Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सरकारलाई ‘हिट वेभ’को हेक्का होस्
सरकारलाई ‘हिट वेभ’को हेक्का होस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २८, २०८०
Editorial_Prabhab
Hardik health
गर्मी हपक्क बढेको छ । तराईंमात्र हैन काठमाडौं पनि चरक्क पारेको छ तातोले । यसपालि तापक्रमले झण्डै ४४ वर्षअघिको रेकर्ड तोड्दा सरकार बल्ल तातिएको छ– अब के गर्ने भनेर ? हुन त नेपालमा विपद्को कुनै पूर्वतयारी छैन । बाढीको पूर्वतयारीका लागि कक्षा लिन सशस्त्र प्रहरी दुई चारवटा ढुंगा लिएर त्रिशूलीतिरको स्थिर पानीमा रल्लिन पुग्छन् । दुई–चारवटा फोटो खिचेपछि फर्कन्छन् । ‘जब पर्‍यो राति, अनि नानाभाँती’ भनेझैं विपद्को मुखमा पुगेपछि छट्पटिन थाल्छन् । लू अर्थात् तातो हावा यसअघि पनि चल्थ्यो । पूर्वतयारी नहुँदा कतिपयको ज्यान पनि लिन्थ्यो । यसपटक जनस्तरको तयारीका कारण अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । यद्यपि, ४४ वर्षअघि नवलपरासीको दुम्क्यौलीमा ४३.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएकोमा यसपटक त्यहाँ ४३.८ सेल्सियस पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको भनाइ मान्ने हो भने अझै पनि रेकर्ड ब्रेक तापक्रम नियमित रहने देखिन्छ । तापक्रमले एक किसिमको तह पार गरेपछि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यो विषयको तातो लागेको देखियो । शुक्रबारमात्र प्रधिकरणले गृहमा यसबाट हुनसक्ने क्षति र पूर्वतयारीबारे छलफल गरेको थियो । चिकित्सकका अनुसार तातो हावाका कारण श्वासप्रश्वासमै समस्या आउन सक्छ । जिउ पोल्ने, थकाइ लाग्नेजस्ता समस्या सामान्य नै हुने भयो । तापक्रम अझ बढेमा ज्यानै जान सक्छ । तातो हावा चलेका कारण तराईमा विद्यालयहरु बन्द हुन थालेका छन् । कोरोनाकालमा डिजिटलरुपमा सुरु भएको पढाइ अब कहिले सुरु हुन्छ यसको कुनै निश्चितता छैन । तातोको पहिलो असर बालबालिका र वृद्धवृद्धालाई पर्छ । तातो हावाबाट बच्न चिसोमा बस्ने, बाहिर निस्कन नहुने, निस्कनै परे सावधानी अपनाउने जस्ता उपाय छन् । तर, अब खेती लगाउने समय आएको छ । कतिपयको परिवार ‘नगरी काम, पाइँदैन खान साँझ र बिहान’को अवस्थामा छन् । यस्तो अवस्थामा सरकारले जनहितमा विशेष ख्याल राख्नुपर्ने देखिन्छ । अत्यास लागेको बेला भर दिनु सरकारको कर्तव्य हो । यसका लागि तातो हावा चलेका क्षेत्रमा सरकारले मेडिकल टिम खटाउनुका साथै आवश्यक राहतको व्यवस्था गर्नुपर्छ । हिट वेभकै समयमा वर्ष पनि कम हुने देखिएको छ । यसले किसानलाई थप मर्का पर्ने देखिन्छ । त्यसैले यस विषय सरकारलाई हेक्का रहोस् ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP