Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • पशुपतिको जलहरी प्रकरण, तौलिँदा पुग्ला त १०८ किलो सुन ?
पशुपतिको जलहरी प्रकरण, तौलिँदा पुग्ला त १०८ किलो सुन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ११, २०८०
Pasupati-23
Hardik health
 
अनुसन्धान अधिकृतको टोली खटिएको छ । अनुसन्धान सूक्ष्म रूपमा भइरहेको छ । स्थलगत रूपमा प्रमाण संकलन भइरहेकाले अहिले सार्वजनिक जानकारी दिन मिल्दैन ।- भोला दाहाल, प्रवक्ता
काठमाडौं– पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरी न्यून तौलको भएको भनी परेको उजुरीमाथि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार जलहरी निकालेर अनुसन्धान थालेको छ ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगाइएको जलहरीबाट करिब ११ किलो सुन गायव पारिएको आरोप छ । आयोगको अनुसन्धान टोलीले आइतबार मन्दिर पुगेर जलहरी निकालेको हो । निकालिएको जलहरी अब तौलिने बताइएको छ । सुनको गुणस्तर पनि मापन गरिने अख्तियार प्रवक्ता भोला दाहालले बताए । यद्यपि, अनुसन्धानकै क्रममा रहेकाले जलहरीमा भएको सुनको परिमाण र गुणस्तरबारे उनले भन्न चाहेनन् ।
– सुनबाट निर्मित जलहरीको टुक्राटुक्रा तौलिन निकालियो – सिसिटिभी जडित क्षेत्रमा जनप्रतिनिधि, प्रहरी, विज्ञहरू – १० किलो ९७६ ग्राम सुन गायब पारिएको आरोपमाथि अनुसन्धान जारी – जलहरी १०८ किलोको बनाउने भनिएको थियो
  ‘अनुसन्धान अधिकृतको टोली खटिएको छ । अनुसन्धान सूक्ष्मरूपमा भइरहेको छ,’ दाहालले प्रभावसँग भने, ‘स्थलगतरूपमा प्रमाण संकलन भइरहेकाले अहिले सार्वजनिक जानकारी दिन मिल्दैन ।’ अख्तियारको टोलीले करिब एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्राटुक्रा पारेर मात्रै निकालेको थियो । नापजाँचको दृश्य रेकर्डका लागि अस्थायीरुपमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।   साक्षीका रुपमा काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई राखिएको छ । अख्तियारका अनुसन्धान अधिकृत नेतृत्वको टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सुनचाँदी व्यवसायी संघ र नापतौल विभागका अधिकारीहरू छन् ।   महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा जलहरीमा कैफियत रहेको औंल्याइएको थियो । प्रतिवेदनअनुसार निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको छ ।   बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको भनिए पनि पुष्टि हुने विवरण पेस नभएको प्रतिवेदनमा उल्लेख छ । रिङ बनाएको भनिएको सुनको बजार मूल्य सात करोड ८६ लाख ४६ हजार रुपयाँ बराबर हुन आउँछ ।   महालेखापरीक्षकको कार्यालयले औंल्याएको यही विवरणलाई आधार मानेर सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत १० जेठमा संसद्मा प्रश्न गरेका थिए । उनको प्रश्न प्रमुख विपक्षी दल एमालेका अध्यक्ष ओलीलक्षित थियो । उनले भनेका थिए, ‘पशुपतिमा जडान गरिएको जलहरी सुन कि पित्तलको ?’   जलहरीमा गढबढ भएको भनिएको विषयलाई दाहालले संसद् प्रवेश गराएपछि एमाले सांसदहरूले पूर्वप्रधानमन्त्रीसमेत रहेका आफ्ना अध्यक्षको प्रतिरक्षा गर्न संसद् अबरुद्ध पारेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले जलहरीको विषय अख्तियारले र पशुपति क्षेत्र विकास कोषको जिम्मेवारी क्षेत्रमा पर्ने भन्दै ओलीलक्षित सांसद दाहालको लाञ्छनायुक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन लगाएका थिए ।   त्यसपछि मात्रै एमाले सांसदहरूले संसद्मा गठबन्धन सरकारको बजेट पेस गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई मार्गप्रशस्त गरेका थिए । प्रधानमन्त्री छँदा ओलीले जलहरी लगाउन भनेर ३० करोड रुपैयाँ सरकारले दिने घोषणा गरेका थिए । नभन्दै घोषणा गरेअनुसार बजेट दिए पनि । यसमा पशुपति क्षेत्र विकास कोषले ५० करोड रुपैयाँ थपेर ८० करोडमा जलहरी लगाएको हो ।   पशुपतिनाथ मन्दिरको शिवलिंगको गर्भगृहलाई पूर्णरूपमा ढाक्नेगरी जलहरी बनाइएको थियो । महालेखापरीक्षकको कार्यालयका अनुसार नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा दुई किलो ८९० ग्राम चाँदी एक किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको प्रतिवेदनमा उल्लेख छ ।   तर, कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले अख्तियार र महालेखाले छानबिन नगरी जथाभावी आरोप लगाएको भन्दै गुनासो गरिसकेका छन् । ३० जेठमा संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले पटक–पटक जलहरीको सुन तौलिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको र जलहरीमा १० किलो सुन नपुगे मृत्युदण्ड स्वीकार गर्न तयार रहेको बताएका थिए । जबकि, नेपालको सन्दर्भमा मृत्युदण्ड कानुनसम्मत होइन ।   तैपनि, चुनौती दिने नाममा मृत्युदण्ड दिनू भन्ने अभिव्यक्ति दिएका उनले रुँदैरुँदै भनेका थिए, ‘१० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु । मेरो गाउँभरि बेइज्जत भयो ।’   पशुपतिमा जलहरी लगाउने विषयलाई लिएर सर्वोच्चमा दुईवटा रिट परेको थियो । रिट निवेदक तत्कालीन बागमती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगाना थिए । १२ फागुन २०७७ को दिन सर्वोच्चले स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्थाअनुसार छलफलको टुंगो नलागेसम्म जलहरी लगाउने कार्य नगर्नू र नगराउनू भन्दै आदेश दिएको थियो ।   तर, सोही दिन हतारहतारमा जलहरी राखिएको थियो । त्यसरी राखिएको जलहरीमा करिब ११ किलो सुन गायव भएको आरोप लागेको हो ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०७:१९
#पशुपति_जलहरी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP