Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • सांसदलाई बालेनको झड्का
सांसदलाई बालेनको झड्का
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ३०, २०८०
matangra
Hardik health
सांसद, जनताले निर्वाचित गराएर पठाएका जनप्रतिनिधि । जनतालाई ऐन कानुन बनाएर ठेगान लगाउने बहादुर । अहिले त भन्ने हो भने संघीय सरकारका बादशाह । तिनै बादशाह अहिले ‘झोले’ भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । संसद्को रोस्ट्रममा बसेर आफ्नो हैसियत नै विर्सिएर संघीय सांसद भन्दै छन्, ‘हामी त झोले, त्यही भएर साँझ झोल खाएकाहरुले फोन गरेर थर्काउँछन्, त्यसैले हामी झोलेहरुलाई बालेनले ठीक गरे वडाध्यक्षभन्दा पनि तल बनाइदिए ।’ यस्तै–यस्तै रोदन चलिरहेको छ संघीय संसद् नाट्यशालामा । आखिर दशकौंदेखि गाईजात्रा अभिनय गर्दै आइरहेको नाट्यशालामा जनतासँग भक्कानिनु सांसदको भाग्य नै हो । कम्तीमा संसद्मा बसेर आफूहरु हुतिहारा भएको प्रमाणित त गर्दै छन् । पिएचडीधारी अर्थमन्त्रीले ल्याएको बजेटमा संघीय सांसदहरुलाई पाँच करोड छुट्याइदिए गरिखा भनेर । त्यो पनि सांसद विकास कोषमार्फत, जुन विगतमा खारेज नै भइसकेको थियो । त्यही भएर होला महानगरका मेयर बालेन्द्र (बालेन) साहले एक झट्का सामाजिक सञ्जालमा के दिएका थिए । नाट्यशालामा सुरु भैगो आफूहरु साँच्चै नै झोले भएको बयान । बालेन साह । लरोतरो कहाँ हुन् र ? युवा पुस्ताको मनमा बसेका । युवा पुस्ताले काँधमा बोकेका । विश्वभरका नेपालीले स्वीकार गरेका । पहिले चुनाव लडिरहँदा त्यसै गीत गाका थिए र– ‘लौरो टेकौला, भेटौला बालेन दाइ दुःख बिसौंला’ । भेटौला नभेटौला फरक कुरा होला । दुख बिसाउ वा नविसाउ त्यो पनि समयको खेला होला ? तर बेला बेलामा दिने दनकले सेतोघरभित्र बसेका झोलेहरुलाई भने राम्रै छनक मिलेको भने छ । बालेनले त्यसै वडाध्यक्ष बन्नुभएकोमा धन्यवाद सांसद भनेको हो र ? वार्षिक पाँच करोड लिनका लागि बन्द भइसकेको सांसद विकास कोष पुनः खडा गर्न लगाए । पाँच करोड लिनकै लागि सांसद बन्नुभन्दा त महागरको वडाध्यक्ष नै भएको भए बरु १० करोड पाउँथ्यो नि भनेको होला नि । महानगरका वडाध्यक्षलाई मेयर बालेनले वार्षिक १० करोड दिएका छन् । यो वर्ष अझै बढ्ने संकेत देखे अनि भने सांसदज्यू वडाध्यक्ष भएकोमा बधाई ! कहाँको हिरा, कहाँको झुसिल्किरा । ठीकै पनि हो । बालेनजस्तो व्यक्ति जसले साँच्चिकै काम गर्न खोजेका छन् । भारतले उता अखण्ड भारतको नक्सा टाँस्यो । यता बालेनले ग्रेटर नेपाल टाँसिदिए । त्यही आँट झोले सांसदहरुलाई किन आएन ? किनकि आफैंले आफैंलाई झोले सांसद भन्ने झोलेहरु त बिके त्यसकारण आफ्नो मनमा लागे पनि खुसुक्क झिके बोल्न सकेनन् । एउटा मेयरले भारतलाई चुनौती दिए तर सांसदले त के सरकार पनि चुइक्कसमेत बोलेन । आखिर चोरको खुट्टा काट भन्दा उचालेको जस्तो भइगो नि ! बरु २५० वर्षअघि साँच्चै ‘ग्रेटर नेपाल’ बनाएका पृथ्वीनारायण शाहले दूरदर्शी राजाका पगरीमात्र लिएनन् । साँच्चै दूरदर्शी दिव्योपदेश दिएर गएका रैछन् । विदेशीलाई तराईबाट माथि नल्याउनू, तिनीहरुले देश बिगार्छन् । साहले जे भने अहिले त्यही भइरहेको छ । नेपालका लागि विदेशी फिरंगीहरुले भद्रगोल गरिदिएका छन् । त्यही भएर होला सांसदहरु आफैंले आफैंलाई झोले भनेका । कसैले चीनको झोला बोके, कसैले भारतको झोला वोक्थे । अहिले झोले सांसदहरुको पनि बढुवा भएको छ । शान बढेको छ । अहिले त भारत चीनको थोरै झोला बोकेर अन्तै सल्केका छन् । अहिले बालेन साहको कुरा गर्दा पृथ्वीनारायण शाहको कुरा किन आयो भन्ने पनि लाग्ला । तर, खास कुरा के हो भने अहिले बालेनले छलाङ मारिरहेका छन् उबेला पृथ्वीनारायण शाहले मारेका थिए । भारतसँगको सम्बन्ध अहिले बालेनले झट्का लगाइदिएका छन् । त्यसबेला पृथ्वीनारायणले भनेका थिए नि, ‘यो राज्य दुई ढुंगाबीचको तरुल हो । उत्तरको चीन बादशाहसित ठूलो साइनो जोड्नु, दक्षिणको समुद्रका बादशाहसित पनि सम्वन्ध त राख्नु तर त्यो महाचतुर छ’ । हुन पनि अलि अलि चतुर हो र निकै नै चतुर अहिले अखण्ड भारत भनेर अर्काको देशलाई आफ्नो देशका गाभ्ने ? त्यो भन्दा महाचतुर के होला र ! त्यस्तो चतुर भारतलाई सातो उडाउने खोज्ने बालेनले सांसदलाई वडाध्यक्षमा झारिदिएपछि यिनको हैसियत त उही झोले नै हो बरु अहिले अलि महँगा झोले भएका छन् । अलि महँगो सल्काइ छ झोलेहरुको ! उत्तर दक्षिणबाट युरोप अमेरिका नै पुग्न लागेका छन् । केही–केही झोलेहरु त अमेरिका र युरोपियन युनियनको झोला बोकिसकेका छन् । त्यसैले पनि यिनी भष्मासुरहरु सत्य त बोल्दै बोल्दैनन् । बालेनले ग्रेटर नेपाल टाँस्यो भनेर हल्लीखल्ली मच्चाउने र बालेनलाई असफल बनाउने रणनीति पनि हो । यिनीहरुले आ–आफ्नो स्वार्थपूर्तिका लागि जे पनि गर्न तयार हुन्छन् । त्यसैले बालेनले जे गरे, जे भने ठीक गरे । आँट छ र पो गरे । आँट नहुने झोलेहरु त बर्वर आँशु झार्छन् । आँट हुने बालेनले आफ्ना वडाध्यक्षलाई १० करोड दिए । ग्रेटर नेपाल सिंहदरबारमा टाँसिनुपर्दथ्यो तर उनीेहरुले सकेनन् । बालेनले टाँसे । बालेनले किन टाँसे भने फेरि झोलेहरुले अर्को झोला वोक्नका लागि तयारी पो गर्दै छन् । विचरा झोले सांसदहरु आफ्ना नेताहरुको भनेको मानेर बालेनले जसरी नक्सा टाँस गर्न नसके पनि उनैलाई गाली गर्दै हामी त झोले सांसद बरु बालेनले ठीक गर्‍यो भन्दै छन् । बालेनले अब यिनीहरुको दोहोलो काटलान् । सत्य धेरो धर्म । झोलेहरुले झोला बोक्नेभन्दा अरु केही नै गर्न सक्दैनन् । झोलेहरुको अत्तोपत्तो छैन । बालेनले त पाँच वर्ष ढुक्कसँग झोलेहरुलाई तह लगाउने कार्यमा सक्रिय हुने छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP