Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
अर्थ
  • Home
  • अर्थ
  • पाँच महानगर बराबर काठमाडाैँको बजेट
पाँच महानगर बराबर काठमाडाैँको बजेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ११, २०८०
budget_sthaniya2080
Hardik health
काठमाडौं– मुलुकका छ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय र व्ययको विवरण (बजेट) सार्वजनिक गरेका छन् । सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरले चालु आवको तुलनामा आकार बढाउँदा बाँकी महानगरले घटाएका छन् । पोखरा र ललितपुरले बजेटमा भारी कटौती गरेको देखिन्छ । महानगरहरुमध्ये वीरगञ्जको बजेट सबैभन्दा सानो आकारको छ ।   काठमाडौं महानगरले आगामी आवका लागि २५ अर्ब ५४ करोडको बजेट ल्याएको हो । छ महानगरमध्ये काठमाडौं एकातिर र अरु पाँच महानगर अर्कोतिर राख्दा पनि बराबर हुन आउँछ । अर्थात् पोखरा, ललितपुर, भरतपुर, विराटनगर र वीरगञ्जको बजेट जोड्दा २६ अर्बको हाराहारीमा पुग्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गरिएको व्यवस्थाअनुसार स्थानीय तहहरुले आइतबार नगर÷गाउँसभामा बजेट पेस गरेका हुन् ।   उक्त ऐनको दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ । यद्यपि, कतिपय स्थानीय तहले आइतबार बजेट प्रस्तुत गरेनन् । यसको यकीन तथ्यांक भने आइसकेको छैन ।   काठमाडौं महानगरले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख सुुनिता डंगोलले आइतबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् ।   बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आवमा काठमाडौंले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । चालु आवको तुलनामा आगामी आवको बजेट करिब १४ करोड रुपैयाँले बढी हो । आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिकता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।   आगामी आर्थिक वर्षका लागि महानगरलाई संघीय सरकारबाट दुई अर्ब १४ करोड ३१ लाख रुपैयाँ प्राप्त भएको छ ।बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड र ‘रोजगारी र आयवृद्धि महानगरको समृद्धि’ कार्यक्रमका लागि १० करोड विनियोजन गरिएको छ । रोजगारी वृद्धिका लागि बेरोजगार र रोजगारदाताबीच ‘जब लिंक एप’ प्रयोगमा ल्याइने बजेटमा उल्लेख छ ।   बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई–कमर्स पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनका लागि एक करोड र स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेयपदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यका लागि आवश्यक बजेट छुट्याइएको छ ।   पोखराको बजेट ७ अर्ब १५ करोड पोखरा महानगरले आइतबार आगामी आवको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सात अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।   महानगरले पूर्वाधारतर्फ दुई अर्ब, पर्यटन सहरी विकास तथा वातावरणतर्फ ७० करोड, आर्थिक विकासतर्फ १० करोड, सामाजिक विकासमा छ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।   त्यसैगरी वडा कार्यालयतर्फ ७२ करोड ६० लाख, विभिन्न कोषहरूमा १४ करोड, संघीय ससर्त अनुदानतर्फ दुई अर्ब २३ करोड ६२ लाख, प्रदेश ससर्त अनुदानतर्फ ८० लाख र सहरी विकास आयोजनामा आठ करोड ४० लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको छ ।   स्रोततर्फ संघीय सरकार अनुदानबाट दुई अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख, आन्तरिक आयबाट दुई अर्ब २७ करोड ८७ लाख खर्च ब्यहोरिने उपप्रमुख गुरुङले जानकारी दिइन् । संघीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट आठ करोड २५ लाख, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब एक करोड ७५ लाख रुपैयाँ स्रोत व्यवस्थापन गरिने भएको छ ।   यस्तै, संघीय सरकार सहरी विकास आयोजनाबाट आठ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुन जाने ४५ करोड ६८ लाख ६५ हजार चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट ब्यहोरिने जनाइएको छ । चालु आर्थिक वर्षमा पोखराको बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रहेको थियो ।   ललितपुरले घटायो आकार ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३.३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा पूरक बजेटसहित महानगरले सात अर्ब ५० करोड ३५ लाख रुपैयाँको वार्षिक बजेट पारित गरेको थियो । आगामी आर्थिक वर्षका लागि छ अर्ब ५० करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत भएको उपप्रमुख मञ्जली शाक्यले बताइन् ।   प्रस्तुत बजेटमा पुँजीगततर्फ चार अर्ब २१ लाख र चालुतर्फ दुई अर्ब ४९ करोड ८४ लाख रुपैयाँ छुट्याइएको छ । विनियोजित बजेटमा सडक पूर्वाधार, सम्पदा क्षेत्र, विपद् व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन, हरियाली पार्क निर्माण, एक वडा एक उद्यान, एक घर एक बोट अभियान, प्रत्येक वडामा सार्वजनिक शौचालय, आयोजना बैंक निर्माण, अपांगतामैत्री फुटपाथ निर्माणलाई जोड दिइएको उपप्रमुख शाक्यले बताइन् ।   हस्तकला प्रवद्र्धन, सहुलियतपूर्ण कर्जाका लागि बीउपुँजीको व्यवस्था, खानेपानी व्यवस्थापनका लागि बजेट, विपद् व्यवस्थापनका लागि सरसफाइ एम्बुलेन्सको अवधारणा लागू गरिने बजेटमा उल्लेख छ ।   भरतपुरको ६ अर्ब ३१ करोड भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि छ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । महानगरको १३औं नगरसभामा आइतबार नगरउपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् ।   भरतपुर महानगरको आन्तरिक आयतर्फ एक अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरबाट एक अर्ब ८३ करोड ९९ लाख, संघ तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख, जनसहभागिताबाट ५० करोड, बैैंक मौज्दात एक अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित एक अर्ब १० करोड रहने प्रक्षेपण गरिएको अधिकारीले नगरसभामा जानकारी दिए ।   चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न एकमुष्ट एक अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाले छ अर्ब २१ करोड १९ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।   अनुमानित आयमा २०८० जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी ९७ करोड ५८ अर्थात् ६६ प्रतिशत आम्दानी गरेको सभालाई जानकारी गराइएको थियो । व्ययतर्फ चालु शीर्षकमा दुई अर्ब ६६ करोड १० लाख १९ हजार विनियोजन भएकामा २०८० जेठ मसान्तसम्म एक अर्ब ७५ करोड ५८ लाख ८८ हजार अर्थात् ६५ प्रतिशत र पुँजीगततर्फ तीन अर्ब ५५ करोड नौ लाख ५५ हजार विनियोजन भएकामा एक अर्ब २१ करोड ९१ लाख ६९ हजार रुपैयाँ अर्थात् ३५ प्रतिशत खर्च भएको छ ।   कूल खर्च दुई अर्ब ९८ करोड पाँच लाख अर्थात् ४८ प्रतिशत भएको अवस्था रहेको सभामा जानकारी दिइएको थियो । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पूरा गर्नका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गर्न तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । विराटनगरको तीन अर्ब विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल तीन अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको १२औं नगरसभामा आइतबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।   कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ एक अर्ब ६५ करोड ५५ लाख, आर्थिक विकास क्षेत्रतर्फ तीन करोड ९६ लाख, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाखमध्ये स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ तीन करोड पाँच लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ दुई करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।   आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, वहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयुडिपीबाट निर्माण भएका पिच सडकहरु समेत गरी मर्मतसम्भार १० करोड, सडक बत्तीतर्फ एक करोड ५३ लाख ७५ हजार अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहर पानी प्रशोधन केन्द्र दुई करोड ६५ लाख र समपुर कोषका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको छ ।   आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ चार करोड ५१ लाख, बाँडफाँटबाट प्राप्त राजस्वतर्फ ८० करोड २४ लाख, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ १० करोड, अन्य संघसंस्थातर्फ तीन करोड रुपैयाँ र नगद मौज्दातबापत दुई करोड आय हुने अनुमान बजेटमा गरिएको छ । चालु आर्थिक वर्षमा विराटनगरको बजेट तीन अर्ब ६२ करोड रुपैयाँको रहेको थियो ।   वीरगञ्जको ३ अर्ब मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख इम्तियाज आलमले गएको बुधबार उक्त बजेट नगरसभामा प्रस्तुत गरेका हुन् ।   ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारा बजेटमा सारिएको छ । उपप्रमुख आलमले चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पुँजीगत खर्च र कूल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिए ।   उनका अनुसार आगामी आवका लागि चालु खर्चतर्फ दुई अर्ब ४८ करोड ८५ लाख, पुँजीगततर्फ ६८ करोड ८७ लाख र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख रुपैयाँ छुट्याइएको छ ।   आन्तरिक आयबाट एक अर्ब २० करोड ४४ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख, प्रदेश वित्तीय हस्तान्तरणबाट पाँच करोड ४५ लाख र प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख रुपैयाँ ब्यहोरिने जानकारी आलमले दिए ।   प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख र खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।   आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि तीन करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि एक करोड छुट्याइएको उपप्रमुख आलमले जानकारी दिए । महानगरपालिकाको चालु आवको बजेट तीन अर्ब ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०७:०९
#स्थानीय_बजेट
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
उखु किसानलाई अनुदान रकम प्राप्त 
उखु किसानलाई अनुदान रकम प्राप्त  बिहीबार, भदौ १९, २०८२
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप बुधबार, भदौ ११, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत मंगलबार, असार ३१, २०८२
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि बुधबार, असार १८, २०८२
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी शुक्रबार, असार १३, २०८२
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट बुधबार, असार ११, २०८२
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो बुधबार, असार ११, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP