काठमाडौं - गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ ।
जन्ती बोकेको जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको जनाइएकाे छ ।
प्रहरी टोली दुर्घटनास्थलमा पुगेर उद्धार जारी राखेको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ०६:४४