Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा देशबाहिर, दाहाल मोर्चाबन्दीमा
देउवा देशबाहिर, दाहाल मोर्चाबन्दीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ५, २०८०
Samajbadi-morcha
RBB RBB
 
-प्रमुख सत्तारुढ दल कांग्रेसका सभापति देउवा देशबाहिर हुँदा मोर्चा गठन -कांग्रेसलाई दबाबमा राखेर सत्ता टिकाउने दाहालको दाउ -वर्तमान सरकार संकटमा परिसकेको उपप्रधानमन्त्री खड्काको संकेत
  काठमाडौं-  सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला सिंगापुरमा छन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी जेठ ३० गते राति सिंगापुर उडेका हुन् । यहीबेला सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मोर्चा बनाएका छन् । उनले अन्य तीन दललाई समेटेर चार दलीय समाजवादी मोर्चा बनाएका हुन् ।   सोमबार मोर्चाको घोषणासमेत गरिएको छ ।देउवा मुलुकबाहिर रहेका बेला प्रधानमन्त्री दाहालले मोर्चा बनाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । कतिपय राजनीतिक विश्लेषकहरुले यो मोर्चालाई प्रमुख सत्ता साझेदार कांग्रेसमाथि दबाब कायम गर्दै सत्ता टिकाउने र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई तर्साउने दाहालको रणनीतिको रुपमा व्याख्या गरिरहेका छन् ।   स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र एमालेका ठूलठूला नेता जेल परेपछि देउवा र उनको दल कांग्रेस दाहालसँग सन्तुष्ट छैनन् । त्यही भएर देउवाकै दल कांग्रेसका महामन्त्री गगन थापासँगै वरिष्ठ नेता डा. शेखर कोइरालालगायत नेताहरू सत्तारूढ दल भए पनि दाहाल नेतृत्वको सरकारको बारम्बार आलोचना गरिरहेका छन् ।   यसलाई लिएर केही दिनअघि प्रधानमन्त्री दाहालले गुनासो गर्दै भनेका थिए, ‘गठबन्धनमा धेरै दल त छन् । तर, एक्लो महसुस गरेको छु ।’ दाहालको यो अभिव्यक्तिले पनि कांग्रेसलाई नै दबाबमा राख्दै सत्ता टिकाउने रणनीतिको रूपमा मोर्चा गठन भएको अनुमान गर्नेहरूलाई सहज भएको हो ।   तर, दाहालले सोमबार राष्ट्रिय सभागृहबाट मोर्चाको निर्माण परिवर्तन उल्ट्याउन खोज्नेहरूविरुद्ध युद्धको घोषणा भएको उद्घोष गरे । दाहाल परिवर्तन उल्ट्याउन खोज्ने राजनीतिक शक्तिका रूपमा प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लिन्छन् ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका अध्यक्षसहित प्रधानमन्त्री छँदा संसद् विघटन गरेपछि दाहालले प्रतिगामी र परिवर्तन उल्ट्याउन चाहने नेता भएको टिप्पणी गर्दै आएका छन् । राप्रपा भने इतिहास बनेको राजतन्त्र फर्काउने र देशलाई फेरि हिन्दू राष्ट्र कायम राख्ने एजेण्डाधारी दल भएका कारण प्रधानमन्त्री दाहाल परिवर्तन उल्ट्याउन खोज्ने अर्को शक्तिको रूपमा राप्रपालाई अथ्र्याउँछन् । यी दुई शक्तिका लागि मोर्चा चुनौती भएको दाहालको भनाइ छ ।   ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरूका लागि चुनौती हो,’ दाहालले भने, ‘यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’   आफू कमजोर हुँदा मोर्चा बनाएर सत्ता वा बाहिर रहँदा शक्तिशाली भइरहने दाहालको रणनीति पुरानै हो । संविधान जारी हुनुभन्दा अघि पनि उनले २२ दलीय पहिचानवादी मोर्चा बनाएका थिए । जुन सत्ताको सौदावाजीसँग सम्बन्धित थियो । अहिलेको मोर्चा पनि रुपमा समाजवादमा पुग्न एकीकृत भएको भनिए पनि सारमा सत्ताको सौदावाजीसँग सम्बन्धित रहेको चर्चा हुन थालेको छ ।   प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा घोषणा गरिरहँदा उनकै क्याबिनेटका शक्तिशाली मन्त्रीले भने सत्ता संकटमा परिसकेको संकेत गरेका छन् । कांग्रेसका कार्यवाहक सभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार र देशको अवस्थाबारे उल्लेख गर्दै सो संकेत गरेका हुन् ।   ‘मुलुकको अवस्था जटिल र तरल छ । मुलुकको अवस्थालाई वर्षौं–वर्षाको परिवर्तनलाई विभिन्न बहानामा पर्गल्याउने, तोड्ने र त्यसलाई भत्काउने प्रयास निरन्तर चलिरहेको छ,’ सोमबार राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा घोषणा हुँदै गर्दा कमलादीस्थित प्रज्ञा भवनमा ट्रेड युनियन कांग्रेसको कार्यक्रममा उनले भने ।   एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चालाई सत्ता टिकाउने अस्त्रको रुपमा प्रयोग नगर्न आग्रह गरे । उनले भने, ‘यो मोर्चा सत्ता टिकाउने मोर्चामात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बनोस् ।’खनालको यो भनाइले पनि कांग्रेसलाई थप दबाबमा राखेर सत्ता टिकाउने दाहाल जुक्ति भएको स्पष्ट संकेत गर्छ ।   तर, खनाल समाजवादी मोर्चाको खासमा विरोधी पनि थिए । किनभने उनी वामपन्थी शक्तिहरूबीच बृहत् धु्रवीकरणको पक्षधर हुन् । उनका दलका अध्यक्ष माधवकुमार नेपालले भने प्रधानमन्त्री दाहालले जसरी सत्ता टिकाउने सर्तमा मोर्चा गठन नभएको बताए । एमाले अध्यक्ष ओेलीलाई लक्षित गर्दै उनले भनेजसरी एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउने नियत मोर्चा गठन नभएको पनि दाबी गरे । बरु, यथास्थितिवादी र प्रतिगमनकारी शक्तिविरुद्ध उभिन मोर्चा गठन गरिएको नेपालको तर्क छ ।   ‘यो (मोर्चा) कसैलाई तर्साउन पनि होइन, कसैको मुकाबिला गर्न पनि होइन । ढुक्क हुनुस्,’ उनले भने, ‘जुन शक्ति यथास्थितिवादी र प्रतिगमनको पक्षमा छ, त्यसविरुद्ध लड्न मोर्चा बनेको हो ।’मोर्चामा संसद्मा प्रतिनिधित्व गरिरहेका प्रधानमन्त्रीको दल माओवादी, नेपालको दल नेकपा एकीकृत समाजवादी (एस)सँगै जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् । यो सँगै मोर्चाको संघीय संसद्मा बलियो उपस्थिति देखिने भएको छ ।   हाल प्रतिनिधिसभामा माओवादीको ३२ सिट, जसपाको १२ र एकीकृत समाजवादीको १० सिट गरी कूल ५४ सिट भएको हो ।सोमबार जारी गरिएको एक प्रतिबद्धतापत्रमा प्रधानमन्त्री दाहालसहित चारवटै दलका नेताहरूले हस्ताक्षर गरेका छन् । समाजवादको नेपाली बाटो तय गर्ने वाचा गरिएको सो प्रतिबद्धतापत्रमा वैज्ञानिक भूउपयोग नीति लागू गर्ने कुरा पनि उल्लेख छ । मोर्चाको नेतृत्व भने शीर्ष नेताहरूले आलोपालो गर्ने भनिएको छ । त्यसमा आबद्ध दलहरूको स्वायत्त अस्तित्व रहने भए पनि उनीहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्यविपरीत गतिविधि नगर्ने भनिएको छ ।जसपा अध्यक्ष उपेन्द्र यादवले मोर्चाको उद्देश्य गणतन्त्र र संघीयताजस्ता महत्वपूर्ण हकहरूको संस्थागत गर्नु रहेको बताए । उनका अनुसार लक्ष्यचाहिँ समाजवादमा पुग्ने रहेको छ ।   घोषणासभामा बोल्दै नेकपा महासचिव नेत्रविक्रम चन्दले भने आफूहरूले राष्ट्रिय स्वाधीनताको मुद्दामा कुनै सम्झौता नगर्ने बताए । त्यसका लागि पनि मोर्चाको आवश्यकता र औचित्य हुने उनको भनाइ छ ।तर, मोर्चाको दिगोपनाबारे अहिलेदेखि नै प्रश्न उठ्न थालेको छ । कारण, विगतमा बनेका मोर्चा प्रभावकारी, औचित्यपूर्ण र टिकाऊ भएन ।   सूत्रधार नै मोर्चाबाहिर ! २१ फागुनमा छिट्टै समाजवादी धाराका शक्तिहरूबीच बृहत् धु्रवीकरण हुने बताएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सोमबार घोषणा भएको समाजवादी मोर्चामा अटाएनन् । उनलाई अलग्गै राखेर मोर्चाको घोषणा भएको छ । जबकि, भट्टराई मोर्चाको एक जना सूत्रधार हुन् । सूत्रधारलाई नै मोर्चाबाहिर राखिनुको एउटा कारणको रूपमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग उनको ‘टकराव’को रूपमा हेरिएको छ ।   हुन पनि भट्टराई यादवसँगको टकरावकै कारण जसपाबाट अलग भएको धेरै भएको छैन । उनीहरूबीच राम्रो सम्बन्ध नभएको स्रोत बताउँछ । तर, जसपा प्रवक्ता मनिष सुमनले अध्यक्ष यादवसँगको सम्बन्धले डा. भट्टराई मोर्चामा सहभागी नभएको विषय सत्य नभएको बताए । ‘उहाँ (डा. भट्टराई) हाम्रो दलका अध्यक्षसँगको टकरावले मोर्चामा नआएको भन्ने सही होइन । यो सरासर झुट हो । उहाँ के कारणले आउनुभएन ? मैले भन्ने कुरा होइन । उहाँकै कुरा हो,’ सुमनले भने । डा. भट्टराई मोर्चामा सहभागी नहुनुका कारणबारे भने केही खुलाएका छैनन् ।  
७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरूका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।-पुष्पकमल दाहाल, प्रधानमन्त्री
 
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति बुधबार, वैशाख ३१, २०८२
तामाखानी उत्खननका लागि खोजतालस सुरु
तामाखानी उत्खननका लागि खोजतालस सुरु बुधबार, वैशाख ३१, २०८२
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र बुधबार, वैशाख ३१, २०८२
निभाइयो मखनटोलमा लागेको आगो
निभाइयो मखनटोलमा लागेको आगो बुधबार, वैशाख ३१, २०८२
सांसद राईविरुद्ध अदालतमा मुद्दा, बिगोसहित सात वर्ष कैद मागदाबी 
सांसद राईविरुद्ध अदालतमा मुद्दा, बिगोसहित सात वर्ष कैद मागदाबी  बुधबार, वैशाख ३१, २०८२
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु बुधबार, वैशाख ३१, २०८२
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP