Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #दराज
  • #बोराबाध
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता जोगाउने कसरत
सत्ता जोगाउने कसरत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १५, २०८०
kosi prades
Hardik health
-एमालेको अन्तिम प्रदेश सरकार संकटमा -मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई एक मतको खाँचो - ९३ सदस्यीय संसद्मा एमाले गठबन्धनको ४६ जना सांसद -विपक्षी गठबन्धनका कांग्रेस, माओवादी र नेकपा एसको ४५ - एक जना सांसद रहेको जसपा तटस्थ बस्ने
  काठमाडौं– संघीय र तीनवटा प्रदेश सरकार गुमाएको नेकपा एमालेलाई बाँकी रहेको कोशी प्रदेश सरकार जोगाउन हम्मेहम्मे परेको छ । आज बिहानसम्ममा कुनै राजनीतिक उथलपुथल नभएको अवस्थामा मुख्यमन्त्री हिक्मतकुमार कार्की रहेको सरकार ढल्दै छ । यदि, ‘रात रहे अग्राख पलाउँछ’ भने जसरी नै रातारात संसदीय अंकगणित आफू अनुकूल बनाएको अवस्थामा भने कार्की नेतृत्वको एमाले सरकार जोगिने सम्भावना छ । ९३ सदस्यीय प्रदेश संसद्मा कार्कीलाई सरकार जोगाउन ४७ जना सांसदको विश्वास भए पुग्छ ।   कार्कीको दल एमालेका ४० जना र सत्ता साझेदार अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का छ जना सांसद छन् । दुुई दलको गरी ४६ जना सांसद पुुग्छ । एक जना सांसद अपुग हुन्छ ।कार्की नेतृत्वको सरकार ढाल्ने भन्दै आएका विपक्षी दलहरू नेपाली कांग्रेसका २९ जना, नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एकीकृत समाजवादीका चार जना गरी ४६ जना नै सांसद छन् ।   अर्को दल जनता समाजवादी (जसपा) सँग एक जना सांसद छ । तर, तटस्थ बस्ने जनाएको छ । यसले गर्दा कार्की नेतृत्वको सरकार विश्वासको संकटमा पर्ने देखिएको छ । कार्कीलाई भने जसपाकै एक जना सांसदको आसा छ । यदि, जसपाको एक जना सांसदले विश्वासको मत दिए वर्तमान सरकार जोगिन्छ ।
  ‘यो बाटो (विश्वासको मत दिने) मा नजाने भए हामीले तत्कालै मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ । मध्यावधि निर्वाचन गर्न हामी तयार छौं ।’-हिक्मतकुमार कार्की,मुख्यमन्त्री
  तर, जसपा तटस्थ रहेको र कांग्रेस, माओवादी र नेकपा एसका कुनै पनि सांसदले दायाँबायाँ नगरेको अवस्थामा कार्की नेतृत्वको सरकार ढल्ने निश्चित रहेको देखिएको छ । मुख्यमन्त्री कार्कीले यदि आफूूले विश्वासको मत नपाएको अवस्थामा मध्यावधि निर्वाचनमा जाने अभिव्यक्ति दिएका छन् ।   ‘मेरो विश्वास छ, यो भन्दा अर्को विकल्प छैन । यही बाटो (विश्वासको मत दिने) मा जानैपर्छ,’ उनले बिहीबार विश्वासको मत संसद्मा लिने क्रममा भने, ‘यो बाटो (विश्वासको मत दिने) मा नजाने भए हामीले तत्कालै मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ । मध्यावधि निर्वाचन गर्न हामी तयार छौं ।’   मुख्यमन्त्री कार्कीले आफ्नो सरकार नटिके मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर प्रदेशमा मध्यावधि निर्वाचन घोषणा गर्ने बताएका हुन् । गत वर्षको ४ मंसिरमा मात्रै प्रदेशमा निर्वाचन भएको हो । तर, कार्कीले यदि आफ्नो सरकार नबने संसद् जीवित नराख्ने चेतावनीसहित मध्यावधि निर्वाचन घोषणा गर्ने आशयको अभिव्यक्ति दिएका हुन् ।   संविधानविद् डा. विपीन अधिकारी मुख्यमन्त्री कार्कीले संसद्मा जसरी पनि संवैधानिक प्रक्रियाअनुसार विश्वासको मत लिनुपर्ने बताउँछन् । संसद्मा विश्वासको परीक्षण गर्नु उनको संवैधानिक दायित्व भएको र संसद्लाई छल्न नमिल्ने अधिकारीको भनाइ छ ।   ‘सार्वभौम संसद्मा पहिले समर्थन गरेका दलहरूले फिर्ता लिएपछि ३० दिनभित्रमा विश्वासको परीक्षण गर्नुपर्छ । विश्वास प्राप्त गरे सरकार टिक्छ, नभए ढल्छ,’ उनले प्रभावसँग भने, ‘यो संवैधानिक दायित्वबाट मुख्यमन्त्री भाग्न मिल्दैन ।’  
उहाँ (मुख्यमन्त्री)को पक्षमा संसद्मा बहुमत छैन । अल्पमतमा हुनुुहुन्छ । नभएपछि उहाँ संसद् छाडेर भाग्नुुभयो । यो ठीक होइन ।-इन्द्रबहादुर आङ्बो, नेता, माओवादी संसदीय दल
कार्कीले बिहीबार प्रदेश संसद्मा विश्वासको मत मागे । तर, उनलाई कांग्रेस, माओवादी र नेकपा एसले मत दिन नसक्ने स्पष्ट पारे । जसपाले भने तटस्थ बस्ने विज्ञप्तिमार्फत जानकारी दियो । त्यसपछि प्रदेश सभामुख बाबुराम गौतमले जवाफ दिन मुख्यमन्त्री कार्कीलाई समय दिएका थिए ।   त्यसक्रममा उनले ३० मिनेटका लागि बैठक स्थगित गर्न सभामुखसँग आग्रह गरे । त्यहीबेला संसद् भवनबाट बाहिरिएका कार्की फर्केर संसद् गएनन् । बरु, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीमार्फत आज (शुक्रबार) बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरिएको पत्र सभामुखलाई पठाए ।   सभामुख गौतमले आज बिहान ११ बजेका लागि बैठक बोलाएका छन् । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो कार्कीले प्रतिकूल संसदीय अंकगणित भएको थाहा पाएपछि विश्वासको मत नलिईकन भागेको बताए । ‘उहाँ (कार्की)को पक्षमा संसद्मा बहुमत छैन । अल्पमतमा हुनुुहुन्छ । नभएपछि उहाँ संसद् छाडेर भाग्नुुभयो । यो ठीक होइन,’ आङ्बोले भने ।   एउटामात्रै रहेको प्रदेश सरकार पनि संकटमा परेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेको विवरण सार्वजनिक भएको छ । तर, दुुई नेताबीच भएको कुरामा केही सहमति भयो कि भएन ? त्यो खुलासा भएको छैन ।   प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने कुनै पनि हालतमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन नसकिने बताए । प्रदेशको राजनीतिक स्थिरता र विकासका लागि भए पनि कार्की नेतृत्वको सरकार ढाल्नुको विकल्प नभएको उनी बताउँछन् ।   ‘नेतृत्व तहमा के कुरा भयो ? त्यो मैले जान्ने कुरा होइन तर के हो भने यहाँ मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन हामी सक्दैनौं । उहाँको सरकार जोगाउन हामी तयार छैनौं,’ उनले भने ।गत पुस २४ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसबेला उनको दल एमाले र राप्रपासँगै माओवादी र जसपाको समर्थन थियो । तर, माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका हुन् ।   सभामुखले मतदान निर्णायक ? प्रदेश सभामुख माओवादीका बाबुराम गौतम छन् । उनको निर्णायक मतले मात्रै कार्की नेतृत्वको प्रदेश सरकार जोगिने सम्भावना छ ।तर, संविधानविद् डा. अधिकारी संसद्को नेता भनिने सभामुख संसद्मा कुुनै पार्टी वा गठबन्धनतिर मतविभाजनमा सहभागी भएर खुल्दा त्यसले राम्रो सन्देश नजाने बताउँछन् ।   ‘ल मानौं, आज सरकार बनाउन सभामुखले मतदान गर्नुभयो । भोलि बजेट पारित गर्न मतदान गर्नुपर्ने हुन्छ । विधेयक पास गर्नदेखि प्रदेशसभामा आएका प्रस्तावहरू पास गर्न पनि सभामुखकै संलग्नता चाहिएला,’ उनले भने, ‘सरकार पक्षमा उभिने सभामुखले कसरी सभा सञ्चालन गर्न सक्छ ? या प्रतिपक्षमा उभिँदा कसरी सभा निष्पक्ष सञ्चालन गर्न सक्छ ? घाँडो सिर्जना हुन्छ ।’   उनले सभामुखलाई मतदान प्रक्रियामा सहभागी गराउन नहुने बताएका छन् । उसो त माओवादीले पनि सभामुखलाई मतदानमा सहभागी नगराउने जनाइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०८:०७
#कोशी_प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो
एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो मंगलबार, मंसिर १६, २०८२
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी मंगलबार, मंसिर १६, २०८२
मानवअधिकार सम्मान र पुरस्कार घोषणा
मानवअधिकार सम्मान र पुरस्कार घोषणा मंगलबार, मंसिर १६, २०८२
कला तथा सांस्कृतिक महोत्सव बुधबारदेखि
कला तथा सांस्कृतिक महोत्सव बुधबारदेखि मंगलबार, मंसिर १६, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ मंगलबार, मंसिर १६, २०८२
राजदूत तुलाधर गैरआवासीय राजदूतमा नियुक्त
राजदूत तुलाधर गैरआवासीय राजदूतमा नियुक्त मंगलबार, मंसिर १६, २०८२
गाडीसहित बेपत्ताको शव भेटियो
गाडीसहित बेपत्ताको शव भेटियो मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP