निर्माण मापदन्ड विपरित काम गरेकोमा आक्रोश
रुकुम पश्चिम - रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकाकाे नगरप्रमुख रवि केसीसहितको टोलीले निर्माणाधीन सडकको निरिक्षण गरेका छन् । आइतबार टोलीले उक्त पालिका क्षेत्रमा पर्ने राडी बजार क्याम्पस सडक , पसाने रामघाट अन्तर्गत निर्माणाधीन सडकमा मापदन्ड विपरित काम भएकाले अनुगमन गरेका हुन् ।
[caption id="attachment_68388" align="aligncenter" width="800"]

आठबिसकोट नगरपालिकाकाे नगरप्रमुख रवि केसीसहितको टोलीले निर्माणाधीन सडकको निरिक्षण गर्दै[/caption]
अनुगमनका क्रममा नगरप्रमुख केसीले सडक निर्माण मापदन्ड विपरित भैरहेकोले तत्काल निर्माण कार्य रोकेर मापदण्ड सहित काम गर्न निर्देशन दिएका छन्। ठेकेदारले मापदण्ड विपरित काम गरेको भन्दै निर्माण कम्पनीको काम गर्ने शैलीप्रति
आक्रोशव्यक्त गरेका छ्न्।
गौरीशंकर हिमालयन कन्ट्रक्सन र शुभारम्भ कन्ट्रक्सन प्रालीले लिएको सडकको ठेक्का शुभारम्भ कम्पनीसँग ६२ लाखमा ठेक्का सम्झौता भएको हो ।गौरीशंकर कन्ट्रक्सन र शहरी विकास मन्त्रालयबीच राडी बजारदेखि खारखारा सम्म ग्रावेल , मेसनरी वाल र नाला सहित १४ करोडमा ठेक्का सम्झौता भएको थियो ।
अनुगमनको क्रममा सो सडक खण्डमा देखिएका समस्याहरूलाई तत्काल समाधान गरी निर्माण कार्यलाई सहज ढङ्गमा अघि बढाउन निर्माण कम्पनी तथा ईन्जिनियरहरूलाई नगरप्रमुख केसीले निर्देशन दिएका छन् ।
अनुगमनमा नगरप्रमुख रवि केसी, वडा नम्वर ९ का वडाअध्यक्ष जनक बहादुर बटाला, वडा सदस्य र पालिकाका ईन्जिनियर राजेश गौतमसहितको सहभागिता रहेको जनाएको छ ।