Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • दबाब परेपछि ‘ब्याक’ भए माधव–उपेन्द्र
दबाब परेपछि ‘ब्याक’ भए माधव–उपेन्द्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १३, २०८०
Budget_Madhav-upendra
Hardik health
- कांग्रेस सभापति देउवाको सिंगापुर टुरले सत्ता गठबन्धनका माओवादी, जसपा र एकीकृत समाजवादी त्रसित - देउवा काठमाडौं उत्रनासाथ अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने दाबी - नसच्चिएसम्म पारित गर्न नदिने निर्णयबाट माधव नेपाल र उपेन्द्र यादवको एकाएक ‘यु–टर्न’  
काठमाडौं - गत १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष २०८०÷८१ का लागि बजेट प्रस्तुत गरेपछि सबैभन्दा असन्तुष्ट बन्यो एकीकृत समाजवादी र जनता समाजवादी पार्टी । दुवै दलको अडान थियो यथास्थितिमा बजेट पारित हुन नदिने ।   ‘अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरुसँग छलफल नै नगरी ल्याइएको छ । बजेटले पूरै मधेशलगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यस कारणले यसलाई सच्याउनुपर्छ,’ असार ७ गते पार्टीको मुख्यालयमा आयोजित सभामा जसपा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए । बजेट सच्चिएरमात्र पारित हुने यादवको जोड थियो । ‘नसच्याई बजेट पास हुन कठिन छ । त्यसकारण सच्याउनुपर्छ,’ यादवले थप भनेका थिए ।   सोही दिन एकीकृत समाजवादी (एस)ले पनि यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय ग¥यो । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा एसले बजेटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मनोमानी गरेको भन्दै असन्तुष्टि पोखेको थियो । यसअघि जेठ २८ मै संसद् भवनबाहिर एसका अध्यक्ष माधवकुमार नेपालले बजेटमा असन्तुष्टि पोख्दै नसच्चिए सत्ता नै दुर्घटनातिर जाने चेतावनी दिएका थिए ।   ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन,’ प्रतिनिधिसभाको बैठकपछि नेपालले भनेका थिए, ‘रिस मरेको छैन र यही पाराले जाने हो भने दुर्घटनातिर जान्छ कि भन्ने डर पनि लाग्छ ।’   को दुर्घटनामा पर्छ ? प्रश्न सुन्नसाथ नेपालले भनेका थिए, ‘सरकार ।’ अध्यक्ष नेपाललाई नै एसको बैठकले बजेटबारे निर्णय गर्ने अख्तियारी दियो । तर, सोमबारमात्र अर्थमन्त्री डा. महतले हाँक दिए– बजेट संशोधनविना संसद् बैठकबाट पारित हुन्छ । संसद् भवन परिसरमा पत्रकारसँग संक्षेपमा कुरा महतले उक्त भनाइ राखेपछि सत्ता गठबन्धनको नोकझोक बाहिर आएन । बजेटमाथि आक्रोशित सुनिएको जसपा अध्यक्ष यादव र एसका अध्यक्ष नेपाल अहिले चुपचाप छन् । बजेटप्रतिको उनीहरुको बिलौना पनि सामसुम भएको देखिन्छ ।   कांग्रेससँग एमाले नजिकिँदा त्रसित आज बुधबार अर्थमन्त्री डा. महतले बजेट पारित गर्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गर्दै छन् । बजेट पारित गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई ह्विप नै जारी गरिसकेको छ । एस र जसपाले पनि निर्णयार्थ पेस हुने बजेटको पक्षमा मतदान गर्ने तयारी गरेका छन्, चुपचाप । सम्भावतः आज प्रतिनिधिसभाको बैठकअघि नै दुई दलले बजेटको पक्षमा निर्णय गर्नेछ । आफ्नो निर्णयबाट दुई पार्टी किन ‘ब्याक’ भए त ?   नेपाली कांग्रेसका सभापति देउवा केही दिनअघि सिंगापुर पुगेका थिए । नाम उपचारको भए पनि देउवा त्यहाँ जानुको कारण सत्ताको हेरफेरका लागि भएको बताइन्छ । विभिन्न मुद्दामा नेकपा एमालेसँग तालमेल गरी सत्ता परिवर्तन गर्ने तयारीका साथ देउवा त्यसतर्फ लागेको बताइएको थियो । देउवा शुक्रबार नै काठमाडौं फर्किए गुपचुप । उनी फर्केको केही दिनपछि आइतबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल छलफलमा बसे । छलफललगत्तै रौतहट पुगेर निर्णयबाट ब्याक भएको संकेत गरे नेपालले ।   ‘अब मिलेर जानुबाहेक विकल्प छैन, सत्ता गठबन्धन मिलेर जानुपर्छ भन्ने हामी सबैको उद्देश्य पनि हो । फुटेको खण्डमा देश र जनतामाथि घात हुन्छ,’ नेपालले भने । देउवा काठमाडौं उत्रेकै दिन नेपाल निवास कोटेश्वर पुगे अर्थमन्त्री डा. महतले बजेटमा सहयोग गर्न आग्रह गरेका थिए । माओवादी, एस र जसपा समाजवादी मोर्चाका दल हुन् ।   देउवाको सिंगापुर बसाई लम्बिएपछि तीनै दलले कांग्रेससँग एमाले नजिकिएको आशंका गरे । र, बजेटमा अहिले निहुँ नखोज्ने गरी नेपाल र यादव ‘युटर्न’ भएको बताइएको छ ।पछिल्लो समय संघीयता खारेजी, हिन्दूराष्ट्रको घोषणा, निर्वाचन प्रणालीमा हेरफेर गर्ने गरी दुई ठूला दललाई मिलाउने कसरतमा अन्तर्राष्ट्रिय शक्ति लागेको थियो । संविधान संशोधनका लागि बहुमत आवश्यक भएकाले दुई ठूला दल मिलाउनुको विकल्प थिएन ।   यस्तै संकेत कांग्रेस महामन्त्री गगन थापाले गर्दै आएको थिए । महामन्त्री थापाले सरकार बन्ने भत्कने प्रक्रिया चलिरहने मात्र भनेनन् समानुपातिक निर्वाचन प्रणालीकोसमेत विरोध गर्दै आएका थिए । यही संकेतपछि प्रधानमन्त्री दाहालले नेपाल र यादवलाई बालुवाटार बोलाएर सम्झाएका थिए । एमालेले कांग्रेसलाई सत्ता गठबन्धनको प्रस्ताव गरे पनि देउवा हच्केका कारण यो रणनीति सफल नभएको बताइएको छ ।   जिल्ला निर्वाचन कार्यालय खारेज नहुने सरकार जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबाट पछि हटेको छ । सत्तारुढ दलकै चर्को विरोधपछि अर्थमन्त्री डा. महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन् ।   प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले पनि चर्को दबाब दिँदै प्रश्न उठाएपछि महतले नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताए ।   ‘हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौं । यो हाम्रो विश्वास हो,’ अर्थमन्त्री महतले भने, ‘जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुने छैन ।’
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP