजेन्द्रकुमार राई मुख्यमन्त्री भएका थिए । यसपटक भने उनले मुख्यमन्त्री हुने चाहना गरेका छैनन् । उनले गठबन्धनका अन्य दलका उम्मेदवारलाई नै मुख्यमन्त्रीमा सहयोग गर्ने बताएका छन् । राईभन्दा अघि त्यहाँ एमालेका शेरधन राई र भीम आचार्य मुख्यमन्त्री भएका थिए ।   प्रदेश नामले दबाब गत १७ फागुनदेखि कोशी प्रदेश अशान्त छ । कोशी नामलाई पहिचान पक्षधरहरूले रुचाएका छैनन् । उनीहरूले प्रदेशको नाम ‘किरात–लिम्बुवान’ राख्नुपर्ने बताउँदै आएका छन् । तर, उनीहरूको मागअनुसारको नाम राख्न सहज छैन । किनभने, नाम टुंगो लगाउन प्रदेश संसद्मा दुई तिहाइ अर्थात् ६२ जना सांसद चाहिन्छ । गठबन्धन दलहरूको पुग्दैन ।   फेरि, गठबन्धनका सबै दल आन्दोलनरत पहिचान पक्षधरहरूको मागअनुसार नाम फेर्नेबारे सकारात्मक छन् । यति हुँदाहुँदै पनि बहुमत अभावले नाम फेर्ने स्थिति देखिँदैन । पहिचान पक्षधरहरूले भने जसरी पनि प्रदेश नाम फेर्न गठबन्धनले पहलकदमी लिनुपर्नेमा जोड दिइरहेका छन् । पहिचानवादी एक जना नेता प्रेम एक्तेन भन्छन्, ‘पहिचानविरोधी दल एमाले सत्ताच्युत भयो । अब आशा भनेको गठबन्धनसँग हो । होइन भने हामी यी दलहरू लक्षित विरोधका कार्यक्रम पनि गर्छौं ।’   जसपा सांसद निर्मला लिम्बू पनि गठबन्धन दलहरू प्रदेश नाम फेर्न र त्यसका लागि पहलकदमी लिन प्रतिबद्ध हुनुपर्ने बताउँछिन् । नभए आफ्नो समर्थन गठबन्धनका अन्य दलहरूलाई सरकार गठनमा नहुने उनको भनाइ छ ।‘मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन आह्वान गरिएको बैठकमा म गइनँ । नजानुको कारण विज्ञप्तिमार्फत भनेकी छु कि कार्की नेतृत्वको सरकार प्रदेश नाम फेर्नेबारे निकै कठोर भयो । अब बन्ने गठबन्धन सरकार पनि त्यस्तै भयो भने त समर्थन गर्दिनँ,’ सांसद लिम्बूले भनिन् ।   प्रदेशमा नामकै विषयलाई लिएर चर्किएको आन्दोलनका क्रममा लाजेहाङ भनिने पदम लिम्बूले ज्यान गुमाए । केही नेता कार्यकर्ता घाइते भए । लगातार पहिचान पक्षधरहरू आन्दोलित छन् । उनीहरू पछिल्लो समय सशस्त्र दस्ता नै तयारीमा जुटेका भिडियोहरू नै सार्वजनिक भइरहेको छ । यसरी प्रदेश नामकै विषयलाई लिएर द्वन्द्वमा फस्न लाग्दा चार दलमाथि नामलाई सम्बोधन गर्नुपर्ने दबाब बढ्दो छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०६:५७
#कोशी_प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने मंगलबार, भदौ २, २०८३
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP