Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
अर्थ
  • Home
  • अर्थ
  • धुलिखेलको बजेट एक अर्ब १५ करोड
धुलिखेलको बजेट एक अर्ब १५ करोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ७, २०८०
dhulikhel
Hardik health
धुलिखेल- धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो । सभामा आउँदो आवका नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ ।   विनियोजित बजेटमध्ये चालुतर्फ रु ६७ करोड ६५ लाख ३२ हजार रहेको छ भने पुँजीगत खर्चतर्फ रु ४६ करोड ७९ लाख ६८ हजार उल्लखे छ । वित्तीय व्यवस्थातर्फ रु ७० लाख विनियोजन भएको छ । चालु आव २०७९/८० मा रु एक अर्ब ३५ करोड अनुमान गरिएकोमा आर्थिकमन्दीका कारण लक्ष्यअनुरुप राजस्व सङ्कलन हुन नसकेकाले कूल बजेट रु एक अर्ब २२ करोड २५ लाख कायम गरिएको जनाइयो । चालु आवको प्रगतिमा ८० दशमलव ३५ प्रतिशत प्रगति भएको बताइयो । नगरप्रमुख ब्याञ्जुले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्वास्थ्य सहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यासबोर्ड कार्यक्रम, रक्तअल्पता मुक्त नगर, दीर्घरोगीलाई घरघरमा औषधि पु¥याउने घोषणासमेत गरेका छन्  ।   कार्यक्रममा नसर्ने रोगको प्रकोपको नियन्त्रण गर्न दीर्घ रोगीलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइ घरमै औषधि पु¥याउने योजना बनाइएको छ । साथै ‘काभ्रे हाइपरटेन्सिभ क्यास्केड केयर’ कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइने ब्याञ्जुले बताए । यस्तै नगरसभाले धुलिखेल नगर अस्पताल सञ्चालन, स्वास्थ्य पर्यटन गन्तव्य, रोगविरुद्धको चेतना व्यक्ति व्यक्तिमा, रोगको उपचार बस्ती बस्तीमा, बहु–क्षेत्रीय स्वास्थ्य, प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सेवा, स्वास्थ्य बिमा, नगरको जिम्मा, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचार, निःशुल्क एम्बुलेन्स सेवा, मानसिक रोग तथा मनोसामाजिक परामर्श, हाम्रो स्वास्थ्य–हाम्रो सरोकार, स्वास्थ्य सहर, धुलिखेल नगर, धुलिखेल नगर, धुवाँमुक्त सहर, विपद्मा नगरको साथ, अत्यावश्यकीय औषधि तथा उपकरण अभाव हुन नदिन र विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सञ्चालनको घोषणा गरेको छ । यसैगरी शिक्षामा स्वउत्प्रेरित शिक्षकले मात्र सिकाउने कार्यक्रमलाई प्राथमिकता, नतिजाका आधारमा शिक्षक र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार र दण्डको व्यवस्था, सकारात्मक प्रतिस्पर्धाको वातावरण, शिक्षकको व्यवस्थापन कार्य र विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गरी समग्र शैक्षिक उपलब्धिको आधारमा विद्यार्थी र शिक्षकलाई दण्ड पुरस्कारको नीति लिइने ब्याञ्जुले बताए । ‘धुलिखेलका खेलाडी सधैँ अगाडि’ भन्ने नारालाई युवा तथा खेलकुद कार्यक्रम प्रभावकारी बनाइने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशितालगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने, लैङ्गिक हिंसा नगरी समान व्यवहार गराँै, महिला पुरुष कोही पनि हिंसामा नपरौँ भन्ने नारालाई कार्यान्वन गर्ने घोषणा गरिएको छ । यस्तै कार्यक्रममा व्यक्तिगत घटना दर्ता सम्बन्धमा देशकै नमूना सिकाइ तथा व्यवस्थापकीय केन्द्रको रुपमा विकास गर्ने, अपाङ्गतामैत्री नगर घोषणाका लागि पदमार्ग निर्माण तथा संरचनालाई अपाङ्गमैत्री बनाउन जोड दिइने उल्लेख गरिएको छ ।   बाल अधिकारको संरक्षण तथा आपत्कालीन अवस्थामा उद्धार तथा संरक्षणको लागि वडा नगर बाल संरक्षण कोष सञ्चालनलाई निरन्तरता, जन्मदर्तालाई नै पहिलो आधार मान्ने कार्यलाई प्रभावकारी बनाइने, ‘धुलिखेलको आवाज–छुवाछुतमुक्त समाज’, आर्थिक विकासको आधार उद्यमशीलता र रोजगार, मेयर गरिबी निवारण कार्यक्रम, उद्यमी युवा समृद्ध धुलिखेल निर्माणमा टेवा भन्ने कार्यक्रम घोषणा गरिएको छ । नीति तथा कार्यक्रममा ‘एक घर–एक धारा, नगर क्षेत्रभित्रका सबै खानेपानी आयोजनाको संरक्षण, सञ्चालन र मर्मतसम्भार तथा महसुल व्यवस्थामा एकरुपता कायम गर्ने समेटिएको छ ।   सडक पूर्वाधारअन्र्तगत नियमित मर्मतसम्भार दिगो सडकको आधार भन्ने अभियान पूरा गर्ने, अन्य पूर्वाधार, भवन आवास तथा सहरी विकासअन्तर्गतका कार्यक्रम, प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कम्तीमा एक वडा एक आयोजना, पर्यटन विकास, कृषि विकास, पशुपन्छी विकास, गरिबी न्यूनीकरण, श्रम, रोजगारी तथा उद्यम विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजस्व परिचालन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायतका विषयमा विभिन्न योजनासहितको बजेट विनियोजन भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP