काठमाडौं - काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन् ।
अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्। सर्वसाधरणमाथि अपमान व्यवहार गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको महानगरपालिकाले जनाएको हाे।
महानगरप्रमुख बालेन शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईंले कारबाही गरिएका प्रहरी कर्मचारीको नाम गोप्य राखिएको बताए।
‘उनीहरुको नाम सार्वजनिक गर्न मिल्दैन। कारबाहीस्वरुप उनीहरुको जिम्मेवारी हेरफेर गर्ने। एक ठाउँबाट अर्को ठाउँमा डिउटी सार्ने र डिउटी अवधी थप्ने जस्ता कारबाही गरिएको छ,’ बजगाईंले भने।
नगर प्रहरीहरुले सर्वसाधारणका घरघरमा गएर सामान खोस्ने, फलफूल तरकारीका क्रेटमा बुट बजार्ने, व्यापारीलाई अपराधीजस्तै व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको थियो।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ११:५३