Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • सरकारी तलब खाएर पनि भ्रष्टाचार ‘नाथे’
सरकारी तलब खाएर पनि भ्रष्टाचार ‘नाथे’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १२, २०८०
matyangra
Hardik health
वैकुण्ठ भण्डारी शाहवंशीय प्रथम राजा एवं नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश छ– घूस लिन्या र दिन्या दुवै राष्ट्रका सत्रु हुन् । करिब २५० वर्ष अघितिर बोलेका यी कुरा अहिले ठ्याक्कै उल्टो भएको छ । ‘घूस नलिने र घूस नदिने दुवै विकासका बाधक हुन्’ । अझ लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि त यी कुरा महादिव्योपदेशका रुपमा लिनुपर्ने रे ! विनाघूस कुनै काम नै बन्दैन ।   छोराछोरीको नागरिकता बनाउनेदेखि सरकारी कागज बनाउन पनि घूस नख्वाई त हुँदै हुँदैन भन्न पनि मिल्दैन । हुन्छ, तर कहिले हुन्छ ! खै कहिले कहिले ? तपाईं सरकारी अड्डामा जानुभएको छ भने तपाईंले भोग्नुभएकै होला तपाईंको काम सरकारले तोकेको कागज प्रक्रिया पु¥याउँदा पनि हुन मुस्किल छ ।   ठूलाघरे कान्छो, बाउको नामबाट जग्गा नामसारी गर्न मालपोत गा’को । मालपोतको ढोकैमा बसेको लेखनदासले च्याप्प समाते अनि भने के काम हो ? ठूलाघरे कान्छो अचम्म पर्छ । र, भन्छ– हाकिम भेट्न आको ? ए, हाकिम भेट्न आको भेट्नुस भेट्नुस् । लेखनदासले अनुहार बिगार्दै भन्छ । किन हाकिम साप, हुनुहुन्न र ?   हुनुहुन्छ होला ? हाम्लाई के थाहा ? तपाईंको हाकिम । फरक्क फर्केको लेखनदास अघि कान्छो एक टकले हेर्छ । मालपोत कार्यालयका भित्तामा टाँसिएका सूचना पढ्छ । ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न’ । कान्छो दंग पर्छ, भित्रभित्र फुरुंग हुन्छ ।   जे होस् अब भने देशमा गणतन्त्र आएछ । कम्तीमा भ्रष्टाचार गर्दिन गर्न दिन्न भन्ने त भएछन् । मन मनै सोच्दै भित्र पसेको कान्छो दुई पन्ने कागज तेस्र्याउँदै फलामे झ्यालबाट सोध्छ । सर, निवेदन कता पेस गर्ने होला ? भित्रबाट हेर्दै नहेरी उत्तर आउँछ । पल्लो कोठामा जानुस् ।   पल्लो कोठाको उस्तै फलामे झ्यालमा पुगेर दाहिने हातभित्र छिराउँदै कागजको निवेदन देखाउँदै कान्छो सोध्छन्, सर नमस्कार । उताबाट उत्तर आउँदैन । विचरा झ्यालभित्रका कर्मचारी कम्प्युटरमा धेरै व्यस्त छन् । फेसबुकमा च्याट गरिरहेका छन् । बेलाबेलामा युट्युब र इन्स्ट्राग्राम पनि हेर्दै छन् । उनलाई कान्छोको निवेदन हेर्ने फुर्सद पो कहाँ छ र ? जेठको महिनाभित्र पंखा मज्जाले घुमिरहेको छ । तारेभिरबाट चिसो हावा घट्टेखोलातिर चलेजस्तै पंखाको हावा भित्रभित्र भित्तै फोरौंला जसरी बेजोडले कुदिरहेको छ । तर, बाहिर धेरै बेर हात भित्रै छिराएर उभिरहेको कान्छोको निधारबाट नुनिलो पसिना बगेको बग्यै छ । उताबाट न निवेदन हेर्छ न कुनै जवाफ नै आउँछ । तर, पनि कान्छोले कुनै हैरानी खेपेको छैन । सरकारी काम कहिले जाला घाम भन्ने उक्ति उसको मनमा छ । त्यसैले होला, विचरा कुन्नि के–के को दाग भएको सेतो रङले पोतिएको भित्तामा देब्रे कुम अड्याएर उभिरहन्छ, भित्रबाट कुनै जवाफ आउला कि भनेर !   बाहिर मान्छेहरु ओहोरदोहोर गरिरहेका छन् । तर, झ्यालबाट फाइल बुझाउने कमै छन् । केही मानिसहरु मस्तसँग गफ चुटिरहेका छन् । ‘साला’ कहिल्यै नबन्ने भो यो देश । माल हात नपारे त कामै गर्दैनन् यार । सिस्टम सिस्टम भन्छन्, यिनीहरुको सिस्टम भनेको फर्मुला बुझ्नै गाह्रो । के भनेको के भनेको ! तल भेटेको लेखनदास दुईचार वटा फाइल वोकेर आइरहेको छ । कान्छोलाई देख्छ र भन्छ, भेट्नु भो हाकिम सापलाई ? ऊ त्यो पल्लो कोठा हो हाकिम सापको ! नदेखेको भए मैले देखाइदिए, मुस्कुराउँदै ढोकाबाट लेखनदास पंखाको हावा खाँदै कम्प्युटरमा ‘च्याट’ गरिरहेका कर्मचारीका पुग्छ ।   त्यतिञ्जेलसम्म पनि कान्छोको हातभित्रै छ । ती कर्मचारीले कान्छोलाई वास्तै गर्दैनन्, बरु लेखनदासले बोकेको फाइल हेर्दै नहेरी कुन्नि के लेख्छन् र सही गर्छन् । दुवै हाँस्छन् । भरे भेटौंला भन्दै लेखनदास बाहिर निस्कन्छ । ठूलाघरे कान्छो ठूला–ठूला कुरा सुनेको थियो, म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्न, कण्ठै पारेको थियो । तर, उसैको काम सेतो सर्ट लगाउनेले गर्दिएन होइन निवेदन नै हेर्दिएन । कान्छोले विचार गर्‍यो, यो त अति भो म नियममा बस्नेको निवेदन पनि नहेर्ने लेखनदासको काम सक्ने ? भएन हाकिमकैमा जान्छु । अलि पुग्छ । काठको बोर्डमा प्रमुख फलानो टाँगिएको तर बाहिर लेखिएको देख्छ । यति भएपछि कान्छो त्यही ढोकाबाट यसो मुण्टोभित्र छिराउँछ । त्यहाँ पनि पंखा बेजोडले चलिरहेको छ । कुर्सीमा त हाकिम होइनन् मुख पुछ्ने रुमालमात्र छ । सोफामा बसेका केही व्यक्ति देश बनाउँछु भनेर चुनाउ जितेका नेताजस्तै कुरा गरिरहेका छन् । कान्छोजस्ता साधारण सेवाग्राही ढोकामा हाकिम कुरेर बसिरहन्छन् । ‘सिस्टम’ मिलाएर फाइल लिएर आएका व्यक्तिहरु फटाफट ढोकाको कुनाबाट मुस्कुराउँदै निस्कन्छन् । ठूला घरे कान्छोको मनमा खुल्दुली हुन्छ । कतै हाकिम ढोको छिड्की पारेर बसेका त छैनन् । जे पर्लापर्ला पनि छिर्छु भन्दै फाइल बोकेर छिर्छ । उनको मनका खुल्दुली पक्कै मेटियो । हाकिम साप दुई–चार जना विचौलियासँग निकै ठट्टिएर पो बसेका रहेछन् । कान्छोले नीर्भिक भएर सोध्यो ? हाकिम साप को हुनुहुन्छ ? भलाद्मी पारामा छेउमा उपरखुट्टी लगाएर बसेका मानिसले सोधे– किन के गर्नुपर्‍यो ? कान्छोले सानले भन्यो– हाकिम बाहिर भनेर लेखिएको छ । त्यसैले सोधेको । ती भलाद्मीले भने– हाकिम मै हुँ । के पर्‍यो भन्नूस् ? ‘के प¥यो होइन हाकिम साप । पारा ठीक भएन । तपाईंको गेटमा भ्रष्टाचार विरोधी नारा टाँस्ने अनि काम सबै विचौलिया राखेर गराउने ? तपाईंका कर्मचारी सबै सेटिङमा काम गर्ने अनि तपाईं भित्र बसेर, बोर्डबाहिर बनाएर सेवाग्राहीलाई झुक्याउने ?’ हाकिमसँग बसेको व्यक्तिले कान्छोसँग अलि फरक ढंगले प्रस्तुत हुन्छ, ‘तपाईंको काम के हो भन्नूस् न, मालपोतमा आएर सीधै काम हुन्छ ? तल जानूस् लेखनदाससँग समन्वय गरेर आउनूस् ।’ कान्छो पनि के कम, ठाडो स्वरमा भन्छ– कहाँ के गर्नुपर्छ भन्ने कुरा मलाई थाहा छ । तपाईंलाई त्यही लेखनदास र यहाँ आउने विचौलियासँग समन्वय गराउने लाज छैन ? सरकारले तलब दिएको यही विचौलियासँग मिलेर सेवाग्राहीसँग आर्थिक लाभ लिन हो ? कान्छोको प्रश्नले हाकिम अलि हच्किन्छ, ‘ल भैगो धेरै कुरा नगर्नूस्, काम के पर्‍यो भन्नूस् ।’ ‘यो एउटा निवेदन दर्ता गरी प्रक्रियामा काम गर्न खोज्दा तपाईंका कुनै पनि कर्मचारीले सही कुरा बताएनन् । यो कोठाबाट त्यो कोठा, त्यो कोठाबाट तल विचौलिया । तपाईं आफैं विचौलियासँग मस्त ! सेवाग्राहीको काम कसरी बन्छ ?’ ‘सरकारी तलब खाएर पनि भ्रष्टाचार ! सेतो कपडाको साख जोगाउनु पर्नेमा त्यहीमाथि अत्याचार । कठै बर, मेरो देश बिगार्ने तन्त्र ।’ हाकिमलाई अलि पारा चलेछ क्यार ! कान्छोलाई हकार्न खोजे । कान्छोले बोल्नै दिएन । सेवाग्राहीहरु तपाईंहरुले जसो भन्यो त्यसो गर्नुहुन्छ । त्यसैले हेपेको हो । सबै एउटै हुँदैनन् बुझ्नु भो ? हामीले तिरेको करबाट तपाईं तलब खाइरहनुभएको छ । अनि जसका कारण तलब खाइरहनुभएको छ त्यही जनतालाई सास्ती ? अब त्यसो हुन्न हामी सेवाग्राहीहरुले नियमपूर्वक कागजात तयार गरेपछि काम सम्पन्न हुनुपर्दछ, नागरिक वडापत्रमा उल्लेख गरेजसरी नै बुझ्नु भो ? अब सहिन्न । सरकारी तलब, भत्ता, सवारीसाधन आवश्यक सबै सेवा सुविधा सरकारी त्यसमाथि पनि पाइलैपिच्छे कमिसन । खाउँखाउँ कमिसनले देश वर्वाद बनाऔं । सबै अवाक्क !
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP