Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मलमा सधैं छल
मलमा सधैं छल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ३, २०८०
Editorial_Prabhab
Hardik health
वर्षे कृषिखेतीका लागि किसान अहिले खेतबारीमा छन् । मानो रोपेर मुरी फलाउने समय पनि यही नै हो । तर, त्यसका लागि आवश्यक रासायनिक मलमा सरकारले छल गरिरहेको छ । रासायनिक मल किसानहरुको पहुँचभन्दा बाहिर पुगेको छ । मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण पाटोको रुपमा रहेको कृषि क्षेत्र दशकौंदेखि अलपत्रजस्तै परिरहेको छ । किसानहरुले जसोतसो आफ्नै बलबुताले कृषि उत्पादन गरिरहेका छन् । त्यसका लागि आवश्यक पूर्वाधारमा सरकारले चासो दिन सकेको छैन ।   कृषि उत्पादनका लागि सबैभन्दा महŒवपूर्ण भनेको गुणस्तरीय मलबीउ नै हो । तर, अहिले किसानहरुले धानका लागि गुणस्तरीय बीउ पाउन सकेको अवस्था छैन अनि मलको अभावले छाडेको छैन । यस्तो अवस्थामा सरकारले ल्याउने कृषि बजेट किसानहरुका लागि आकाशको फल आँखा तरी मर भनेजस्तै मात्र हो । किसानहरुका नाममा आएको अर्बौं रुपैयाँ बजेट कागजी किसानहरु झ्वाम पारिरहेका छन् । अनुदानको अनुगमन गर्ने जानेहरु पनि आर्थिक प्रभावमा परेर उत्पादन नै नगरेका वस्तु र बालीलाई पनि उत्पादन भएको गलत तथ्यांक बोकेर आउने गर्दछन् । त्यही किसानहरुका लागि अनुदानमा पाउने मलमाथि पटक–पटक छल हुने गरेका कारण पनि पछिल्लो समय किसानहरु कृषि उत्पादन गर्न नै छाडिसकेका छन् । उत्पादन गर्नका लागि आवश्यक मल बीउको अभावमात्र होइन बजारसमेत आफैंले व्यवस्था गर्नुपर्ने छ ।   अहिले धानको मौसम सुरु भएको छ । तर, सरकारले धान उत्पादनका लागि सहजरुपमा मल दिन सकेको छैन । किसानहरुले रकम तिरेर पनि मल पाउन सक्दैनन् । रासायनिक मल पाउनका लागि दिनभर लाइनमा बसेर पनि एक बोरा मल पाउन धन्न–धन्न परिरहेको छ । एकातिर किसानहरुले मल पाएका छैनन् । अर्कोतिर सरकार मल प्रशस्त भएको डिंग हाँकिरहेको छ । यस्तो परिस्थितिमा सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउँछु भन्नु छलकपट र झुक्याउने खेलमात्र हो भन्दा फरक नपर्ला । उत्पादकत्व वृद्धि गर्नका लागि रासायनिक मल अत्यन्तै जरुरी छ । तर, किसानहरुले मलको अभाव खेप्नु परिरहेको छ ।   यो परिस्थितिमा कृषि उत्पादकत्व कसरी वृद्धि हुन्छ ? अनि सरकारले भनेजस्तो कृषिमा आत्मनिर्भर कसरी हुन्छ ? सरकारले अन्नदाताका रुपमा रहेका किसानलाई भ्रमको जालोमा राख्ने काम बन्द होस् । सक्छौं किसानले नगद तिरेर किन्ने रासायनिक मलको सहजीकरण गर, होइन भने मलमा हरेक वर्ष छल गर्ने काम बन्द गर ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP