Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्याज हेर्दैमा आँशु नखसोस्
प्याज हेर्दैमा आँशु नखसोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ३०, २०८०
Editorial_Prabhab
Hardik health
प्याज काट्दा आँशु आउनु प्राकृतिक नियम नै हो । तर, अब प्याज किन्दासमेत उपभोक्ताको आँशु आउने अवस्था सिर्जना भएको छ । कारण प्याज आयातमा सरकारले घोषणा गरेको कर। सरकारले प्याज, आलु र स्याउमा १३ प्रतिशत आयात कर लगाउने घोषणा बजेट भाषणमै गर्‍यो । हुन त यो बजेट पास भइसकेको छैन । तर, प्याज व्यवसायीले भने पासमात्र हैन सरकारले गरेको प्रस्तावलाई लागू नै गरिसकेका छन् । बजेट आउनुअघि प्याजको खुद्रा मूल्य किलोको अधिकतम ५० रुपैयाँ पुगेको थियो । अहिले प्याज किलोको १०० रुपैयाँ पुगिसकेको छ । अघिल्ला बजेटहरुमा सरकारी कर्मचारीको तलब बढ्ने घोषणा हुनसाथ बजार महँगिन्थ्यो । यसपटक भने प्याजमा लगाइने १३ प्रतिशत भ्याटको घोषणाले उपभोक्त रुनुपर्ने अवस्था छ । कतिपयले यसलाई डा. प्रकाशशरण महतको बजेटको पहिलो ‘साइड इफेक्ट’ भन्‍न थालेका छन् । संसद्‍मा पनि सोमबार प्याजको बढेको मूल्यबारे प्रश्‍न सोधे सांसदहरुले । कतिपय सांसदले नेपाल आफै उत्पदानमा सक्षम नभएसम्म आयात कर लगाउन नहुने धारणा राखे । नेपालमा उत्पादन नभएको अवस्थामा खाद्यान्‍नमा कर लगाउँदा भन्सार अचाक्ली महँगिन्छ । प्याजमा नेपाल आत्मनिर्भर छैन । त्यसैले व्यापारीले यस्तै बेला मौका छोपी भाउ चर्काउने गर्छन् । संसदमा प्रश्‍न उठेपछि अर्थमन्त्री महतले आयात निरुत्साहित पार्न भ्याट लगाएको तर्क दिएका छन् । प्याजमा भ्याट लगाउँदा आन्तरिक उत्पादन बढ्नुका साथै साना किसानको संरक्षण हुनेसमेत दाबी गरेका छन् । तर, अर्थमन्त्रीले भनेजस्तो कर लगाउँदैमा उत्पादन बढ्नेमा ढुक्क हुने वातावरण छैन । स्वदेशमा लगानीको वातावरण पटक्कै नहुँदा धेरैले नेपाल छाडेको घटनाहरु छन् । गुणस्तरीय उत्पादन बिक्री गर्ने किसान स्वदेशमा टिक्न सक्दैनन् । कमसल सामान बेचेर मुनाफा कमाउनेहरुमात्र देशमा बाँच्‍ने वातावरणले दिनहुँ आर्थिक अवस्था ओरालो लाग्दो छ । नेपालमा न त कृषिमा लगानीको वातावरण छ न त व्यवसायमै । जसले गर्दा युवाहरु पढ्ने नाम गरी जापान, कोरियादेखि अस्ट्रेलिया भासिरहेका छन् । श्रमको मूल्य नपाएका श्रमिकहरु खाडीतिर । भान्सा सस्तिने हो भने यही टिकेर केही गर्ने वातावरण बन्थ्यो नै । तर, सरकारले यस्ता सामान्य विषयमा नसोचिदिँदा नागरिकले अनाहकमा दुःख पाउने र विदेशिनुपर्ने अवस्था आइलागेको छ । त्यसैले प्याज, आलु, स्याउजस्ता खाद्यन्‍नमा भ्याट लगाए पनि सरकारले बजारमा बढेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि विशेष संयन्त्र नै तयार गर्नुपर्छ । यस्ता संयन्त्रले मोनिटरिङ गरेर सरकारले जनतालाई सहज बनाइदेओस् । छाक टार्न तरकारी हेर्दैमा आँशु खस्‍ने वातावरणको अन्त्य होस् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP