Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कम्युनिस्ट फेरि जुट्दै, कांग्रेसमा छैन सुरसार
कम्युनिस्ट फेरि जुट्दै, कांग्रेसमा छैन सुरसार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २५, २०८०
communist
RBB RBB
- वामदेव गौतम एमालेमा फर्किने -नेकपा एसबाट एमाले फर्किने नेताहरूको लहर रोकिएन -नेत्रविक्रम चन्द माओवादीमा फर्किने तयारी - डा. बाबुराम भट्टराई पनि समाजवादी केन्द्र बनेपछि फर्किने - कांग्रेस छाडेकाहरू भने फर्किन अनिच्छुक
काठमाडौं – कम्युनिस्ट पार्टीहरूमा पहिले अलगथलग भएका नेताहरू धमाधम पूर्ववर्ती पार्टीमा फर्किंदै छन् । केही फर्किने सुरसारमा छन् । बुधबारमात्रै नेपाली कम्युनिस्ट आन्दोलनका एक जना शीर्षस्थ नेता वामदेव गौतमले एमालेमा फर्किने संकेत गरे । उनले पत्रकारहरूसँग भने, ‘मेरो पार्टी सदस्यता एमालेमै छ ।’ तत्कालीन नेकपा विभाजन हुँदा ब्युँतिएका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकता प्रक्रियामा ल्याउने भन्दै गौतमले नेकपा एकता राष्ट्रिय अभियान चलाएका थिए । तर, एकता अभियान निष्प्रभावी बन्यो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एकपटक भेटवार्तासमेत गराउन सकेनन् । यसले नेकपा एकता राष्ट्रिय अभियान नाममै सीमित भएको पुष्टि गर्छ । अभियानमा सुरुमा जोडिएका धेरै नेताले पनि उनलाई छाडिसकेका छन् ।
आफ्नै राजनीतिक स्वार्थ पूरा गर्न र राजनीतिक भविष्य सुरक्षित राख्न कम्युनिस्ट नेताहरू पहिलेकै पार्टीमा फर्किने गरेको देख्छु ।-भीम भूर्तेल,राजनीतिक विश्लेषक
  यसरी एकातिर सांगठनिक रूपमा निकै कमजोर बन्दै जानु र अर्कातिर राष्ट्रिय सभा सदस्यको पदावधि सकिन केही वर्ष छँदा उनी एमालेमै फर्किन लागेका हुन् । एमाले फर्किन उनले ओलीको मुख ताकिरहेका छन् । ओलीले पनि सदस्यता एमालेमै रहेकाले गौतमलाई एमाले आउन समस्या नभएको बताइसकेका छन् । एमालेमा मंगलबारमात्रै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने फर्किए । त्यसअघि सोही दलका वरिष्ठ नेता मुकुन्द न्यौपाने एमालेमै फर्किएका थिए । गत ४ मंसिरको निर्वाचनअघि त नेकपा एसबाट थुप्रै नेता एमालेमा फर्किए । जो नेताहरू ओलीले पार्टीलाई विधि, विधान र अनुशासनमा नचलाएको प्रश्न उठाउँदै अलग भएका थिए । उनीहरूको असन्तुष्टि ओलीको कार्यशैलीमा पनि थियो । तर, यतिबेला धमाधम फर्किंदै छन् । फर्किएका नेताहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन एमालेमै फर्किएको बताउने गरेका छन् । निर्वाचनको सम्मुखमा एमालेबाट अलग भएका र स्वतन्त्र भएर निर्वाचन जितेका सांसद किरणकुमार साह एमालेमै आइसकेका छन् । अर्का सांसद शिव मण्डल पनि एमाले फर्किन लागेका विवरणहरू आइरहेका छन् । अर्को कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा पनि पहिले अलगथलग भएका नेताहरू आउने क्रम जारी छ । आउन लागेकाहरू पनि थुप्रै छन् । पार्टी सचिवसमेत भइसकेका नेकपा महासचिव नेत्रविक्रम चन्द माओवादीमा केही दिनमै आउने तयारीमा छन् । माओवादी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन स–साना शक्तिमा विभाजित भएर बस्नु औचित्यपूर्ण नहुने र आन्दोलनका दौरान भएका कमिकमजोरीलाई सच्याउँदै एक ठाउँमा आउन आवश्यक भएको उनले भन्दै आएका छन् । माओवादी उपाध्यक्ष भइसकेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त निर्वाचनअघि नै माओवादी फर्किने सुरमा थिए । तर, नामचाहिँ माओवादी हटाएर समाजवादी केन्द्र राख्नुपर्ने उनको मत छ । यो नाममा अन्य समाजवादी नेताहरूलाई पनि अटाएर जान सकिने उनले बताउँदै आएका छन् । तर, पनि समाजवादी केन्द्र बनिसकेको छैन, जसले गर्दा उनी नेपाल समाजवादी पार्टीमै छन् । अन्य मसिना पूर्वमाओवादी घटकहरूले पनि माओवादीमै फर्किने सुर गरिरहेका छन् । वाम राजनीतिक विश्लेषक भीम भूर्तेल जनताको हितभन्दा पनि आफ्नै राजनीतिक भविष्य सुरक्षित गर्न पहिले पार्टी छाडेकाहरू फेरि सोही पार्टीमा फर्किने गरेको बताउँछन् । आफू अलग हुँदा गठन गरेको दल वा आबद्ध भएका कुनै दलको राजनीतिक भविष्य अँध्यारो देखेपछि नेताहरू बहाना बनाएर पूर्ववर्ती दलमा फर्किने गरेको उनको ठम्याइ छ । ‘स्वार्थमा जनताको मुद्दा हुनुपर्छ । तर, आफ्नै राजनीतिक स्वार्थ पूरा गर्न र राजनीतिक भविष्य सुरक्षित राख्न पहिलेकै पार्टीमा फर्किने गरेको देख्छु,’ उनले प्रभावसँग भने, ‘यो जनताको हितमा हुँदैन ।’देशकै ठूलो लोकतान्त्रिक दल भनिएको कांग्रेसमा भने ठीक उल्टो छ । त्यहाँ आउनेभन्दा जाने नेताहरू बढी छन् । गत उपनिर्वाचनको सम्मुखमा कांग्रेससँग नजिक भएर लामो समयदेखि क्रियाशील अर्थविद् डा. स्वर्णिम वाग्ले कांग्रेसबाट अलग भए । स्थापना भएको एक वर्ष पनि नभएको दल राष्ट्रिय स्वतन्त्र पार्टीमा गए । त्यही दलबाट उपनिर्वाचन तनहुँ– १ मा लडे । जितेर संसद्मा आएका छन् ।
देउवाजीको कार्यशैली छाडेर गएका नेताहरूलाई मन परेको छैन । उनी नेतृत्वमा हुञ्जेल फर्किने देख्दिनँ-प्रा.डा. लोकराज बराल ,राजनीतिशास्त्री
उनी गत ४ मंसिरको चुनावमा कांग्रेसको घोषणापत्र लेख्नेमध्येकै एक जना सदस्य हुन् । हाल रास्वपा सांसद रहेका मनिष झा पनि कांग्रेसको घोषणापत्र लेख्ने युवा नेता हुन् । अर्का सांसद सन्तोष परियार र शिशिर खनाल पनि रास्वपा स्थापना हुनुअघि कांग्रेससँगै नजिक थिए । कांग्रेसबाट अलग भएर उनीहरू विधायकको हैसियतमा छन् । जसरी कम्युनिस्ट पार्टीमा पहिले अलग भएका नेताहरू फर्किँदैछन्, उनीहरूको भने कांग्रेस फर्किने सुरसार छैन । कांग्रेसदेखि अलग भएर स्वतन्त्र चुनाव लडेका नेता डा. अमरेशकुमार सिंहले पनि कांग्रेसमा फर्किन चाहेका छैनन् । उनको राजनीतिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवासँग तीक्ततापूर्ण सम्बन्ध छ । जसका कारण तत्काल कांग्रेस फर्किने पक्षमा उनी छैनन् । कांग्रेसले गत उपनिर्वाचनअघि पार्टी अनुशासनको कारबाही फुकुवा गरेका नेताहरूसमेत कांग्रेसमा फर्किन मानेका छैनन् । पूर्वमन्त्री गोविन्दराज जोशीदेखि पूर्वसभासद जगन्नाथ पौडेलले कांग्रेस फर्किन इच्छाएनन् । बरु, रवि लामिछाने नेतृत्वको दल रास्वपामा मतदान गर्न गत उपनिर्वाचनमा निकटस्थहरूलाई सुझाए । राजनीतिशास्त्री प्रा.डा. लोकराज बराल देउवा सभापति हुञ्जेल कांग्रेस छाडेका नेताहरू पार्टीमा फर्किने सम्भावना देख्दैनन् । अन्तर्घातको नाममा अनुशासन कारबाहीको डण्डी चलाएर प्रतिस्पर्धी नेताहरूको राजनीतिक भविष्य अन्धकार बनाएका कारण कांग्रेस फर्किन अलग भएकाहरू नचाहेको उनलाई लाग्छ । ‘देउवाजीको कार्यशैली छाडेर गएका नेताहरूलाई मन परेको छैन । उनी नेतृत्वमा हुञ्जेल फर्किने देख्दिनँ,’ उनले भने, ‘प्रतिरोधपूर्ण ढंगले पार्टी राजनीति सकिदिएको बुझाई पार्टीबाट अलग भएका नेताहरूको छ ।’ कांग्रेसमा नेतृत्व परिवर्तनको माग नउठेको होइन । महामन्त्री गगन थापासहितका नेताहरू त अहिले पनि पार्टी रुपान्तरण अभियानको नाममा देउवाको विकल्प खोजिरहेका छन् । तर, सार्थक हुन सकेको छैन । पार्टी छाडेकाहरूलाई फर्कौं फर्कौं लाग्ने भएको छैन । जबकि, कम्युनिस्ट पार्टीहरूमा भने धमाधम फर्किरहेका छन् ।कक
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्वः गृहमन्त्री लेखक
लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्वः गृहमन्त्री लेखक बुधबार, वैशाख ३१, २०८२
यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान
यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान बुधबार, वैशाख ३१, २०८२
'विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ ’ : राउत
'विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ ’ : राउत बुधबार, वैशाख ३१, २०८२
जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट बुधबार, वैशाख ३१, २०८२
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत बुधबार, वैशाख ३१, २०८२
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP