Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीय बजेटका रोचक पक्ष ,कतै घर, कतै ‘क्यास’: कुकुरलाई होस्टल र बाँदरलाई बगैंचा
स्थानीय बजेटका रोचक पक्ष ,कतै घर, कतै ‘क्यास’: कुकुरलाई होस्टल र बाँदरलाई बगैंचा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १५, २०८०
budget 2079
Hardik health
काठमाडौं– स्थानीय तहले यसपटक बजेटमा रोचक कार्यक्रमहरु समावेश गरेका छन् । बजेटमा कतै जनसंख्या बढाउन घर उपहारको अफर गरिएको छ भने कतै ‘क्यास’(नगद) को उपहार । केही स्थानीय सरकारले भने कुकुरलाई होस्टल र बाँदरलाई बगैंचा कार्यक्रमसमेत अघि सारेको छ ।'   राक्सिराङमा घर उपहार मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई आगामी वर्षबाट घर उपहार दिने भएको छ । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो ।'   ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ,’ असार ९ गते शनिबार गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ ।   समुदायमा आधारित समूहको दिगो व्यवस्थापनमा ‘एक घर, एक धारा’ कार्यक्रमलाई थप बस्तीमा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको बजारोन्मुख बस्ती पलाँसे चैनपुर, राक्सिराङ, अठारे, चौकीटार र सिलिंगेमा व्यवस्थित बस्ती विकास र नक्सापाससहितको पक्की भवन निर्माण गर्न सहरी विकास तथा एकीकृत बस्ती विकास मापदण्ड कार्यान्वयन गरिने नीति पनि गाउँपालिकाले लिएको छ ।   साकेलामा ‘क्यास’ खोटाङको साकेला गाउँपालिकाले बसाइँ सर्नेहरुको संख्या बढिरहेका कारण जनसंख्या दिनानुदिन घटिरहेको अवस्थामा जनसंख्यालाई सन्तुलनमा राख्न आर्थिक वर्ष २०८०÷८१ को नीति, कार्यक्रम तथा बजेटमा नयाँ नीति अपनाएको छ । गाउँपालिकाले घट्दो जनसंख्यालाई सन्तुलनमा राख्न अन्यत्रबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई सम्मानस्वरुप पाँच हजार रुपैयाँ नगद रकम उपलब्ध गराउने नीति अघि सारेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले बताइन् ।   बसाइँसराइलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधालगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ सम्पन्न १३औं गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।     कुकुरलाई होस्टल, बाँदरलाई बगैंचा बागलुङको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने भएको छ । यस्तै जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्नका लागि जंगलमै बाँदर बगैंचा बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको छ ।   जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राखिने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कुकुर होस्टेल स्थापनाका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।   नगरपालिकाभित्र छाडा कुकुरका कारण दुर्घटना बढेको तथा छाडा कुकुरले टोकेका घटना बढ्दै गएका कारण छाडा कुकुरलाई नियन्त्रण गर्न कुकुर होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेलाई दिने बागलुङ नगरले नीति लिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताए ।   ‘छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पशु कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गरेका छौं, रेबिजविरुद्धको खोप लगाएका छौंं, छाडा कुकुरलाई शून्यमा झार्नका लागि कुकुर होस्टेल बनाउने नगरपालिकाको नीति हो, आगमी आर्थिक वर्षमा पहिलो चरणको काम हुन्छ,’ खड्काले भने, ‘छाडा कुकुर नियन्त्रण गरेर होस्टेलमा राख्दा बजारमा छाडा कुकुरका कारण निम्तने दुर्घटना र रेबिज रोगको संक्रमण घटेर जानेछ, होस्टेलमा राखिएका कुकुरलाई स्थानीयवासीले पाल्नका लागिसमेत लैजान सक्नेछन् ।’   नगरपालिकाले कुकुरका लागि छुट्टै निर्देशिका नै बनाइसकेको छ । घरपालुवा कुकुर नगरपालिकामा दर्ता गर्ने, नवीकरण गर्ने, अनिवार्य रेबिजविरुद्धको खोप लगाउने कार्यलाई पशुसेवा शाखाबाट काम गर्ने नीति लिइएको छ । नगरपालिकाले छाडा कुकुरलाई मार्न नपाइने भएकाले उत्पादन घटाउन बन्ध्याकरण गर्ने र कुकुरलाई पालन पोषण गरेर कुकुर होस्टेलमा राख्ने भएको हो ।   जिल्ला सदरमुकाममा छाडा कुकुरको समस्याका विषयमा नागरिकबाट निरन्तर आउन थालेपछि नगरपालिकाले कुकुर होस्टेलको अवधारणा लिएको बताइएको छ ।यस्तै बागलुङको जैमिनी नगरपालिकाले बाँदरलाई जंगलमै भुलाउने कार्यक्रम ल्याएको छ ।नगरपालिकामा जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी बाँदरको समस्या रहेको छ ।     जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएका कारण नगरपालिकाले नगरपालिकाको वडा नं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैंचा निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको छ ।नगरपालिकाले बाँदर बगैंचा निर्माणका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न १० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ गरी २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।     ‘जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएको छ, बसाइँसराइका कारण बाँदरको समस्या जटिल बन्नु स्वाभाविक छ, बाँदरलाई जंगलमै भुलाउनका लागि छिस्तीको पुरानो गाउँमा बाँदर बगैंचा निर्माण गर्ने र बाँदरलाई बगैंचामै भुलाउने नगरपालिकाको योजना छ,’ नगरउपप्रमुख शर्माले भने, ‘पहिलो चरणमा आगमी आर्थिक वर्ष २०८०/८१ मा २५ लाख रुपैयाँ बजेटबाट पूर्वाधार निर्माणको सुरुआत गरिन्छ, बाँदर बगैंचामा जैमिनीभित्रका बाँदरलाई त्यहाँ लगेर पालिन्छ, बगैंचामा बाँदरलाई मनपर्ने फलफूल लगाइन्छ भने बाँदरलाई बगैंचाभित्रै राख्न पूर्वाधार निर्माण गरिनेछ ।’
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०८:०४
#स्थानीय_बजेट
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP