दैलेख- राउटे समुदायका ज्येष्ठ सदस्यको निधन भएकाे छ ।नेपालमा बसाेबास गर्ने एक लोपोन्मुख जाति मानिने राउटे समुदायका९४ वर्षीय कर्णबहादुर शाही ज्येष्ठ सदस्य को बुधबार निधन भएको हाे ।
राउटे समुदाय हाल बस्दै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट बस्तीमा उनको निधन भएको सोसेक नेपालको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिएका हुन्।
हरेक २–३ महिनामा बस्ती सर्दै हिँड्ने नेपालको एक मात्र फिरन्ते जाति राउटे समुदायले मान्दै आएको हिन्दू धर्मसंस्कार अन्तर्गत बुधवार नै जमिनमा गाडिएको जोडी शिक्षक खत्रीले बताए ।
राउटे समुदायमा ज्यान गएपछि बाँदर मार्ने जालमा गुथेर खाल्डोमा गाड्ने तथा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाएर गाड्ने चलन छ । मूल किरिया कोही पनि बस्न नपर्ने चलन छ ।
राउटे समुदायका सदस्य कोही निधन भएको ११–१३ दिनबीचको मंगलवार वा शनिवार पारेर सबैले कपडा धुने अनि मृतकको नाम कुखुरा काट्ने चलन छ ।
राउटे समुदायका सदस्यहरुको मृत्यु भएपछि बसिरहेको बस्ती एक हप्ताभित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काटेर मासु खाइ शुद्ध हुने वा किरिया सकिने प्रचलन छ।
सरकारले जनसङ्ख्याघट्दै गएको लोपोन्मुख राउटे जातिको जनसङ्ख्याअब एक सय ४१ जना मात्र बाँकी रहेको छ । दैलेख आसपासको क्षेत्रमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता लिएका छैनन् ।
खेतीकिसानी, पढाइलेखाइ गर्ने र नागरिकता लिन राउटेले मिल्दैन भनेर इन्कार गर्दै आएका छन् । २०६३ सालदेखि राउटे समुदायका सबै जनाले सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि सहजताका लागि गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।
राउटे समुदायको स्वास्थ्य सरसफाइ, खानपिन र सामाजिक जीवन सहजीकरण गर्न राउटे समुदाय बस्ती सरेसँगसँगै हिँड्ने गरी सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १०:५७