दमक -विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको हाे ।
यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो ।
जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ०७:३३