काठमाडौं- पोखरामा स्कूलको छतबाट खसेर एक छात्रा गम्भीर घाइते भएकी छिन्।
आइतबार बिहान करिब ६ बजेतिर भारतको बिहार मोतिहारी घर भई पोखरा महानगरपालिका–८ बगाले टोल बस्ने १५ वर्षीया छत्रा चाहात शाह गम्भीर घाइते भएकी हुन्।
आफू अध्ययनरत निलगिरी बोर्डिङ स्कूलको छतबाट खसेर उनी घाइते भएकी हुन्।
घाइते छात्रालाई उपचारको लागि मणिपाल अस्पताल लगिएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वैदामबाट प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको टोली घटनास्थलमा खटिई अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १३:४७