Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीको कमजोरी
शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीको कमजोरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २५, २०८०
editorial
Hardik health
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरण अदालत पुगेपछि कमजोर बन्दै गएको छ । यस प्रकरणमा पक्राउ परेकाहरुले धमाधम बयान फेर्न थालेका छन् । प्रहरीमा अपराध स्वीकारेका आरोपीहरुले अहिले अदालतमा थुनछेक बहस चल्दा बयान फेर्न थालेका हुन् । पक्राउ परिसकेका व्यक्तिलाई गोप्य रुपमा प्रहरीले भेट्न दिएका कारण मुद्दा फितलो बनेको हो । आङटावा शेर्पा पक्राउ परेको विषयबाटै यो प्रस्ट हुन्छ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेपछि उनलाई छुटाउनका लागि शेर्पा प्रयोग भएका थिए । कांग्रेस नेता शेर्पाले खाणलाई छुटाउन हिरासतमा रहेको केशव दुलाल र सानु भण्डारीलाई भेटेका थिए । दुवै जनालाई भेट्नुको कारण थियो– पीडितबाट लिएको रकम खाणले फिर्ता दिन्छन् भन्दै आश्वासन दिएर उनको नाम नलिइदिनु भनी आग्रह गर्न । यो घटनालाई प्रहरीको एक टोलीले बाहिर ल्याइदियो । प्रहरीकै अर्को टोली भने आङटावाको बचाऊमा लागेको थियो । उनीविरुद्ध कुनै पक्राउ पूर्जी जारी नगरिएको र उनलाई कारगारमासमेत नराखिएको प्रहरीको एक पक्षले भनेको थियो । तर, अर्को पक्षले भने उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको दाबी ग¥यो । अन्ततः आङटावा प्रहरीकहाँ पुगेर आत्मसमर्पण गर्न गए । आफू जोगिन शेर्पा आत्मसमर्पण गर्न प्रहरीकहाँ पुगेका थिए । तर, उनलाई प्रहरीले छाडेन । अन्ततः हिरासतमै आफूलाई प्रहरीले कुटपिट गरेको भन्दै छुट्ने प्रयाससमेत गरे । भुटानीलाई मात्र हैन तिब्बतीलाई नेपाली बनाएर अमेरिका लैजाने प्रकरणमासमेत कनेक्सन देखिएको आङटावाबाट अभियुक्तहरुसँग हिरासतमै भेट, टोपबहादुर रायमाझीलाई कयौ दिनसम्म फरार राखेर यो अनुसन्धानलाई प्रहरीले निकै कमजोर बनायो । अर्को विषय प्रहरी प्रमुख वसन्त कुँवर, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवापत्नी डा. आरजु देउवामाथि पनि छानविन गर्नुपर्ने माग ग्राउण्डबाट उठ्न थालेपछि प्रमुख राजनीतिक दलदेखि प्रहरी नै यो मुद्दालाई कमजोर बनाउन लागेको प्रस्ट हुन्छ । अहिले अब ११३ जनाले उजुरी दिएर २७ करोड ५० लाख ५७ हजार बिगो दाबी गरिएको यो मुद्दामा थुनछेक बहस जारी रहेको छ । ‘हाइप्रोफाइल’ पक्राउ पर्ने त कुरै छैन, पक्राउ परेकाहरुसमेत साधारण तारिखमा छुट्ने तरखरमा रहेका छन् । रायमाझी र खाणले आफूहरु यो प्रकरणमा संलग्न नै नरहेको भन्ने विषयलाई जोड दिइरहेकोबाट यो प्रस्ट हुन्छ । तर, यस्तो जघन्य अपराध अनुसन्धान सुरु गरेर वाहवाही पाएको प्रहरी संगठन कमजोर प्रमाण प्रस्तुति र प्रमाण नष्ट गर्ने गिरोहसँग सिक्वेन्स मिलाउनतिर लाग्दा पुनः बदनामी हुनेतिर अघि बढेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP