Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • धान दिवसलाई सार्थक बनाऊ
धान दिवसलाई सार्थक बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १५, २०८०
Editorial_Prabhab
Hardik health
आज असार १५ । आजकै दिनलाई नेपालमा राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिन्छ । यस दिनलाई रोपाइँ जात्राका रुपमा पनि मनाउने गरिन्छ । खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने गरिन्छ । सँगै, दही चिउरा खाने प्रचलन पनि नेपाली समाजमा स्थापित छ ।   कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । खेतीपातीमा संलग्न नभएकाहरुले पनि आज दही चिउरा खाएर असार १५ मनाउने गरेका छन् । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको रुपमा मानिन्छ असार महिना ।   त्यसैले यो महिना कृषकका लागि अति नै महŒवपूर्ण महिनाको रुपमा रहेको छ । यसै महिनाको मध्य दिन आज धान दिवस मनाउने गरिएको हो । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिन्छ ।   धान नेपालको प्रमुख खाद्यान्न बाली हो । तर, पछिल्लो समय धानको उत्पादन क्षेत्र क्रमशः घट्दै गएको छ । रोपाइँ गर्ने जमिन प्लटिङ गरी बेचविखन गर्ने क्रम बढ्दा उत्पादन क्षेत्र घट्दै गएको हो । अर्कोतर्फ, सरकारले कृषिलाई प्राथमिकता दिने नीति लिए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । कृषकले हरेक वर्ष रोपाइँको मुख्य समयमा नै मल तथा सिँचाइका लागि पानीको अभाव खेप्नुपरिरहेको छ ।   अधिकांश क्षेत्रमा आकाशेपानीको भरमा रोपाइँ गरिँदै आएको छ । त्यसैले समयमा पानी नपरिदिँदा रोपाइँ गर्न पाउँदैन । यस वर्ष पनि मुलुकको पूर्वीभागमा पानी परेर समयमै रोपाइँ गर्न पाए पनि पश्चिम क्षेत्रमा पानी नपर्दा समस्या भएको छ । रोपाइँ गर्ने बेलामा आकाशेपानीबाहेक सिँचाइको व्यवस्था नहुँदा किसानले वर्सेनि समस्या बेहोर्नु परिरहेको छ ।   सरकारले समयमा मल उपलब्ध गराउन नसक्दा प्रत्येक वर्ष यो सिजनमा कृषकले सास्ती बेहोर्नुपरिरहेको छ । वर्षौंदेखिको यो समस्या कुनै पनि सरकार आए पनि समाधान हुन सकेको छैन । यसपटक पनि कृषकहरुले मलको अभाव भोग्नुपरिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले भने मल अभाव हुन नदिएको दाबी गरेका छन् ।   उनले संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मलको अभाव हुन नदिन पर्याप्त व्यवस्था गरेको दाबी गरेका हुन् । तर, उनको दाबीअनुसार कृषकले मल पाएका छैनन् ।   कृषिप्रधान देश भनिए पनि कृषिमा पर्याप्त लगानी गर्न नसक्दा मुलुकले ठूलो मात्रामा कृषिवस्तु आयात गरिरहेको छ । धानको पनि अवस्था उही छ । स्वदेशमा उत्पादन बढाउन सके मुलुकबाट बाहिरिने ठूलो रकम जोगिने निश्चित छ ।   सरकारले धान उत्पादन बढाउने हो भने माथि उल्लिखित समस्याहरुको सम्बोधन गर्न जरुरी छ । अनिमात्र धान दिवसले सार्थकता पाउनेछ । राष्ट्रिय धान दिवसको शुभकामना !
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP