Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • केजरीवालद्वारा दिल्लीको मुख्यमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण
केजरीवालद्वारा दिल्लीको मुख्यमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ५, २०७६
Hardik health
नयाँ दिल्ली–आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । दिल्लीको रामलिला मैदानमा आयोजित सार्वजनिक कार्यक्रममा भ्रष्टचारविरोधी नेता केजरीवालले पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई दिल्लीका उपराज्यपाल अनिल बैजलले शपथ ग्रहण गराएका थिए । आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरेको तर उनी आफ्नो व्यस्थताका कारण उपस्थित हुन नसकेको बताइएको छ । प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणासी पुगेका थिए । शपथ ग्रहणमा अन्य राज्यका मुख्यमन्त्रीलाई भने निम्ता नपठाइएको आपले जनाएको छ । सभामा दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरू, भारतीय जनता पार्टी (भाजपा) र भारतीय काँग्रेसका प्रदेश अध्यक्षलाई आमन्त्रण गरिएको थियो । केजरीवालले दिल्लीका जनतालाई शपथ ग्रहणमा उपस्थित हुन मुख्यमन्त्रीले अपिल गरेअनुसार समारोहमा ठूलो सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए । शपथ ग्रहणसँगै मुख्यमन्त्री केजरीवालले आफ्ना मतदाता तथा शुभेच्छुक सबैलाई सम्बोधन गरेका थिए । उनले आफूलाई फेरि एकपटक जिम्मेवारी दिएको भन्दै दिल्लीवासीलाई धन्यवाद ज्ञापन गरेका थिए । यसैबीच, प्रतिपक्षी नेताहरूले दिल्लीमा केही निःशुल्क सेवा उपलब्ध गराइएकोमा गरेको आलोचनाप्रति हल्का टिप्पणी गर्दै यो दिल्लीवासीलाई दिएको मायाको उपहार भएको बताए । दिल्लीमा महिलालाई निःशुल्क बिजुली, पानी र बस सवारीबारे विपक्षीद्वारा उठाइएका प्रश्नप्रति उनले भने, ‘दिल्लीका नागरिकले आम आदमी पार्टी (आप) लाई गरेको प्रेमको बदलामा ती सुविधा दिइएको हो ।’ उनले भने, ‘केही व्यक्ति भन्छन् कि केजरीवालले सबै चीज निःशुल्क दिइरहेछन् । प्रकृतिले विश्वका सबै बहुमूल्य चीजहरू निःशुल्क दिएको छ । आमाको प्रेम होस् वा बुबाको आशीर्वाद होस् अथवा श्रावणकुमारको समर्पण सबै निःशुल्क थिए । केजरीवालले आफ्ना नागरिकलाई माया गर्छन् त्यसैले केही सेवा निः शुल्क उपलब्ध गराइएको हो ।’ फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजामा आपले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो । सन् २०१५ जस्तै काँग्रेसले यो चुनावमा पनि खाता खोल्न सकेन । अरविन्द केजरीवालले सन् २०१३ मा काँग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिनुभएको थियो । त्यसपछि सन् २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जित्दा भाजपाले जम्मा तीन सिटमा विजय हासिल गरेको थियो । (रासस÷एएनआई)
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०७:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP