Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • एप्पलको पहिलो हेडसेट सार्वजनिक
एप्पलको पहिलो हेडसेट सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २३, २०८०
Apple HeadsetJune6_23
Hardik health
काठमाडौं - एप्पलको बहुप्रतीक्षित एआर/भीआर हेडसेट लामो समयपछि अन्ततः सार्वजनिक भएको छ । सोमबारदेखि जारी वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२३ को अवसरमा कम्पनीले आफ्नो पहिलो हेडसेट सार्वजनिक गरेको हो । एप्पलले उक्त हेडसेटलाई ‘स्पेसियल कम्प्युटर’ (Spatial Computer) नाम दिएको छ । यो डिभाइस पूर्ण रूपमा नयाँ अपरेटिङ सिस्टम (ओएस) डबल भिजन ओएसमा आधारित छ । यो हेडसेट डिभाइस सुरुवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुने बताइएको छ । सन् २०२४ पछि अन्य देशमा उपलब्ध हुने यो हेडसेटको मूल्य तीन हजार ४९९ अमेरिकी डलर (करिब चार लाख ६१ हजार रुपैयाँ) ताेकिएकाे छ । डबल भिजन ओएसमा आधारित डिस्प्ले सिस्टममा दुई करोड ३० लाख बढी पिक्सेल रहेका छन् ।यसको अर्थमा फोरके टिभीभन्दा राम्रो अनुभव पाउन सकिने कम्पनीको दाबि रहेकाे छ । यसमा दुई ओटा माइक्रो ओएलईडी स्क्रिन रहेका छन्  । कम्पनीका अनुसार यसमा क्याटाडायोप्ट्रिक लेन्सहरू रहेका छन्, जसमा आवश्यकता अनुसार सार्पनेस र क्लियारिटी बढाउन वा घटाउन सकिन्छ । मानिसहरूलाई प्रष्टसँग देख्न सहयोग पुर्‍याउने गरी यसमा भिजन करेक्सन फिचर उपलब्ध गराइएको छ । एम टु चिपसेटको कस्टम डुअल कोर भर्सनमा आधारित यसमा आर वान चिपसेट, १२ ओटा क्यामेरा, पाँच ओटा सेन्सर र छ ओटा माइक समावेश गरिएको छ । यसले प्रयोगकर्तालाई भिडिओमा भएका हरेक कुरा आफ्नै अघि भएको अनुभव दिने कम्पनीले जनाएको छ । आर वान चिपले तस्वीरलाई १२ मिलिसेकेन्डमा डिस्प्लेमा स्ट्रिम गर्छ । यो मानिसले आँखा झिम्काउनेभन्दा आठ गुणा तीव्र स्पिड हो । यसमा दुई घण्टाको ब्याट्री लाइफ रहेको छ । डिभाइस अनलक गर्न यसमा अप्टिकल आईडी फिचर उपलब्ध गराइएको छ, जसले आँखाको रेटिना पहिचान गरी डिभाइस अनलक गर्छ । यसले डिभाइसलाई उत्तिकै सुरक्षा प्रदान गर्ने बताइएको छ । यूआईको कुरा गर्नुपर्दा भिजन ओएस यूआईलाई आँखा, हात र आवाजले नियन्त्रण गर्न सकिन्छ । भौतिक रूपमा छोएर कन्ट्रोल गर्नका लागि यसमा कुनै किसिमका बटन उपलब्ध छैनन् । त्यस्तै हेडसेटबाटै आँखाले हेरेर एप ब्राउज गर्न, औंलाहरू चलाएर सेलेक्ट गर्न, हातका नाडीकाे सहायताले स्क्रोल गर्न सकिन्छ । साथै यी सबै कुरा भ्वाइसबाटै कन्ट्रोल गर्न सकिने जनाइएकाे छ । यो हेडसेटलाई चस्माका रूपमा पनि प्रयोग गर्न सकिन्छ । जसलाई एप्पलले 'आइ साइट' फिचर नाम दिएको छ । यस फिचरमार्फत  हेडसेट प्रयोग गरिरहेको अवस्थामा त्यसलाई पारदर्शी बनाउन सकिने कम्पनिले जनाएकाे छ  । बाहिरबाट तपाईंका अघि रहेका मानिसहरूले तपाईंको आँखा देख्न सक्छन् भने तपाईं पनि बाहिरका कुराहरू देख्‍न  सकिनेछ । यस डिभाइसका लागि कम्पनीले छुट्टै एप स्टोर पनि उपलब्ध गराएको छ, जहाँबाट हजारौं आईफोन र आईप्याड एपहरू प्रयोग गर्न सकिन्छ । त्यस्तै हेडसेटबाट फेसटाइम कलहरू लिन सकिन्छ । जहाँबाट वास्तविक रूपमा कुरा गरिरहेको अनुभव हुने कम्पनीले जनाएको छ । कलको समयमा भिजन प्रो लगाएका प्रयोगकर्ताहरू ‘पर्सोना’ का रूपमा प्रतिबिम्बित हुन्छन् । पर्सोना प्रयोगकर्ताको डिजिटल स्वरूप हो । यो एप्पलको सबैभन्दा अत्याधुनिक मसिन लर्निङ प्रविधिहरू प्रयोग गरी तयार पारिएको फिचर हो । जसले वास्तविक समयमा अनुहार र हातको चाललाई दर्शाउँछ । यसबाट तपाईं एकै पटक फिल्म हेर्न, एप ब्राउज गर्न र प्रेजेन्टेसन दिनसमेत सकिने जनाइएकाे छ । भिजन ओएसमा रहेको थ्रीडी इन्टरफेसले एपलाई आफ्नै अगाडि भएको अनुभव दिन्छ, जसलाई म्याजिक किबोर्ड प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ । भिजन प्रोले कुनै पनि स्पेसलाई निजी फिल्म थ्रेटरका रूपमा प्रयोग गर्ने अनुमति दिन्छ । यसको अर्थ तपाईंले भिजन प्रोमा १०० फिट चौडाइ भएको भर्चुअल स्क्रिन बनाउन सक्नुहुन्छ । उक्त स्क्रिनमा १०० ओटाभन्दा बढी एप्पल आर्केड गेमहरू खेल्न सकिन्छ । यस डिभाइसमा कम्पनीले आफ्नो पहिलो थ्रीडी क्यामेरा समेत उपलब्ध गराएको छ । यसका माध्यमबाट फोटो तथा भिडिओ खिच्न सकिन्छ । उक्त डिभाइसबाट खिचिएको फोटो तथा भिडिओलाई आईक्लाउडमा हेर्न सकिने  छ ।यस डिभाइसमा अल्मुनियमको फ्रेम रहेको छ, जसलाई आफ्नो अनुहारको आकार अनुसार एडजस्ट गर्न सकिन्छ ।     टिप्पणीहरू
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP