काठमाडौं - गोरखामा जीप दुर्घटनामा पर्दा मृत्यु भएका पाँच यात्रुको सनाखत भएको छ ।
मृत्यु हुनेमा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापा र सोही गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हाे ।
अन्य घाइते १२ जनाको भरतपुर र आँबुखैरेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप पातलेखोला भन्ने स्थानमा बिहान करिब २ बजेतिर दुर्घटनामा परेको थियो ।
घटनाका गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
उक्त जीप घुम्ती सडकबाट करिब २५० मिटर तल भीरमा खसेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० १२:५०