Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘भैंसी’बारे संसद्मा निकृष्ट प्रदर्शन
‘भैंसी’बारे संसद्मा निकृष्ट प्रदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २३, २०८०
Editorial_Prabhab
सरकारले यसपटकको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । सोमबारको संसद् बैठकमा यही बजेटको विषयमा छलफल गर्ने कार्यसूची थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा उठेका प्रश्‍नको जवाफ दिएपछि संसद्मा भैंसीकै विषयले हंगामा भयो । भारतले दिएको उन्नत जातको १५ मुर्रा राँगो भित्रिँदा खुसी हुनुपर्नेमा सांसदहरुले यही विषयमा संसद्मा उपद्रो नै मच्चाए । कृषि क्रान्तिको कुरा गरेर शिक्षा क्षेत्र सुधारमा लागेका पूर्वशिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भैंसीलाई मजाक बनाए सुरुमै । ‘प्रधानमन्त्री भारतबाट आउँदा प्लेन चढेर भर्खरै उद्घाटन गरेको पोखरा विमानस्थलमा ओर्लिनुहुन्छ होला भनेको त भैंसी चढेर आउनुभयो,’ सदनमा आफ्नो भनाइ राख्दै खनालले भने । सुन्दा सामान्य लागे पनि यो निकृष्ट व्यंग्य हो । पहाडमा ‘भैंसी चढ्नु’ भन्ने विषय लज्जास्पद नै मानिन्छ । यसैले होला माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । मधेस–तराई क्षेत्रमा चरणमा निस्कँदा भैंसी वा राँगामा चढेर गोठालो जाने चलन विद्यमान छ । मधेस–तराई क्षेत्रमा यसलाई सामान्य मानिन्छ । सदन खुल्नुअघि मुर्रा जातको राँगो ल्याउने सहमतिलाई मुलधारकै मिडियाले भैंसी भनेर स्थापित गरिसकेको थियो आइतबार । पछि सच्याए पनि हावासरी मजाक बनाएको विषय भैंसी नै कायम भयो । प्रधानमन्त्री दाहाललाई भैंसीमा चढेर आएको देखाउँदै कार्टुनिस्टले कार्टुन बनाए । प्रधानमन्त्री दाहालले रोस्ट्रममै उभिएर भैंसी नै भनिदिए । पछि बल्ल सच्याउँदै प्रधानमन्त्रीले भने, ‘राँगा–राँगा हो । मुर्रा हो मुर्रा ।’ भारतबाट विद्युत्को आयोजना आउँदा खुसी । रेलको योजना आउँदा खुसी । चेकपोस्ट बन्दा खुसी । तर, बजेटमै कृषिलाई प्राथमिकता दिएको विषयलाई भने मजाक बनाएर किन उडाउन लागिपरे सामाजिक सञ्जाल प्रयोगकर्ता ? अनि सामाजिक सञ्जाल प्रयोगकर्ताकै फलो गरेर आशाका रुपमा हेरिएका नयाँ पार्टीको सांसदबाटै यस्तो प्रदर्शन । उन्नत जातको मुर्रा राँगा प्रयोगपछि भैंसीबाट प्रशस्त दूध आउँछ । यसले पशुपालक किसानलाई फाइदा दिन्छ । यही कारण सरकारले मुर्रा जातको राँगो यसअघि नै माग गरेको प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमै खुलाए । नेपाल सरकारबाट संस्थागत माग गरिएको यो विषय नेपालीकै हितमा छ । सांसदहरु बढी नै उत्तेजक बन्न थालेपछि सभामुख घिमिरेले जो सुकैले बोलेको भए पनि ‘भैंसी चढेर आएको’ भन्ने वाक्यलाई रेकर्डबाट हटाउन निर्देशन दिए । तर संसद्मा यही विषयलाई उडाएर समयको सत्यनाश हुँदा सांसदहरुलाई कस्तो लाग्दो हो ? यस्तो विषयमा न त सत्तापक्षका सांसद संयम देखिए न त सभामुख देवराज घिमिरे नै । के यस्तै हो जननिर्वाचित सांसदहरुको विज्ञता ?
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
क्षेत्राधिकार बिर्सिंदै सरकार
क्षेत्राधिकार बिर्सिंदै सरकार मंगलबार, साउन २७, २०८२
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ सोमबार, साउन २६, २०८२
राजनीतिमा वर्षैभरि गाईजात्रा
राजनीतिमा वर्षैभरि गाईजात्रा आइतबार, साउन २५, २०८२
अभिमुखीकरण तालिममा बेथिति
अभिमुखीकरण तालिममा बेथिति शुक्रबार, साउन २३, २०८२
वैकल्पिक दलमा पनि पुरानै रोग !
वैकल्पिक दलमा पनि पुरानै रोग ! बिहीबार, साउन १५, २०८२
मधेसको समस्या सम्बोधनमा जुटौं 
मधेसको समस्या सम्बोधनमा जुटौं  बुधबार, साउन १४, २०८२
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल मंगलबार, साउन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP