Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दाहालको ताउरमाउर
दाहालको ताउरमाउर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ५, २०८०
Editorial_Prabhab
Hardik health
प्रधानमन्त्री पुष्पकमल दाहालले अन्ततः समाजवादी मोर्चा घोषणा गरेका छन् । दायाबायाँ दुई पूर्वप्रधानमन्त्रीलाई राखेर दाहालले सत्तामा बार्गेनिङ पावर बढाउन राष्ट्रिय सभागृह पुगेर मोर्चाको घोषणा गर्दा हलमा टेक्ने ठाउँ थिएन ।   बिहानै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ठुस्किएपछि दाहाल पूर्वका बाढीग्रस्त क्षेत्र अवलोकन गर्न निस्के । फर्केपछि खनालसँग एकीकृत समाजवादीका माधव नेपाललाई पनि लिएर दाहाल राष्ट्रिय सभागृह पुगे ।   दाहालले मोर्चामा आफ्नै पार्टीबाट चोइटिएर गएका नेत्रविक्रम चन्दलाई पनि अटाएका छन् । डा. बाबुराम भट्टराई आएका भए सत्ताको नेतृत्व गरिसकेका चार जना यो मोर्चामा हुन्थे । तर, भट्टराईलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले रोकेको बताइन्छ ।   नयाँ शक्ति भन्दै ठाउँगाउँ चहारे पनि केही सीप नलागेपछि आफ्नै निर्वाचन क्षेत्र दाहाललाई जिम्मा लगाएका भट्टराईले सायद मोर्चा बनोस् भनेर बाटो खाली गरिदिएका होलान् । केही दिनअघिमात्र गेरुवस्त्र धारण गरेका दाहाल पशुपतिमा पनि पुगे । धार्मिक बनेको केही दिनमै मोर्चा सम्हाल्दै दाहालले देशलाई प्रतिगमनतिर लैजानेविरुद्ध युद्धको घोषणा भएको बताएका छन् ।   दाहाल यस्ता व्यक्ति हुन् जसले आफूलाई अप्ठेरो पर्नेबित्तिकै विभिन्न साना दललाई जुटाएर ‘बार्गेनिङ टुल’ बनाउँछन् । शक्तिहीन बनिसकेका उनका सहयात्रीलाई पंखा हम्काउन पाए पुगिहाल्यो । आइहाल्छन् साथ दिन । कांग्रेस सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको प्रमुख शक्ति हुन् । अहिले कांग्रेसका नेताहरुको दौडधुप चर्र्किएको छ । देउवा उपचारका लागि सिंगापुर छन् । देउवाअघि कांग्रेसका नेता डा. शेखर कोइराला पनि सिंगापुर पुगेका थिए । कांग्रेसका नेताहरुले सरकार परिवर्तनको संकेत दिइरहँदा दाहालले मोर्चा घोषणा गरेर आफ्नो ‘ब्यारेक’ बलियो भएको संकेत गरेका हुन् ।   दाहालले आफूलाई कमान्डरको रुपमा घोषणा गर्दा उनका सहयोगीहरु भने खासै बलिया देखिन्नन् । दाहालको एउटै तुक हो– माधव नेपालहरुलाई एमालेमा मिल्न नदिनु । त्यही शक्ति देखाएर केपी शर्मा ओली र शेरबहादुरहरुलाई तर्साइराख्नु । माधव नेपालहरुको आफ्नै विवशता छ, पार्टी जोगाइराख्नु कि आफ्नो साख ।   यही मौकामा दाहालले ताउरमाउर देखाएका हुन् मोर्चाको । जताबाट हेरे पनि मोर्चा ५४ सिटभन्दा बलियो छैन । मोर्चाका अनुहार हेर्ने हो भने जुनसुकै बेला टुटफुट हुने र असन्तुष्टि पोख्नेहरुकै बोलवाला छ । त्यसैले दाहालको यो तरिका ‘नमच्चिने पिङको सय झड्का’झैं बन्ने त हैन ?
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP