Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद्मा ओलीको एकल प्रस्तुति ,सभामुखको भूमिकामाथि प्रश्‍न
संसद्मा ओलीको एकल प्रस्तुति ,सभामुखको भूमिकामाथि प्रश्‍न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २४, २०८०
RS_KTM-IMG_20230606_145715
RBB RBB
-मंगलबार सदनमा दुई घण्टा लगातार बोलेका ओलीले सोमबार एक घण्टा सरकारको विरोधमा खर्चिए -प्रधानमन्त्री दाहालले सोमबार बोल्दाबोल्दै सभामुख घिमिरेले टेकओभर गरेर एमाले सांसदलाई बोल्न दिनुलाई कतिपयले सही मानेका छैनन् -अझ मंगलबार सदनमा सांसद नै निदाउने गरी ओली बोल्दा सभामुख घिमिरेको भूमिकामाथि प्रश्‍न उठ्न थालेको छ
काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकल प्रस्तुति दिएका छन् । मंगलबार सवा चार घण्टा चलेको संसद्मा दुई घण्टा ओलीले नै आफ्नो प्रस्तुति दिए । सदनमा पूर्वप्रधानमन्त्रीहरुलाई समय सीमा नतोकिए पनि यति धेरै समय प्रस्तुति दिने सायद ओली नै होलान् । सरकारमाथि कटु आलोचना गरेर रोस्ट्रमबाट बेञ्चमा फर्कदा ओली मक्ख देखिएका थिए । गमक्क देखिएका उनलाई विष्णु पौडेल र सुवास नेम्वाङले प्रशंसा गरेको देखिन्थ्यो । यसले ओली झनै खुसी देखिन्थे । सभामुख देवराज घिमिरेले ओलीलाई २ बजेर ४९ बाट बोल्न दिएकोमा ४ बजेर ४९ मिनेटमामात्र ओली बेञ्च फर्किए । सदनमा ओलीको सोलो प्रस्तुतिमाथि कांग्रेस सांसद विमलेन्द्र निधिले व्यंग्य कसे । ‘एक घण्टा ५८ मिनेट बोल्नुभएको छ । होमवर्क राम्रै गरी आउनुभएको रहेछ । अर्थमन्त्रीजीले अस्ति बजेट प्रस्तुत गर्दा जति टाइम दिनुभो त्यो जति (हाँस्दै) बोलिसक्नुभयो,’ निधिले भने । यतिमात्र हैन ओली बोल्न थालेपछि एमाले सांसदसमेत निदाएको निधिको तर्क थियो । ‘धेरै बेर पर्खिएँ मैले, प्रतिपक्षी दलको बेञ्चतिर हेरें । जबजब समय बित्दै गयो, बित्दै गयो उहाँहरू निदाउन थाल्नुभएको थियो । ताली लगाउन पनि बिर्सिनुभएको थियो । म त सत्ता पक्षकै भएँ । म त केही पनि बुझ्न सकिनँ,’ निधिले थप भने । के भने ओलीले ? सदनमा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि करको दर हेरफेर गरेको प्रकरणमा संलग्नता रहेकोबारे कटाक्ष गरे । ‘अर्थमन्त्रीज्यू यहाँको कति हात छ ? तपाईं मातहत को कति ?,’ उनले प्रश्न गरे । ओलीले आफू नेतृत्वको सरकारले २०७५ मै को– को व्यक्ति बजेट बनाउँदा बस्न पाइन्छ भनेर मापदण्ड बनाएको उल्लेख गर्दै पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई नियुक्ति दिनुको कारण पनि मागे । ‘फागुनमा किन नियुक्ति गरेको ? बजेट बनाउन गरेको,’ ओलीको प्रश्न थियो । श्रेष्ठलाई अनधिकृतरुपमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै एमालेलगायत विपक्षी दलले आरोप लगाएका थिए । अर्थमन्त्री महतले भने ओलीभन्दा अघि नै श्रेष्ठको दक्षतामात्रै उपयोग गरेको र निर्णय प्रक्रियामा उनको संलग्नता नरहेको स्पष्टीकरण दिएका थिए । श्रेष्ठलाई बजेट निर्णय प्रक्रियामा निरन्तरता दिनु दुःखद भएको ओलीको भनाइ थियो । ‘अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे छैन ? लोकसेवा आयोगले कम्पिटिसन गरेर लिन्छ । ट्रेनिङ गरेर तीन महिनामा तयार गराउन सकिन्छ,’ ओलीको टिप्पणी थियो । यतिमात्र होइन ओलीले अर्थ मन्त्रालय विश्वास गर्नलायक मन्त्रालय नरहेकोसमेत तर्क गरे । महतले प्रस्तुत गरेको बजेटलाई ओलीले ‘जिरो नम्बर’ दिए । ‘सच्याउनूस् बजेट । सरकारले बजेट फे¥यो, असफल भयो भन्दैनौं हामी । देश र जनताका लागि सरकार बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौं,’ ओलीले भने । यतिमात्र हैन ओलीले सोमबारको संसद्मा पनि एक घण्टाको समय लिए । प्रधानमन्त्री पुष्पकमल दाहाल रोस्ट्रममा उभिएर भारत भ्रमणबारे प्रस्टीकरण दिइरहँदा अधिकांश समय एमाले सांसदले नै लिए । नागरिकता विधेयक प्रमाणीकरणबारे सरकारको डिफेन्समा उत्रिएका प्रधानमन्त्री दाहाल बोल्दा बोल्दै एमालेले आपत्ति जनाउँदै उभिएपछि सभामुख घिमिरेले कुनै रोकतोक नगरी सीधै एमाले सांंसदलाई बोल्न दिए । प्रधानमन्त्री रोस्ट्रममा उभिएर बोल्दै गर्दा एमालेले नियमापत्ति जनाउँदै रोस्ट्रम घेराउमै उत्रिए । त्यसपछि सभामुखले प्रधानमन्त्रीले बोल्ने समय पाएकोले बोल्न दिन रुलिङ गरे । तर, एमाले सांसदहरुले माने पो ! ‘मेरो पूरै कुरा सुनेपछि खण्डन गरे भाइहाल्छ नि, विरोध गरे भइहाल्छ नि,’ प्रधानमन्त्री दाहाल भन्दै थिए । त्यसपछि सत्ता पक्षका नेताहरु पनि एमालेको अवरोधको विरोधमा उत्रिए । त्यसपछि सभामुख घिमिरेले आक्रोश पोखे, ‘तपाईंहरु सबै उभिएपछि कसलाई बोल्न दिने, कसको कुरा सुन्ने ?’ सांसद रघुजी पन्तलाई घिमिरेले बोल्न दिइहाले । त्यसपछि सत्ता पक्षबाट कांग्रेसका विश्वप्रकाश शर्मा र स्वतन्त्र सांसद अमरेश कुमारलाई बोल्न दिँदा झण्डै आधा घण्टा अवरुद्ध भयो सांसद । प्रधानमन्त्री दाहालले यसरी ‘डिबेट’ हुने भनेर आफूले सोच्दा पनि नसोचेको भन्दै असन्तुष्टि पोखे । यसो त कांग्रेसकै सांसद रामहरि खतिवडाले समेत रामकृष्णलाई कसले नियुक्ति गरेको भनी प्रश्न उठाए । खतिवडाले श्रेष्ठको गत १९ फागुनमै नियुक्ति भएको भन्दै त्यतिबेला अर्थमन्त्री को थियो भनी प्रश्नसमेत गरे ।सांसद खतिवडाका अनुसार रामकृष्णले दुई वर्ष अगाडि नै अवकाश पाएका थिए । उनले प्रश्न गरे, ‘दुई वर्ष अगाडि रिटायर्ड भएका कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्‍यो ?’ अर्थमन्त्री महतको तर्क आफ्नै करको दर हेरफेरका लागि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपबारे अर्थमन्त्री महतले खण्डन गरे । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुले करको दर हेरफेर गरेको आरोप लगाएपछि बजेट निर्माणमा पूर्वनायव सुब्बा श्रेष्ठले सहयोगीको भूमिकामात्रै निभाएको महतले दाबी गरे । ‘टाइप गर्न त सहयोगी चाहियो । यो सहयोग गर्ने क्रममा म आउनुभन्दा अगाडि नै रामकृष्ण श्रेष्ठ नियुक्त हुनुभएको छ । उहाँ अनुभवी, दक्ष भनेर रिकगनाइज व्यक्ति भनेर परिचित हो,’ अर्थमन्त्री महतले भने । महतले मन्त्री भएयता बिचौलियालाई आफूले छेउमा पनि आउन नदिएको दाबी गरे । ‘आधिकारिक व्यक्तित्वले निर्णय गरेको करको दर निर्णय प्रक्रियामा बसेका पदाधिकारीको आदेशमा भर्नका लागि वर्षौंदेखि यो काम लगातार गर्दै आउनुभएको छ । म भन्दा अगाडिको अर्थमन्त्रीले पनि आवश्यकता छ भनेर नियुक्त गरियो,’ श्रेष्ठको बचाऊ गर्दै महतले भने । सभामुखको भूमिकामाथि प्रश्न सदनमा ओलीको दबदबालाई लिएर संसद्वृत्तमा सभामुखको भूमिकामाथि प्रश्न गर्न थालिएको छ । सभामुख घिमिरे एमालेबाट निर्वाचित सांसद हुन् । एमाले र माओवादीसहितको गठबन्धनले उनलाई सभामुखमा निर्वाचत गराएको हो । माओवादी सांसद लेखनाथ दाहालले सभामुखको पछिल्लो भूमिका तटस्थ नभई कुनै पार्टीको अमुख कारिन्दाजस्तो देखिएको आरोप लगाएका छन् । ‘प्रतिनिधिसभामा सम्माननीय सभामुखको भूमिका तटस्थ नभई अमूक पार्टीको कारिन्दाजस्तो देखिनु र प्रतिनिधिसभा नियमावलीविपरीत सदन सञ्चालन गर्नु खेदजनक छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । सभामुख आफू अनुकूल नचल्दा सत्तापक्ष वा प्रतिपक्षले यस्तो आक्षेप लगाउने चलन भने पुरानै हो । यसअघिका सभामुखले पनि सदन सञ्चालनका पटक–पटक आरोप खेपेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP