काठमाडौं - प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आउँदो शुक्रबार सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका हुन् । ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी गराएका छन् ।
प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ वटा समूहमा विभाजन गरिएको छ ।
प्रश्नोत्तरका लागि यस महिना समूह १ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउनेछन् ।
प्रश्नोत्तरका लागि सांसदहरुले मंगलबार नै पाँच बजेभित्र प्रतिनिधिसभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा बुझाउनु पर्ने जनाइएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १३:५९