Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • खारेजी होइन सुधार
खारेजी होइन सुधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ११, २०८०
Editorial_Prabhab
Hardik health
नेपालको संविधान २०७२ मा संस्थागत भएको एउटा राजनीतिक उपलब्धि समानुपातिक निर्वाचन प्रणाली हो । नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र द्वन्द्व र दोस्रो जनआन्दोलनको पृष्ठभूमिमा नयाँ नेपाल निर्माणको अभियानमा देशका सबै वर्ग र जातजातिलाई जनसंख्याको आधारमा राज्यसत्तामा सहभागी गराउन यो निर्वाचन प्रणालीको व्यवस्था गरिएको हो ।   किनभने, सदियौंदेखिको एकल जातीय, वंशीय र निरंकुश शासन व्यवस्थाले उत्पीडित, सीमान्तकृत र बहिष्कृत हुन परेका जाति, वर्ग र समुदायमा मानिसहरू राज्यको मूल प्रवाहदेखि धेरै टाढा थिए । अहिले पनि छन् । उनीहरूको संसद्मा प्रतिनिधित्व सुनिश्चित गर्न समानुपातिक निर्वाचन प्रणाली पहिलो संविधान निर्वाचन २०६४ देखि कार्यान्वयनमा ल्याइएको हो । तर, अहिले आएर यो प्रणालीको मूल मर्ममाथि राजनीतिक दलहरूले गम्भीर प्रहार गरेका छन् । सीमान्तकृत, बहिस्कृत र अल्पसंख्यक समुदायका नागरिकलाई नीति निर्माण तहमा ल्याउनुुभन्दा पनि आफ्नै परिवारका सदस्य, नभए आफन्त, यदि आफन्त पनि नभए आफूू र पार्टीलाई लाखौंलाख पैसा दिने व्यवसायीलाई सांसद बनाउने गरेका छन् । यसरी समानुपातिक निर्वाचन प्रणालीलाई दलहरूले विद्रूप बनाए । आलोचनायोग्य बनाए । एकै जनालाई बारम्बार समानुपातिक निर्वाचन प्रणालीको लाभग्राही बनाइयो ।   यसको उपयुक्त उदाहरण हुन्– देशको पाँचपटकसम्म प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवापत्नी डा. आरजुु राणा । जो जनमतबाट निर्वाचित भएर भन्दा पनि समानुपातिक प्रणालीबाटै तीनपटक संसद् पुगिन् । उनी त प्रतिनिधिमूलक पात्र हुन् । पहुँजवालाहरू नै समानुपातिक प्रणालीमा १६ वर्षयता बोलवाला रहे र त बारम्बार सांसद भए । अहिले पनि स्थिति त्यस्तै छ ।   यस्तो अवस्थाबीच लामो समयदेखि राज्यसत्ताले नै बहिस्कृत, सीमान्तकृत र उत्पीडित पारेका जाति र समुदायलाई संसद्मा ल्याउने प्रणालीको विरुद्धमा आवाज सुनिन थालिएको छ । जबकि, प्रणाली कार्यान्वयनमा समस्या देखिँदा सुधार गर्नुपर्छ । तर, प्रणाली नै खारेजको आवाज पछिल्ला दिनमा अलि चर्को स्वरमा सुनिन थालिएको छ । यसलाई औंलामा रोग देखिए, उपचार होइन, काटेरै फाल्नुपर्ने असंगतिपूर्ण तर्कसँग जोडेर हेर्न सकिन्छ । जुन सान्दर्भिक र उचित होइन । बरु, समानुपातिक निर्वाचन प्रणालीको जुन लक्षित वर्ग, जाति र समुदाय हो, उनीहरूलाई संसद्मा पु¥याउन किन सकिएन ? कारण के ? कसरी पु¥याउन सकिन्छ ? यो बहसयोग्य मुद्दा हो । तर, उल्टो प्रणाली नै खारेज गरौं भन्नु संविधानसँगै उत्पीडित, बहिस्कृत र सीमान्तकृत समुदायविरोधी अभिव्यक्ति हो ।   संघर्षबाट प्राप्त उपलब्धिमध्येको एक महŒवपूर्ण यस प्रणालीमाथि प्रहार हुनु स्वीकार्य हुँदैन । बरु यो प्रणालीको दुरुपयोग रोकेर जुन मर्मका आधारमा व्यवस्था गरिएको हो त्यसैअनुरुप कार्यान्वयनमा दलहरुको ध्यान जान जरुरी छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP