नवलपरासी - नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो ।
उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
सारु श्रीमतिसँगै खेतमा काम गर्दै हुन् ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० ११:२८