म्याग्दी- मध्य पहाडी लोकमार्ग अन्तरगत कास्कीको अन्नपूर्ण गाउँपालिकाको काँडे–नागडाडा क्षेत्रमा पर्ने पाउदुरको पहिरोले केही दिनयता गण्डकीको चार जिल्लाको लामो दुरिको यातायात सेवा प्रभावित बनेको छ ।
लुम्बीनिको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गको रुपमा रहेको सो सडकको पाउदुर खण्डमा पटक पटक सडक अवरुद्ध हुदाँ सँयौ सवारी साधन र हजारौ जना यात्रुहरु दैनिक आठ देखि दश घण्टा जाममा पेर दुःख पाएका छन् ।
एकतर्फ रुपमा मात्र यातायात सञ्चालन गरिदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारी साधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुहरुको बिजोग भएको छ । म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, पुर्वी रुकुम र रोल्पाबाट पोखरा, काठमाडौ लगायत देशका विभिन्न ठाउँमा जाने र आउने यात्रुलाई सास्ती भएको छ ।
पहिरो वरपर भएका साना पसलले बाध्यताको फाइदा उठाएर महँगोमा खाजा, खाना बेच्ने गरेको यात्रुले गुनासो गरेका छन् । चार वर्षअगाडि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न रु. तीन करोड ५० लाखमा ठेक्का लिएको ओमबुद्ध इन्टरनेशनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्याद यही असार ५ गते सकिएको छ ।
हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र भएको मध्य पहाडी लोकमार्ग आयोजना, कार्यालय पर्वतले जनाएको छ । जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्र्तगत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन् । तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको बैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनको लागि प्रयास गरिएको आयोजनाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० ०८:४४