Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवासँग निकटता बढाउँदै शेखर
देउवासँग निकटता बढाउँदै शेखर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २९, २०८०
deuba shekhar
RBB RBB
  -यसअघि आमसभाहरु सेयर नगर्ने देउवा र शेखर शुक्रबार भरतपुरमा एकै विमानमा पुगे । भक्तपुरमा पनि एकै मञ्चमा देखिए - शेखरसँग निकट देखिएका देउवा गगनसँग भने पछिल्लोपटक रुष्ट बन्दै गएका छन् -रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै खाली रहेको वरिष्ठ नेता पदका लागि शेखर देउवासँग नजिकिएको हुनसक्ने कतिपयको तर्क
काठमाडौं – १४औं महाधिवेशनपछि नेपाली कांग्रेसमा प्रस्ट देखिएको गुट हो– संस्थापन पक्ष र संस्थापनइतर । संस्थापन पक्षको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्दा इतरको नेता थिए डा. शेखर कोइराला । तर, निर्वाचनयता भने सभापति भिडेका यी दुई नेता निकट हुन थालेका छन् । संसदीय दलको नेतामा महामन्त्रीद्वयले मोर्चा कसेपछि शान्त रहेका शेखर त्यसयता देउवातिर ढल्केको गाइँगुइँ पार्टीभित्र चलेको थियो । आफूभन्दा सिनियर नेतालाई पछाडि छाडेर गगनले संसदीय दलको उम्मेदवार हत्याएपछि शेखर रुष्ट भएको बताइन्छ । त्यसपछि सरकार विस्तारको क्रममा गगन असन्तुष्ट बने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अहिले नौ जना कांग्रेसबाट मन्त्री छन् । मन्त्रिपरिषद्मा देउवा कोटाबाट सात जना अट्दा शेखर समूहबाट दुई जना अटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलनिकट सुरेन्द्र आचार्य पर्दा गगन समूहबाट भने मन्त्रिपरिषद्मा कोही पनि परेनन् । १४औं महाधिवेशनमा आफूलाई इतर समूहले अप्ठेरोमा पारेपछि पौडेलले हात उठाएर देउवालाई चुनाव जिताउन सहज बनाएका थिए । त्यसपछि पौडेलले देउवाबाट राष्ट्रपति ‘पुरस्कार’ पाइसकेका छन् । डा. शेखर पनि आफ्नै समूहका महामन्त्रीको कारण अहिले देउवासँग निकट हुन थालेको बताइन्छ । यसो त निर्वाचनको टिकट बाँडफाँटकै बेला गगनलाई शेखरले अप्ठेरो पारेका थिए । बाराबाट चुनाव लड्न खोज्दा गगनले काठमाडौं–४ को टिकटसमेत झण्डै गुमाएका थिए । मञ्चमा सँगसँगै यसअघि आमसभाहरु सेयर नगर्ने देउवा र शेखर शुक्रबार भरतपुरमा सँगै देखिए । डेमोक्रेटिक लयर्स एसोसिएसनको एघारौं महाधिवेशनलाई सम्बोधन गर्न पुग्दा डा. शेखरले घुमाउरो पारामा देउवाको प्रशंसा गर्दै कांग्रेस सुधार्न तयार रहेको बताएका थिए । ‘तपाईंहरु एकपटक चितवन कांग्रेसको अवस्थाबारे पनि बुझ्नुहोस् । कहाँ कसरी के सुधार गर्नुपर्छ भनी साथीहरुसँग बृहत् छलफल, बहस र अन्तक्र्रिया गरेर हामीलाई जानकारी दिनुहोस् । हामी सुध्रिन तयार छौं । हामी कांग्रेस सुधार्न लागि पर्छौं,’ शेखरले भरतपुरमा भने । भरतपुरमा कोइराला र देउवा एकै जहाज चढेर पुगेका थिए । अहिले कांग्रेसले देशभर जिल्ला सम्मेलन जारी राखेको छ । वडा सम्मेलन हुँदै केही जिल्लामा सम्मेलन सकिसकेको छ भने कतिपयमा हुने क्रम जारी छ । जिल्ला सम्मेलनका लागि नेताहरुलाई भ्याइनभ्याई हुँदा शनिबार भक्तपुरमा पनि देउवा र कोइराला सँगै देखिए । भक्तपुरमा शेखरले कांग्रेसमा अब गुट हुन नहुने बताएपछि देउवा हौसिएका थिए । ‘नेपाली कांग्रेसमा केही गुट छैन भनेर भन्दिनँ । अहिले पनि छ, तर अब पनि हामी गुट उपगुट गरेर हामी अगाडि बढ्न थाल्यौं भने हामी समाप्त हुन्छौं,’ शेखरले भक्तपुरमा भने । गगनमाथि रुष्ट देउवा पछिल्लोपटक महामन्त्री गगन देउवाविरुद्ध आक्रामक बन्दा शेखर भने मौन थिए । यसले देउवा र कोइरालाबीचको निकटता झनै बढेको दाबीहरु पछिल्लो मञ्चले पुष्टि गरेको छ । जेठ १९ गते काठमाडौंको थापागाउँस्थित एक व्याङ्क्वेटमा महामन्त्री थापाले देउवाविरुद्ध असन्तुष्टि पोखेका थिए । महत्वपूर्ण निर्णयहरुमा देउवाको एकलौटी भएको गगनको आरोप थियो । तीमध्ये रेशम चौधरीको सजाय माफी प्रकरण, सांसद विकास कोष ब्युँताउने निर्णय, प्रदेशमा मन्त्रालय फुटाएर भागबण्डा पु¥याउने र नागरिकताको विधेयक प्रमाणीकरणको विषय विवादमा आए । ती विषयमा सभापति देउवाले एकल निर्णय गरेको महामन्त्री थापाको आरोप थियो । ‘केही दिनभित्र सरकारले गम्भीर जनचासोको विषयमा महतवपूर्ण निर्णय ग¥यो । एउटा आममाफीको विषयमा, अर्को नागरिकता विधेयक प्रमाणीकरणको विषय, सांसद विकास कोषबारे अर्को । अर्को प्रदेशको सरकारमा कांग्रेसको सहभागिता बढाउन मन्त्रालय पनि तोडफोड गर्ने विषयमा । एउटा निर्णय सरकारले गर्‍यो भर्खर सांसद विकास कोषको बारेमा,’ गगनले भनेका थिए, ‘यी सबै विषयका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो ।यो निर्णय मैले तपाईंहरुले भन्दा पछि सुनेको हुँ । यो परिपाटी गएको एक डेढ वर्षदेखि चल्दै आएको छ ।’ उक्त कार्यक्रममा गगनले आफ्नै नेतृत्वमा नयाँ गुट बन्ने संकेतसमेत गरेका थिए । कांग्रेस बदल्न यो आवश्यक भएको उनको तर्क थियो । ‘अब कांग्रेस बदल्नुछ । बदल्नु भनेको गुटहरु भत्काउनुछ । जम्मा दुई वटा गुट राख्नुछ । कांग्रेसमा अब दुईवटा गुट हुन्छ । कांग्रेस बदल्ने एउटा गुट, बदल्न रोक्ने अर्को गुट,’ गगनले भनेका थिए । उनले यस्तो भनाइ राखेको भोलिपल्टै सभापति देउवा रुष्ट बनेका थिए । ललितपुर कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पुगेका देउवाले गाली गरेर केही नहुने बताएका थिए । कांग्रेसलाई देशकै ठूलो पार्टी बनाएको र आफू अब पार्टी सभापतिसमेत नबन्ने बताए ‘अब तपाईंहरु हुनेवाला हो । म त के छ र यहाँ । सबभन्दा ठूलो पार्टी बनाइहाले । भोलिको दिनमा पार्टीलाई अझ बलियो बनाउनुछ,’ देउवाले भने, ‘म पार्टी सभापति हुने हैन अब । गाली गरेर केही हुनेवाला छैन यहाँ । काम गर्नूस् न । पार्टी बलियो बनाउनूस् । विरोध गरेर पार्टी बन्नेवाला छैन ।’ कोइराला वरिष्ठ नेता ! रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै कांग्रेसमा वरिष्ठ नेताको कुर्सी खाली छ । महाधिवेशनमा सभापतिका निकटतम् प्रतिस्पर्धीलाई यसअघि वरिष्ठ नेता पद दिने गरिन्थ्यो । पौडेलको स्थानमा देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन् । तर, वरिष्ठ नेता भने कसैलाई दिएका छैनन् । पार्टीमा गोपालमान श्रेष्ठलगायतका नेताहरुलाई वरिष्ठ पद दिनुपर्ने माग नउठेको पनि होइन । तर, इतर समूहले शेखरले उक्त पद पाउनुपर्ने माग राख्दै आएका छन् । २०७८ पुसमा भएको महाधिवेशनमा प्रतिस्पर्धा गरेका कोइरालालाई केन्द्रीय समितिमा पूर्वपदाधिकारीहरु भन्दा पनि ११ जनाको पछाडिको वरीयतामा राखिएको छ । चितवनको कार्यक्रममा देउवा प्रमुख अतिथि बन्दा शेखरलाई विशिष्ट अतिथिका रुपमा बोलाइएको थियो । यसबाट भने अब देउवा शेखरलाई नै वरिष्ठको उपाधि दिन तयार रहेको बताइन्छ । ‘निकटतम् प्रतिस्पर्धीलाई दोस्रो वरीयता र वरिष्ठ नेताको उपाधि दिने कांग्रेसको प्रचलन हो । बीचमा केही अलमल रह्यो होला, तर अब शेखर दाइ नै पार्टीको वरिष्ठ नेता हो,’ शेखरनिकट एक नेताले भने । ती नेताका अनुसार कोइरालालाई शीर्ष औपचारिकरुपमा शीर्ष वरीयता दिन देउवा सकारात्मक छन् । तर, देउवा पक्षका नेताहरु भने वरिष्ठ नेता पदका लागि शेखरले देउवासँग न्यानो सम्बन्ध राखेको आरोप लगाउँछन् ।    
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
तामाखानी उत्खननका लागि खोजतालस सुरु
तामाखानी उत्खननका लागि खोजतालस सुरु बुधबार, वैशाख ३१, २०८२
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र बुधबार, वैशाख ३१, २०८२
निभाइयो मखनटोलमा लागेको आगो
निभाइयो मखनटोलमा लागेको आगो बुधबार, वैशाख ३१, २०८२
सांसद राईविरुद्ध अदालतमा मुद्दा, बिगोसहित सात वर्ष कैद मागदाबी 
सांसद राईविरुद्ध अदालतमा मुद्दा, बिगोसहित सात वर्ष कैद मागदाबी  बुधबार, वैशाख ३१, २०८२
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु बुधबार, वैशाख ३१, २०८२
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु बुधबार, वैशाख ३१, २०८२
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP