Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • २० वर्षे गाडी बन्देजमा आनाकानी !
२० वर्षे गाडी बन्देजमा आनाकानी !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १, २०८०
prabhablogo84
Hardik health
अनुसा थापा, भक्तपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत जेठ ७ गते दर्ता भएको मितिले २० वर्ष कटेका सार्वजनिक सवारीसाधन अनिवार्य पत्रु गर्नुपर्ने भन्दै सूचना जारी गर्‍यो । मन्त्रालयको निर्णयानुसार आगामी असार १२ गतेभित्र थोत्रा, पुराना र आयु पुगेका सवारीसाधन पत्रु गरिसक्नुपर्छ । संघीय सरकारले २०७१ सालमा गरेको निर्णय यतिबेला बल्ल कार्यान्वयन गर्न खोजिँदै छ । २०७१ भदौ २६ गतेको मन्त्रिपरिषद्को बैठकले २० वर्ष पुगेका गाडी विस्थापन गर्ने निर्णय गर्‍यो ।   सो निर्णय २०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित गरियो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद्को बैठक २०७३ फागुन १७ गतेदेखि बागमतीबाट २० वर्षे गाडी हटाउने निष्कर्षमा पुग्यो । २०७४ चैत १ गतेबाट देशभरबाट हटाउने निर्णय पनि त्यतिबेलै गरियो । तर, यातायात व्यवसायीले सरकार र सञ्चारमाध्यमलाई नै घुमाइदिए । संघीयता आएको फाइदा उठाउँदै व्यवसायीहरुले सिंहदरबारको सरकारको निर्णय नमान्ने र प्रदेशले नै यो निर्णय गर्नुपर्ने ढिपी कसे ।   प्रदेश सरकारले निर्णय भएको यत्रो वर्षपछि सूचना जारी गरेर निर्णय कार्यान्वयन गर्न खोज्दै छ । बागमतीले त सूचना जारी गरिसक्यो, अब पालो अन्य प्रदेशको । अन्य प्रदेश सरकारले पनि २० वर्ष कटेका थोत्रा, पुराना गाडी विस्थापन गर्नुपर्छ । २० वर्ष पुगेका गाडी अहिले पनि निष्फिक्री सडकमा गुडिरहेका छन् । सरकारले त्यस्ता गाडी चल्नमा प्रतिबन्ध लगाउन नसक्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । दुर्घटना हुने क्रम ह्वात्तै बढेको छ भने प्रदूषण पनि उत्तिकै भइरहेको छ ।   २० वर्ष कटेका सवारीसाधनको रोड पर्मिट, जाँचपास, प्रदूषण, बिलबुक नवीकरण र बिमा हुँदैन । राज्यले ती गाडीबाट कर लिन छोडिसकेको हुन्छ, भने बिमा कम्पनीले बिमा गर्दैनन् । सरकारले २० वर्षे गाडीको दर्ता नै खारेज गरिदिने भनेर निर्णय गर्न सकेको छैन । उही पुरानै गाडीको स्क्र्याब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्ने क्रम जारी नै छ । यसले गर्दा सार्वजनिक यातायात क्षेत्रमा भएको सिण्डिकेट कायमै रह्यो । मिटरजडित ट्याक्सी, हरियो प्लेटको ट्याक्सी, फो–स्टक ट्याम्पो, कालो प्लेटको ढुवानी नखोलेको जुग बितिसकेको छ ।   यातायात व्यवसायीले भाडाको गाडीमा गरिएको लगानी तीनदेखि पाँच वर्षमा उठाउँछन् । २० वर्ष चलाउँदा एउटा गाडीधनीले अर्को पाँचवटा गाडी जोडिसक्छ । फेरि पनि उही नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्छन् । एउटै व्यवसायीले दोहो¥याइतेहे¥याइ व्यवसाय गर्ने क्रम जारी छ । वि.सं. २०३२ देखि २०८० सालसम्म आइपुग्दा पनि एउटै व्यक्तिले व्यवसाय गरिरहेका छन् । अब फेरि पनि त्यसको स्क्र्याब गरेको नम्बर प्लेटमा नयाँ गाडी दर्ता गरेर अर्को २० वर्ष व्यवसाय गर्छन् ।   जनसंख्या बढेर कहाँबाट कहाँ पुगिसक्यो, भाडाको गाडीको संख्या उति नै छ । दर्ता भएको मितिले २९ वर्ष पुराना ट्याम्पो बाटोमा निर्वाधरुपमा गुडिरहेको छ । २६ वर्ष कटेका निलो माइक्रोबस, बस पनि सरकारको नियम लत्याएर दौडिरहेको छ । ट्याक्सी पनि २३ वर्ष पुराना छन् । ट्राफिक प्रहरीकै अगाडिबाट यी सवारीसाधन गुडिरहेको हुन्छन् ।   तर, ट्राफिकहरु देखेर पनि अनदेखा गरेर बस्छन् । त्यस्ता सवारीसाधनलाई किन कारबाही नगरेको भनि ट्राफिकलाई सोध्यो भने यातायात मन्त्रालयले पत्र पठाएको छैन भनी गैरजिम्मेवारपूर्ण जवाफ दिन्छन् । मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा प्रकाशित गरिसक्यो, यातायात मन्त्रालयले सूचना निकालिसक्यो, अब पनि कारबाही गर्नलाई साइत हेर्नुपर्छ ? कि सरकारको निर्णय नै थाहा छैन भनेर स्वीकारे भइहाल्यो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP