Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #दराज
  • #बोराबाध
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विश्वासको मत ‘फेल’ गराउने, नेतृत्वमा आलोपालो
विश्वासको मत ‘फेल’ गराउने, नेतृत्वमा आलोपालो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १२, २०८०
pradesh1
Hardik health
- विश्वासको मत लिन बिहीबारका लागि अधिवेशन आह्वान - विश्वासको मत ‘फेल’ गराउने गठबन्धनको निर्णय - मुख्यमन्त्रीमा कांग्रेस र माओवादी केन्द्र दुवैको दाबी -९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक - एमाले गठबन्धनसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ जना -विपक्षी गठबन्धनसँग कांग्रेसको २९, माओवादी केन्द्र १२ (समामुखबाहेक), एकीकृत समाजवादी पार्टीका ४ र जनता समाजवादी पार्टी (जसपा)को एक गरी ४६ सांसद
काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकार छाड्नसाथ संकटमा परेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आगामी बिहीबार विश्वासको मत लिने भएका छन् । निर्णायक मतदानका लागि पर्सी बिहीबार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका हुन् ।   कार्कीको मुख्यमन्त्री पद टिक्छ कि टिक्दैन ? प्रदेशसभामा बिहीबार हुने मतदानपछि नै थाहा हुनेछ ।यता प्रदेशसभाको अधिवेशन आह्वान गरेकै दिन सोमबार काठमाडौंमा विपक्षी गठबन्धनको बैठक बस्यो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित चार दलीय गठबन्धनले विश्वासको मत ‘फेल’ गराउने रणनीति तय गरेको बैठकमा सहभागी नेताहरु बताउँछन् ।   ‘प्रदेशसभाले असार १४ गतेका लागि अधिवेशन आह्वान गरेको छ । यही विषयमा काठमाडौंमा हामी जुटेका हौं,’ नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले प्रभावसँग भने, ‘कांग्रेससहितको गठबन्धनले विश्वासको मत असफल बनाउने निर्णय गरेको छ ।’   यस्तै बैठकले चार दलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । बैठकमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक राई, सांसद प्रदीपकुमार सुनुवार र कार्की, माओवादी केन्द्रको तर्फबाट दलका नेता इन्द्रबहादुर आङ्बो, नेताहरु दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र राजेन्द्र कार्की सहभागी थिए । जसपाको तर्फबाट भने निर्मला तावा लिम्बू सहभागी थिइन् ।   निर्वाचनलगत्तै संघदेखि प्रदेश सरकारमा कब्जा जमाएको नेकपा एमाले माओवादी केन्द्रले गठबन्धन परिवर्तन गरेसँगै कोशी प्रदेशमामात्र सीमित हुन पुगेको थियो । संघ र अन्य प्रदेशमा एमाले सरकार क्रमशः ढले पनि कोशीमा एमालेले आफ्नो नेतृत्वमा सरकार चलाइरहेको छ । प्रदेशको नामाकरणसँगै विवादको घेरामा परेको कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । गत फागुन १७ गते प्रदेशको नामाकरण कोशी भएको थियो ।   त्यसविरुद्ध पहिचानवादीहरु निरन्तर आन्दोलनमा छन् ।कोशीमा एमाले नेतृत्वको सरकार ढलाउन गठबन्धनले निर्णायक मानिएकी जनता समाजवादीकी निर्मला लिम्बूले १७ जेठमा सरकार छाडेकी थिइन् । कोशीमा जसपाको एकमात्र सांसद छ । माओवादीले २३ जेठमा सरकार छाडेसँगै कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो ।   माओवादीका दुर्गाप्रसाद चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटनमन्त्री रहेका थिए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।   मुख्यमन्त्रीबारे गठबन्धनमा जुटेन सहमति चार दलीय गठबन्धनमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी यसअघि नै पेस गरिसकेको छ ।‘२९ सांसदसहित कांग्रेस पहिलो दल हो । हाम्रो दाबी हामीले नै नेतृत्व पाउनुपर्ने भन्ने हो,’ कांग्रेस प्रमुख सचेतक राईले भने । कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार संसदीय दलका नेता उद्धव थापा हुन् ।   यसैगरी माओवादीले पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्दै आएको छ । माओवादीले दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । दुई दलबीच कसलाई पहिले मुख्यमन्त्री दिने विषयमा मात्र विवाद बाँकी रहेको राईले बताए । यद्यपि, आलोपालो गरी सरकार चलाउने भन्ने विषयमा भने सहमति भइसकेको उनको भनाइ छ ।   यस्तो छ अंकगणित ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अहिले एमालेको ४० र राप्रपाको छ गरी ४६ जना सांसदको साथ सरकारलाई छ । प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । त्यसो त कांग्रेसको २९, माओवादी केन्द्र १२, एकीकृत समाजवादी पार्टीका चार र जनता समाजवादी पार्टी (जसपा)को एक गरी अर्को गठबन्धनसँग पनि ४६ सांसद नै छ । यसले गर्दा सभामुख निर्णायक बन्नुपर्ने देखिन्छ । सभामुख माओवादीका बाबुराम गौतम छन् । गत पुस २४ गते ६० सांसदको समर्थनमा कार्की प्रदेश १ (कोशी) को मुख्यमन्त्री नियुक्त भएका थिए ।    
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०७:२१
#कोशी_प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो
एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो मंगलबार, मंसिर १६, २०८२
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी मंगलबार, मंसिर १६, २०८२
मानवअधिकार सम्मान र पुरस्कार घोषणा
मानवअधिकार सम्मान र पुरस्कार घोषणा मंगलबार, मंसिर १६, २०८२
कला तथा सांस्कृतिक महोत्सव बुधबारदेखि
कला तथा सांस्कृतिक महोत्सव बुधबारदेखि मंगलबार, मंसिर १६, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ मंगलबार, मंसिर १६, २०८२
राजदूत तुलाधर गैरआवासीय राजदूतमा नियुक्त
राजदूत तुलाधर गैरआवासीय राजदूतमा नियुक्त मंगलबार, मंसिर १६, २०८२
गाडीसहित बेपत्ताको शव भेटियो
गाडीसहित बेपत्ताको शव भेटियो मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP