बाँके - बाँकेमा १९ लाख भन्दा बढिको मोबाईलका डिस्प्ले बरामद प्रहरीले गरेकाे छ ।
बाँके जिल्लाको नेपालगंञ्ज उपमहानगरपालिका १६ जयसपुर ईलाकाबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले असार १ गते सशस्त्र प्रहरीले बरामद गरेको हाे ।
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ सय ८४ थान मोबाईलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।
प्रहरीले बरामद मोबाईलका डिस्प्ले भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० ०८:३३