Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • जङ्गली जीवजन्तुको अवैध सिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
जङ्गली जीवजन्तुको अवैध सिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०७६
Hardik health
बेइजिङ– सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो । अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई सताएको छ, र रोगको मुख्य उत्पत्ति तिनै जीवजन्तुमाथि आशंका गरिएको छ । त्यस्ता जीवजन्तुको बेचबिखनमाथि लागेको प्रतिबन्ध पछि हटाइयो, र जनावरहरू फेरि बजारमा देखा परे । अहिले अर्को कोरोना जीवाणु चीनमा फैलिएको छ, र हालसम्म १ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ६५ हजारभन्दा बढी मानिस बिरामी परेका छन् । सार्सभन्दा यो अझ बढी खतरनाक देखिएको छ । आखिर यस जीवाणुको मुल स्रोत के हो ? अझै पनि शंकास्पद छ, तर कोरोना जीवाणुको स्रोतका लागि तिनै अव्यवस्थित जङ्गली जनावरमाथि औंला तेर्सिएको छ । एक दर्जनभन्दा बढी चिनियाँ शहरहरूका ६ करोडभन्दा बढी मानिस बन्दीझैं अवस्थामा छन् । यही कारण वन्यजन्तुहरूको बिक्रीलाई स्थायी रूपमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको छ । धेरैको विचारमा स्वादिष्ट मासुको नाममा वन्यजन्तुको खोजी गर्ने सीमित धनी मानिसका कारण यसको व्यापार फस्टाएको हो । टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च अस्पतालका इन्फ्लूएन्जा जीवाणु विज्ञ रोबर्ट वेब्स्टरले भन्नुभयो, ‘पशुपक्षीमा जीवाणुको संख्या अथाह छ, तर ती सबै मानिसमा सङ्क्रमित हुन पाएको छैन । यी जीवाणुले कुनै पनि बखत मानिसलाई हानि गर्न सक्छन् ।’ सार्स र हाल फैलिएको कोविड–१९ ले मानिसलाई दुःख दिएको र रोग सारेको उदाहरण पहिलो भने होइन । अफ्रिकामा ‘बुशमिट’ का नाममा पशुपक्षीको शिकार र बिक्रीबाटै प्राणघातक इबोला फैलिएको मानिन्छ । बर्ड फ्लू सम्भवतः सन् १९९७ मा हङकङको बजारमा कुखुराबाट आएको थियो । दादुराको जीवाणु पनि गाईवस्तुबाट सङ्क्रमण भएर मानिसमा आएको विश्वास गरिन्छ । वैज्ञानिकहरूले नयाँ कोरोनाभाइरस पहिलो पटक कसरी सङ्क्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन् । प्रमाणहरूले चमेरोबाट कोरोनाभाइरस उत्पत्ति भएको हुन सक्ने देखाएका छन् । यी चमेराले अरु पशुपक्षीलाई सङ्क्रमित गरेका र यसले चीनको दक्षिणपूर्वी शहर उहानको अबैध बजारमा मानिसहरूलाई सङ्क्रमित गरेको आशंका छ । अहिले बन्द अवस्थामा रहेको ‘हुनान सिफुड होलसेल मार्केट (हुनान समुद्री थोक बजार)’ ले दर्जनौं किसिमका वन्यजस्तुको मासु बिक्रीको विज्ञापन नै गरेको थियो जसमा विशाल छेपारो, गोहीको बच्चा र जंगली कुकुर जस्ता दर्जनौं प्रजातिका जीवजन्तु समेटिएका थिए । यी जीवजन्तुको फर्ममा उत्पादन गरिए पनि यिनीहरूलाई अक्सर वन्यजन्तुकै श्रेणीमा राखिन्थ्यो । उहान बजारबाट सङ्कलित ३३ वटा नमुना परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको अधिकारीहरूले बताएका छन्, र तीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएका थिए । घरमा लामो समय पालिने कुखुरा र सँगुर जस्ता पाल्तु पशुसँग तुलना गर्दै विज्ञहरूले जङ्गली जनावरहरूमा पाइने जीवाणुका बारेमा कमै जानकारी रहेको बताएका छन् । उहानको पशुपक्षी बजार एशिया र अन्यत्र जस्तै थियो, जहाँ जनावरहरू बाँधिएका वा पिंजडामा राखिएका हुन्छन् । अधिकारकर्मीहरूका अनुसार कानुनी रूपमा पालिएका र अवैध रूपमा शिकार गरिएका जनावरबीचको भिन्नता छुट्याउन गाह्रो छ । प्रायः ताजा बेच्ने भन्दै बजारमा जताततै मारिन्छन् । विज्ञहरूले मानिसको सानो असावधानीले पनि समस्या निम्त्याउने र नयाँ जीवाणुहरू मानिसमा सङ्क्रमित हुने खतरा औंल्याउँछन् । ‘तपाईंले जिउँदो जनावर देख्नुभयो भने त्यो पूरै मलमूत्रले ढाकिएको हुन्छ । जथाभावी काट्ने गरिएका कारण जताततै रगत पनि लागेको हुन्छ,’ इकोहेल्थ एलायन्सका अध्यक्ष पिटर दासजाकले बताउनुभयो । यो संस्थाले नयाँ रोगहरूबाट मानिसलाई जोगाउन तथा वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गरिरहेको छ । दासजाकले अधिक विश्वव्यापी यात्रा र व्यापारको सिलसिलामा मानिसको घुमफिर हुने भएपछि रोग फैलिने जोखिम बढ्नु स्वाभाविक रहेको बताउनुभयो । ह्युस्टन विश्वविद्यालयमा चिनियाँ राजनीति विषयमा अध्ययनरत पिटर लीले चिनियाँहरूले वन्यजन्तुको स्वाद लिन थालेको नयाँ हो भन्नुभयो । देशको आर्थिक बृद्धिका कारण मानिसमा नयाँ किसिमका पशुको स्वाद लिने प्रवृत्ति बढेको उहाँको भनाई छ । चिनियाँ सामाजिक सञ्जालमा यतिखेर केही सीमित धनी वर्गको असन्तुष्टीले आम मानिसको स्वास्थ्यमा खेलवाड गरेको र जोखिम बढाएको भन्दै तिब्र आलोचना भइरहेको छ । ‘यो दोस्रो पटक हो ... पहिलो सार्स हो, यस पटक उहानमा देखियो । हामी तेस्रो पटक यस्तो चाहँदैनौँ,’ सिचुआनबाट लाई जिनपिङले फोनमा बताउनुभयो । ‘हामी उनीहरूलाई घृणा गर्दछौँ,’ ३६ वर्षीया गृहिणी ताओ यीवेईले भन्नुभयो । उहाँ पनि वन्यजन्तुको बेचबिखनमा अस्थायी होइन, स्थायी प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिनुहुन्छ । यसै महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले जनस्वास्थ्यमा जोखिम निम्त्याउने वन्यजन्तुको अवैध कारोबारलाई ‘पूर्णरूपले अवैध र कडाइका साथ प्रतिबन्ध’ लगाउने घोषणा गर्नु भएको छ । पूर्वी प्रान्त आन्हुईमा अधिकारीहरूले जंगली ब्याजर र मुसाहरूको फार्म चलाउन प्रतिबन्ध लगाएका छन् । तियानजिन बन्दरगाहमा वन्यजन्तुको बिक्रीमा संलग्न रहेको आरोपमा छजना व्यापारीलाई गिरफ्तार गरेको छ । चिनियाँ अधिकारीहरूका अनुसार हुवेईमा कोरोनाको सङ्क्रमण देखिएपछि देशभर करिब १५ लाख बजार र अनलाइन संचालकको अनुगमन र जाँच गरिएको छ । करिब ३ हजार ७०० पसल बन्द गरिएका छन् भने करिब १६ हजार प्रजनन साइटलाई घेराबारा गरिएको छ । यी उपायहरू आगामी दिनमा कसरी निरन्तरता पाउँछन् भन्ने अद्यापी स्पष्ट छैन । यो प्रकोप सुरु हुनुभन्दा अघि चीनमा ५४ प्रजातिका पशुपक्षी बेच्न अनुमति थियो । तर घरपालुवा वा जङ्गली हुन् भन्ने छुट्याउन भरपर्दो व्यवस्था नहुँदा समस्या थियो । (रासस÷एपी)
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०७:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP