Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
विचार
  • Home
  • विचार
  • ‘जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता
‘जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ३१, २०८०
prem
RBB RBB
काठमाडौं -   स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔँ’ भन्‍ने नारा तय गरेको छ ।   हरेक वर्ष कुनै न कुनै देशको प्रमुख आयोजनामा मनाइने यो दिवस यसपटक अल्जेरियामा भव्यरूपमा मनाइँदैछ । दक्षिण अफ्रिकी राष्ट्र जोहन्सबर्गमा पहिलोपटक आयोजना गरिएको यो दिवसले बीसौँ वसन्त पार गर्दैछ ।   डा कार्ल ल्याण्डस्टिनरको जन्मदिन जुन १४ लाई विश्व रक्तदाता दिवस भनी घोषणा गरिएको छ । कारण हाम्रो शरीरको नाशा–नशामा निरन्तर निर्विकल्प प्रवाह भइरहने रगतको समूह पत्ता लगाउने वैज्ञानिकको सम्मानस्वरूप विश्व रक्तदाता दिवस भनी मनाउन थालिएको हो ।   उनले हाम्रो शरीरमा मुख्यतः चार किसिमका रक्त समूह हुन्छ भनी पत्ता लगाएका थिए । यसमा धनात्मक समूहमा ए पोजिटिभ, बी पोजिटिभ, एबी र ओ पोजिटिभ तथा ऋणात्मक समूहमा ए नेगेटिभ, बी नेगेटिभ, एबी नेगेटिभ र ओ नेगेटिभ रहेको छ । अहिले संसारभर पाँच सयभन्दा बढी रक्त समूह छन् भनी वर्गीकरण गरिएको पनि छ ।   सुरुमा नेपालमा रक्त सञ्चार सेवा क्षेत्रमा एक सय ५७ जनाले रक्तदान गर्नुभएको थियो । तत्कालीन अवस्थामा स्वयंसेवी रक्तदाताको सङ्ख्या नगण्य मात्रामा थियो । आज यो सङ्ख्या तीन लाखभन्दा माथि पुगिसकेको छ । आव २०३८/३९ सम्म पेशेवर रगत दिने व्यक्तिहरूको बिगबिगीलाई सोही समयदेखि नै हामी स्वयंसेवी रक्तदाताहरूको विशेष पहलमा आफ्नो शरीरको रगत बेच्‍ने त्यस्ता पेशेवरहरूलाई पूर्णतः विस्थापित गरेर अहिले स्वयंसेवी रक्तदाताहरूबाट मात्र रक्तदान गर्न, गराउन सफल भएका छौँ ।   तर विडम्बना नेपाल सरकारले जारी गरेको राष्ट्रिय रक्त सञ्चार सेवाको नीतिले निजी क्षेत्रलाई सहभागी बनाउने सन्दर्भमा स्वयंसेवी रक्तदाताहरूको रगतलाई खुल्लम्खुला बिल बिजक काटी व्यापार गर्न दिइरहेको छ । यसले गर्दा स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगतमा पनि व्यापार गर र कमाउ भन्ने सन्देश दिएको छ । यसले गर्दा अहिले अनेक विकृति देखिएको छ ।   प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ भन्‍ने यो आह्वानसहित अवधारणापत्र तयार गरिएको छ । यस अभियानलाई 'Start 18 Stars TeamÚ' नामकरण गरिएको छ । यसमा ‘म रक्तदान गर्नेछु, मैले रक्तदान गर्न सुरू गरेँ, नियमित रक्तदान सामाजिक दायित्व हो’ भन्ने भावना राखिएको छ ।   उच्च माध्यमिक विद्यालय पढ्दै गरेका वा सो सरह उमेरका स्वस्थ युवायुवतीलाई रक्तदानप्रति उत्प्रेरणा जगाई आफ्नो १८औँ वर्षको जन्मोत्सव रक्तदान गरी मनाउन प्रोत्साहित गर्नु यो अवधारणाको प्रमुख उद्देश्य हो । यसरी आफ्नो १८औँ वर्षको जन्मदिन रक्तदान गरी मनाउँदै प्रत्येक तीन-तीन महिनाको अन्तरालमा नियमित रक्तदान गर्दै रगत र रक्त–तत्वको आपूर्तिमा सहज बनाउन योगदान पुर्याउनु यस अभियानको मुख्य लक्ष्य रहेको छ ।   स्थानीयस्तरमा उच्च माध्यमिक बिद्यालय र सो सरह उमेर पुगेका युवायुवतीहरूलाई सङ्गठित गर्दै रक्तदान कार्यलाई प्रभाकारी ढङ्गबाट समाजमा सञ्चालन गर्नु यो अभियानको प्रमुख उद्देश्य रहेको छ । यसले नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको सङ्ख्यामा वृद्धि हुने क्रम बढ्ने विश्वास लिएको छ । यदि कोही पनि १७ वर्ष पूरा गरी १८ वर्ष पुगेर आफ्नो जन्मदिन रक्तदान गरी मनाउन चाहेमा घरमै गएर परिवारजन आफन्त र साथीभाइहरूबीच रक्तदान गराउने व्यवस्था मिलाइएको छ ।   हामी स्वयंसेवी रक्तदाताहरू नै स्वयंसेवी तबरले देशैभर नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको सङ्ख्यामा वृद्धि गर्न जुटिरहेका छौँ । फलस्वरूप रक्त व्यवस्थापनमा सहजता मिलिरहेको छ । यो नै दीर्घकालीन समाधान पनि होइन । सरकारी पक्षले रक्त व्यवस्थापनमा गुरुयोजना नै बनाएर कार्यान्वयन गर्न आवश्यक छ । स्वयंसेवी रक्तदाताहरूको प्रत्यक्ष संलग्नतामा यस क्षेत्रको योजना तर्जुमा गर्न सकेमा भविष्यमा प्रभावकारी सेवा प्रवाह गर्न सक्नेमा दुईमत नहोला ।   यो वर्षको रगत र प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने काममा ऐक्यबद्ध होऔँ भन्ने नारा नाराबाट सहजै बुझ्न सकिन्छ कि विज्ञानले उपचारका क्रममा केवल रगतमात्र होइन, रगतबाट तयार पारिएका रक्त–तत्वहरूको याथोचित प्रयोग हुन आवश्यक छ भन्ने पुष्टि गर्दछ । विगतमा महामारीका रूपमा संसारभर फैलिएको कोभिड–१९ को समयमा कोरोना भाइरस, कोभिड–१९ बाट सङ्क्रमित भएका बिरामीलाई उपचारका क्रममा प्लाज्मा थेरापीद्वारा गरिने उपचारमा अत्यधिक प्लाज्माको माग भएको थियो ।   यसअन्तर्गत पहिलेझैँ साधारण रक्तदाताबाट दान गरिएको रगतबाट तयार पारिने प्लाज्मा होइन, कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्यलाभ गरिसकेका व्यक्तिहरूबाट रगत दान गराई सङ्कलन गरिएको रगतबाट तयार पारिएको प्लाज्मा मात्र चढाउनुपर्ने हुन्थ्यो । यसरी समयसापेक्ष आवश्यकतानुसार चिकित्सकहरूको मागलाई हामी स्वयंसेवी रक्तदाताहरूबाटै व्यवस्थापन गर्दै आइरहेका छौँ ।   वैज्ञानिकहरूले विज्ञान सम्मत आविष्कार गरिएका प्रबिधिहरूले सम्बन्धित रोगका बिरामीको लागि आवश्यक मात्रामा आवश्यकतानुसार रगतबाट तयार पारिएका रक्त–तत्वहरूको माग हुन थालिसकेको छ । यस वर्षको विश्व रक्तदाता दिवसको नारा पनि उल्लेख छ रगत र प्लाज्मा दान गरौँ भन्ने छ ।   रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको प्रशोधन गर्न गराउन जे–जति जस्तोसुकै प्रविधिहरूको आविष्कार गरिए पनि स्वयंसेवी रक्तदाताहरूबिना ती सबैको औचित्य पुष्टि गर्न सकिन्न । मानव जीवनको दैनिकीमा कार्य सम्पादन गर्न सहजीकरण लागि धेरैभन्दा धेरै आविष्कारहरू गरिएका छन् । तर मानव जीवन जीवन्त रहन नभई नहुने रगतको हालसम्म विकल्प निर्माण गर्न सकिएको छैन । यो विज्ञान र वैज्ञानिकहरूलाई नै चुनौतीको विषय बनेको छ ।   ‘रक्तदान, मानव जीवनमा अतुलनीय अनुकरणीय काम’ को मूल नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाजको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले पारित गरेको घोषणाअनुसार नै रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू निःशुल्क वितरण हुनुपर्ने मागलाई प्रदेश सरकार र स्थानीय सरकारले आंशिकरूपमा भए पनि वितरण गर्न शुभारम्भ गरिएको छ ।   यसलाई सङ्घीय सरकारले गुणस्तरीय परीक्षणपश्चात पीडित पक्षलाई एकरूपताका साथ रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू निःशुल्क उपलब्ध गर्नुपर्ने ठहर गरिएको छ । साथै स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी रक्तदान पूर्व हेमोग्लोबिन (एचबी) को मात्रा परीक्षण गरेर मात्र रक्तदान गराउनुपर्ने र स्वयंसेवी रक्तदाता सुरक्षित बनाउन आवश्यक पहल गर्नुपर्ने जरुरी छ ।   नेपाल सरकारले स्वयंसेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूमा गरिएको शुल्क निर्धारणले स्वयंसेवी रक्तदाताहरूको मनोबलमा प्रतिकूल असर पुगेको छ । रक्त व्यवस्थापनको क्षेत्र यस्तै अस्तव्यस्त बनाइराख्ने र स्वयंसेवी रक्तदाताहरूको रगतमा व्यापार गरिरहने हो भने स्वयंसेवी रक्तदातारूद्वारा भोलिका दिनमा आफैँले ‘च्यारपटी रक्त सञ्चार सेवा केन्द्र’ सञ्चालनमा ल्याउन बाध्य हुनुपर्ने अवस्था नआउला भन्न सकिन्‍न ।   साथै उपचारका क्रममा चिकित्सकहरूले सही रोगको पहिचान गरी आवश्यक मात्रामा रगत वा रक्त–तत्वहरू कुन आवश्यक हो प्राथमिकताको आधारमा माग हुनसकेमा रक्त व्यवस्थापनमा सहज र सरलता आउनमा मद्दत मिल्न जानेछ । स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित बिरामीसमक्ष गुणस्तरीय परीक्षणपश्चात् निःशुल्क जबसम्म उपलब्ध एवं वितरण गरिँदैन तबसम्म यो व्यापार नै हुनेछ । आम स्वयंसेवी रक्तदातालाई उत्साहित गराउनुका साथै प्रभावकारी रक्त व्यवस्थापन गर्न सबैले ऐक्यबद्धता जनाउन सकिएमा यस दिवसको सार्थकता हुनेछ । (लेखक कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाज अध्यक्ष हुन् )
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विचार
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव शुक्रबार, वैशाख २६, २०८२
आजको सन्दर्भमा पत्रकार र पत्रकारिता
आजको सन्दर्भमा पत्रकार र पत्रकारिता बुधबार, वैशाख २४, २०८२
सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो कोइरी
सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो कोइरी बुधबार, वैशाख २४, २०८२
बागमती र यमुना नदीमा पापी मन
बागमती र यमुना नदीमा पापी मन मंगलबार, वैशाख २३, २०८२
सडकदेखि सदनसम्म रमिता ! 
सडकदेखि सदनसम्म रमिता !  मंगलबार, वैशाख १६, २०८२
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान आइतबार, वैशाख १४, २०८२
 संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
 संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद बुधबार, वैशाख १०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP