Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नियमित उडान कहिले ?
नियमित उडान कहिले ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ७, २०८०
Editorial_Prabhab
Hardik health
देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा विमानस्थल गत पुस १७ गतेबाट सञ्चालनमा आयो । पोखराबासीको पाँच वर्षदेखिको सपना पूरा भएको भनिए पनि अन्तर्राष्ट्रिय उडान भने त्यतिबेला अनिश्चित नै रह्यो । सञ्चालनमा आएको केही दिनमै माघ १ गते यती एयरको जहाज विमानस्थलमा अवतरण गर्नै लाग्दा सेती खोंचमा खस्यो ।   चालक दलसहित ७२ जना सवार विमान दुर्घटना भएसँगै विमानस्थलको बनावटमाथि प्रश्न उठेको थियो । कुनै पनि घटना हुनेबित्तिकै तुरुन्तै भावनामा बग्न ढिला नगर्ने र ती विषयलाई क्षणभरमै बिर्सने नेपालीको बानी नै हो । अहिले धेरैले यती विमान दुर्घटनाको विषयलाई चटक्कै बिर्सिसकेका छन् ।   बस दुर्घटना भयो भन्दैमा उक्त सडकबाट सवारीसाधन नै सञ्चालन गर्न हुन्न भन्ने हैन । त्यस्तै विमानस्थलमा विमान दुर्घटना भयो भन्दैमा जहाज उडाउनै हुन्न भन्ने पनि हैन । तर, कम्तीमा सुरक्षाको पूर्वतयारीका विषयमा भने सोच्नैपर्ने हुन्छ ।   यस्तै अन्योलताका बीचमा उद्घाटनको करिब छ महिनापछि बुधबार चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको विमान पोखरामा अवतरण भएको छ । अन्तर्राष्ट्रिय नाम दिएको ट महिनापछि बल्ल अन्तर्राष्ट्रिय उडान आइपुग्दा ‘वाटर क्यानन सल्युट’समेत गरियो । यस्तो सल्युट पुस १७ गते पनि गरियो ।   अचम्म लाग्दो कुरा त के रह्यो भने वैशाख ११ गते दुबईका लागि उडेको फ्लाइ दुबईमा समस्या देखिएपछि भारतको लखनउतिर डाइभर्ट भयो विमान । त्रिभुवन विमानस्थलमा ट्राफिक जामको विकल्प नेपालमै पोखरा र भैरहवामा रहेको गौतमबुद्ध गरी दुई अन्तर्राष्ट्रिय विमानस्थल हो । तर, दुबै विमानस्थललाई फ्लाई दुबईले पत्याएन ।   पोखराको के कुरा गर्नु, जजिरा एयरले नियमित उडान थाल्ने भनिएको भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन छाडेपछि जेठ ३० गते मलेसियाबाट नेपाल एयरलायन्सकै उडान त्यहाँ अवतरण भयो । पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको सिचुवान एयरमा पनि चीन घुम्न गएका अधिकांश नेपालीहरु नै थिए । तामझाम जति नै भए पनि पहिलो विषय हो, उड्डयन सुरक्षा । त्यसपछि नियमित उडानका लागि यात्रु ।   नेपाली आकाशलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) अझै असुरक्षित नै मान्छ । अर्को विषय भनेको पर्यटन क्षेत्रको अपडेट । पुरानै संरचनामा पर्यटक आउँदैनन् भन्नेसम्मको जानकारी सत्ताको नेतृत्वलाई थाहा छैन । धार्मिक यात्रुको भरले पर्यटन चल्दैन ।   पर्यटन आउजाउ नभए जहाज उड्दैन । अर्बौं ऋण गरी निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन नसक्नु सरकारको कमजोरी हो । पोखरा र भैरहवा दुवैमा व्यावसायिक उडान सञ्चालनका लागि तत्काल पहल गर्नु सरकारको दायित्व हो ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP