Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • डेंगु नियन्त्रणमा तदारुकता देखाऊ
डेंगु नियन्त्रणमा तदारुकता देखाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १४, २०८०
Editorial_Prabhab
Hardik health
बर्खायाम सुरु भएसँगै संक्रामक रोगहरू फैलिँदो क्रममा छ । देशको पूर्वी क्षेत्रको प्रदेश कोशीमा संक्रामकमध्येमै पर्ने डेंगुको प्रकोप तीव्र गतिमा फैलिरहेको छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्ला दुई सातामा डेंगु संक्रमितहरूको भीड लाग्न थालेको छ । प्रतिष्ठानको माइक्रोबायोलोजी प्रयोगशालामा गरिएको परीक्षणमा १०० जनाभन्दा बढीमा डेंगु पोजिटिभ देखिएको विवरण सार्वजनिक भइसकेको छ ।   कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभामामात्रै १८ जना बिरामी डेंगु संक्रमित छन् । झापा, मोरङ र सुनसरीमा संक्रमण फैलिँदो छ । धनकुटा, पाँचथरलगायत पहाडी जिल्लामा पनि संक्रमितहरू देखिएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । चार वर्षअघि धरानमा १० हजार मानिस डेंगु संक्रमित भएका थिए । यस वर्ष पनि तीव्र गतिमा संक्रमण फैलिरहेका कारण फेरि नदोहोरिएला भन्न सकिन्न । त्यही भएर स्थानीय, प्रदेश र संघीय सरकारले नियन्त्रण, रोकथाम र सचेतनासम्बन्धी कदम छिटो अघि बढाउनुपर्छ ।   किनभने जनस्वास्थ्यविद्हरूका अनुसार डेंगु संक्रमण नियन्त्रणबाहिर जान पनि सक्छ । चार वर्षअघि धरानमा नियन्त्रणबाहिर गएको थियो । अर्थात् स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने स्थिति सिर्जना भएको थियो । यसपटक पनि डेंगु संक्रमणको दर हेर्दा फेरि त्यस्तै अवस्था त आउने होइन ? ढुक्क हुने अवस्था छैन । गत पुसदेखि फागुनसम्म कोशीका विभिन्न जिल्लामा १७ जनामा मात्रै डेंगु संक्रमण देखिएको थियो । जेठ २१ देखि २७ सम्म भने ३२ जनाको स्वास्थ्य परीक्षणमा पाँच जनामा र जेठ २८ देखि असार १ सम्म ४५ जनाको जाँच गर्दा १९ जनामा डेंगु संक्रमण देखिएकै प्रतिष्ठानको तथ्यांक छ । यी तथ्यांकहरूले डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको देखाउँछ । यसले गर्दा डेंगुको सेरोटाइप छिटो गर्नुपर्ने देखिएको छ । सम्भावित संक्रमितहरूको परीक्षण गर्ने किटको पर्याप्त व्यवस्था गर्न विलम्ब गर्नुहुँदैन । सर्वसाधारणलाई पनि संक्रमणबाट जोगिन सचेतना जगाउनुपर्छ । घरवरिपरिको सरसफाइ गर्दै लामखुट्टेको लार्भा र प्युपा नष्ट गराउनुपर्छ । डेंगु संक्रमण गराउने एडिस एजिम्टाई जातिको पोथी मच्छरले जमेको सफा पानीमा फुल पार्ने हुनाले विषादी प्रयोग गरेर नष्ट गराउन स्थानीय स्वास्थ्य संस्थाहरूले सर्वसाधारणहरूलाई जागृत गराउनुपर्छ ।   यसो गरिए केही हदसम्म डेंगु नियन्त्रणमा आउन सक्छ । होइन, भने महामारीको रुप नलेला भन्न सकिन्न । यसप्रति तीन तहकै सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP