Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • हारबाट सिक्नैपर्ने पाठ
हारबाट सिक्नैपर्ने पाठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १०, २०८०
Editorial_Prabhab
Hardik health
शनिबार नेपाली खेल क्षेत्रमा दुई खेलबाट अप्रिय नतिजा आयो । जिम्बाब्वेबाट क्रिकेटको, भारतको बेङ्गलोरुबाट फुटबलको । जिम्बाब्वेमा नेदरल्याण्डस्सँग हारेसँगै एक दिवसीय क्रिकेट विश्वकप पुग्ने नेपालको बाटो बन्द भयो । सात विकेटको हार बेहोर्दा नेपालको ‘सुपर सिक्स’मा पुग्ने सपनामा ‘ब्रेक’ लाग्न पुग्यो । सुपर सिक्समा समूह ‘ए’ बाट जिम्बाब्वे, वेस्ट इन्डिज र नेदरल्याण्ड्स पुगेका छन् ।   शनिबार नै साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल । समूह ‘ए’ मा भारत र कुवेतले सेमिफाइनलको यात्रा तय गर्दा नेपाल र पाकिस्तान बाहिरिएको हो । कुनै तयारीविनै बेङ्गलोरु उत्रिएको नेपाल ‘ग्रुप अफ डेथ’ मा परेको थियो । दक्षिण एसियाली देशसँगसमेत खासै खेल सुधार गर्न नसकेको नेपालका लागि कुवेतसँग भिड्नु नै महाभारत थियो । भारत साफ क्षेत्रका जायन्ट टिम । खासै बलियो नभए पनि यसपटक नौला खेलाडीहरु उतारेको थियो पाकिस्तानले ।   पहिले नेपालीहरुमाझ लोकप्रिय खेल थियो फुटबल, व्यापक राजनीतिकरणका कारण फुटबलले असफलताको बाटो समात्यो । अहिले सबैले क्रिकेटबाट आशा गर्ने गरेका छन् । तर, क्रिकेटमा पनि राजनीतिको धमिरा पसिसकेको छ । जसका कारण खेलाडीले अन्तर्राष्ट्रिय सफलता पाउन सकेको छैन । खेलका लागि पूर्वाधार छैनन्, पूर्वतयारी र अभ्यासका लागि कुनै लगानी छैन । नियमित प्रशिक्षणको के कुरा नियमित लिगको अभाव छ ।   तर, कीर्तिपुरको मैदानमा कुनै मैत्रीपूर्ण खेल नेपालले जिते लाख–लाख पुरस्कार घोषणा गर्न तँछाडमछाड गर्छन् सरकार प्रमुख । खेलाडीलाई बोलाएर तुरुन्तै चेक पनि दिन्छन् । नियमित आम्दानीले मात्र हो जोसुकै टिक्ने । खहरेको भेलजस्तो पुरस्कारले खेलाडी देशमा अडिदैन । खेलका कुनै पनि लिग नियमित हुन्नन् । नेपालमा लिगहरु न त फ्यानमैत्री नै छन् । रंगशालामा हुने व्यवस्थापन उस्तै विरक्तलाग्दो छ ।   पर्यटनलाई नेपालको कमाइ खाने भाँडो भनिन्छ । तर, आफ्नै नागरिकलाई लोभ्याउन जान्दैन व्यवस्थापन । यावत कारणले खेल निरन्तर ओरालो लाग्दो छ । खेलाडीले आफ्नो जीवन धान्न पुरस्कारजस्तो दानको लोभमा बस्नुपर्छ । फुटबल खेलमा यसपटक अघिल्लो साफमा उत्रेका १३ जना थिएनन् । कारण उही हो, नियमित आम्दानी नभएपछि देश छाडेका ।   क्रिकेटको अवस्था राजनीतिकरणले खस्कँदो छ । खेलबाट जितको आश गर्ने हो भने पहिले कुशल खेलाडीको खुट्टा बाँध्न छाड्नुपर्छ । अनि पुरस्कारमा भन्दा खेलाडीको भविष्य सुनिश्चितता र खेलको पूर्वतयारीमा लगानी गर्नुपर्छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP