Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बालेनको बचपना
बालेनको बचपना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ८, २०८०
Editorial_Prabhab
Hardik health
काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साह दिनानुदिन चर्चामा छन् । चियादेखि चुल्हो र सहरदेखि सञ्जालसम्मै छाएका देखिन्छन् । सञ्जालमा उनले लेखेको एक स्टाटसले देशविदेशका नेपालीमाझ तरंग ल्याउँछ । मेयरमा निर्वाचित भएको सुरुआती दिनहरुमा दवंग शैलीमा सडकमा उत्रेर वाहवाही कमाएका बालेन अहिले नीतिगत कारबाहीमा उत्रिएका छन् । कहीँकतै आफूलाई चित्त नबुझे नीतिगत तगारो लगाइहाल्ने उनको नीतिको समर्थन उस्तै छ । तर, पछिल्ला दिनहरुमा उनीमाथि पनि कानुनी प्रश्नहरु उठ्न थालेका छन् ।   पानीमाथिको ओभानो हुन खोज्दा अप्ठेरो स्थिति पनि सिर्जना भएको छ । पछिल्लोपटक नेपाल नागरिक उड्डयन प्रधिकरणको तारबार काटेका कारण सातदिने स्पष्टीकरण सोधेपछि उनी अदालत गुहार्न पुगे । उनी अदालतको ढोका ढक्ढक्याउन पुग्नुअघि नै चलचित्र संघ न्याय माग्दै अदालतभित्र पसिसकेको थियो । पहिलोलाई प्राथमिकता भनेझैं अदालतले हलहरुमा हिन्दी फिल्म चलाउन दिनू भन्दै आदेश दिएको मात्रै के थियो, बालेन उफ्रिहाले । आफूले कुनै पनि अवस्थामा काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने र अदालतको आदेश नमान्ने उद्घोष सञ्जालको एक स्टाटसमार्फत उनले गरे ।   बालेनको उक्त स्टाटसको पक्ष र विपक्षमा बहस जारी छ । संविधानविद्हरुले अदालतकै अपहेलनामा बालेन उत्रिनु सुहाउँदो नभएको बताएका छन् । न्यायको सर्वोच्चता भएको देशमा अदालतको आदेश मान्दिन भन्नु आफैंमा विरोधाभाषपूर्ण कुरा हो । कानुन पालना गराउनका लागि अभिभावकको भूमिका निभाउनुपर्ने ठाउँमा बसेर अदालतको निर्णयमाथि प्रश्न उठाउनु आफैंमा मूर्खता हो । बालेनले असन्तुष्टि जनाउन सक्थे । अर्को कुरा अदालतको विश्वास नै नलागेको हो भने न्याय पाउँ भन्दै स्पष्टीकरण रोक्न रिट हाल्न जान हुन्थेन । तर बालेनले ‘आफ्नै हात जगन्नाथ’ को शैलीमा न्यायको सिद्धान्तमाथि दोहोरो चरित्र देखाएका छन् ।   उच्च अदालत पाटनको आदेश नमान्नु उनको एउटा बचपना त हो । त्यसो त हलमा फिल्म चल्न दिने/नदिने अधिकारको विषय पनि विवादित बनिरहेको छ । अर्को कुरा बाहिरी देशका फिल्म चलाउनु एक कूटनीतिक विषय पनि हो । भारतीयले हेप्छन् भनेर बनेका नेपाली फिल्महरु भारतमा निर्वाध चलाउन पाइरहेको बेला बालेनको यो केटौलेपन ठीक देखिन्न । उनको राम्रो काममा जनताको साथ छ नै, तर अदालतको आदेश नै मान्दिन भन्ने उनको बचपना भने आलोचनायोग्य छ । अतः बालेन सच्चिनुको विकल्प छैन ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP