तनहुँ - तनहुँमा व्यावसायिक अङ्गुर पाकेपछि किसानहरु अङ्गुर टिप्दैछन् ।
तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बारबिसेमा करिब ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुर खेती फलेपछि किसानहरु टिपेका हुन् ।
घिरिङ्ग भाइन यार्ड एण्ड रिसर्च सेन्टरले सुरु गरेको पहिलो वर्ष दस हजार किलोग्राम अङ्गुर उत्पादन गर्ने लक्ष्य राखेको छ ।
स्वीजरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी लगाइएको सञ्चालक कुमार कार्की बताउँछन् ।
तस्बीर : सानेबहादुर नेपाली/रासस
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ०८:०२