Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ‘मुर्रा भैंसी , मुर्गा कम्युनिस्ट राजनीति’
‘मुर्रा भैंसी , मुर्गा कम्युनिस्ट राजनीति’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २३, २०८०
matyangra
Hardik health
आजकल गाउँ, सहर, लेकबेसीदेखि विदेशमा बस्नेहरुले समेत मुर्रा भैंसी कण्ठस्थ पारेका छन् । भैंसीको मासु खानेहरुले त झन् जिब्रो पट्काएर भन्न थालेका छन् । क्या वात मोदी, क्या वात् प्रचण्ड । बल्ल जिब्रोले स्वाद फेर्न पाउने भो । भैंसी राँगो ठम्याउन नसक्नेहरुले यस्तै कुरा गर्दै छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल विमान चढेर भारत पुगे । भारतमा उनले दिल्लीकी सिल्ली अप्सराबाट स्वागत पनि पाए । दिल्लीमा सिल्ली कुरा त कति भो भो । आफ्ना छिमेकी भाइ आका । केही न केही त उपहार चिनो राखेरै पठाउनु प¥यो । विचरा मोदीलाई निकै तनाव भएछ । के दिने के दिन ! विचरा उताका प्रधानमन्त्रीलाई यताका प्रधानमन्त्री भैंसीभक्त हुन् भन्ने सन्देश पुग्छ । मोदीजी तीन छक्क । ‘अरे क्या वात कर्ता है, ओ तो हिन्दु लोग हैं केसी भैंसका भक्त हो सक्दा हैं ’ । उताका सल्लाहकार पनि कम्ताका छन् र दुईचार वटा फोटो महामहिमसमक्ष पेस गरिहाले । ‘देखिए, दाहालजी नै नेपालमें भैंसका पूजा कर्ता हैं ।’ मोदीजीले सेता चस्मा फुकाल्दै आफ्नो छोटे भाइको फोटो नियाल्दै मुसुमुसु हाँस्दै भने । यें ठीक वात हैं, उनको देनेके लिएँ भैंस तयार करों, हो सक्दा हैं प्रचण्डजी भैंसमा खुस हो सक्दा हैं’ । महामहिमको आदेश पाएका मोदीजीका भन्ट्याङभुन्टुङहरुले स्मरण गराए । ओलीजीके पालामा राँगा माग्या छन्, यही मौकामा राँगा उपहार दिएर पठाउँ । दुवै नेपाली कमाउनिस्ट खुसी, माग्ने पनि लाने पनि ! भन्ट्याङ भुन्टुङका कुरा सुनेर मोदीजीलाई के खोज्छस् कानो कुन्नी के भनेजस्तै भइगो । पन्ध्रवटा राँगो उपहार दिने हल्ला ‘एक कान, दुई कान, मैदान’ भइगो । नेपालका अघोषित सञ्चारमाध्यमहरुले ढोली पिट्न थालिगए । मोदीले प्रचण्डलाई १५ थान मुर्रा भैंसी उपहार दिँदै छन् । मोदीले भैंसी दिए कि राँगो दिए । कसैलाई पत्तै छैन । भारत भ्रमणमा पुगेका पत्रकारहरुलाई गेटमै उभ्याइदिएपछि दिल्लीको गर्मीको रापले पसिनै पसिना भएकाले होला । ‘ब्रेकिङ न्युज’ फालिहाले ‘प्रचण्डलाई मोदीको १५ वटा मुर्रा भैंसी उपहार’ ! भैंसी दिए कि राँगा दिए पत्तो पाउन नसक्नेले कसरी पत्रकारिता गरोस् । भारतका मोदीले भैंसी होइन राँगा उपहार दिएका हुन् । सत्य धरोधर्म ! मागेका त पुरानै कम्युनिस्ट हो, ल्याएका मात्र नयाँ कम्युनिस्टले हो । तर, जे होस् नेपाली कम्युनिस्ट मुर्रा भैंसी हो कि राँगो मुर्गा भने पक्कै हो । यता सामाजिक सञ्जालमा मुर्गाहरु कुर्लेको कुल्यै । उता मुर्रा भैंसी उँगेको उँगै । कहिले जाने जाने ? जाने कि नजाने । मुर्रा भैंसीलाई मुर्गाहरुले ‘डिस हान्न मिल्छ ?’ कोल्याप्स गर्न मिल्छ ? अहिलेको हो यो मुर्राको बाउलाई ल्याउन खोजेका रै’छन् कम्युनिस्ट ‘बा’ ले । उनै बाको सत्ता पनि ढल्यो मुर्राको बाको पनि उमेर हद सकिएछ । त्यही भएर अहिले नेपाली मुर्गालाई त्यही मुर्राको छोरा उपहार पठाएको हो के ! राँगो । मुर्रा रिसाएर हैरान छ रे । म त ज्यान जाला जान्न भन्दै छ अरे । मोदीका भन्ट्याङभुन्टुङहरुलाई कम सास्ती भएको छ । अन्तर्राष्ट्रिय ब्राण्ड बनिसक्यो ‘मुर्रा’ तर जान खोज्दैन, किन हो यो मुर्गा ? जाओस् पनि किन उसकै ‘बा’ कन्युनिस्टका बाले लान खोजेको । अहिले पो समयले साथ दिएन र छोराको पालो आको अरे । त्यसपछि दुवै बाउ मिलेपछि कसको बाउको के जान्छ ?सत्य, धरो कर्म घाँटीको नसो समातेर कसम खाँए । तर पनि कलियुगको कसमले कसलाई लाग्ने हो र खाइदिन्छ नि कसले । उहाँ आर्जु भाउजुले त छोराको कसम खाएर शरणार्थी जिन्दावाद गदिइन् अरे । यहाँ त मुर्राको पो कुरा छ त ? काम लागुञ्जेल लिने त्यसपछि छाला पनि नछाड्ने नेपालको मुर्राका लागि जे सुकै त होस् तर कम्युनिस्ट मुर्गाहरुचाहिँ विचलन नहोउन् भन्ने हो । तर, अहिले कम्युनिस्टहरु नै सिला खोज्नु भएकोले मुर्राले मुर्गा हान्दै छ भन्ने पनि थाहा नपाउने हुनसक्छ । त्यसैले भारतको मुर्रा राँगो नेपालको सँग सम्बन्ध नै गाँस्न खोजिरहेको छैन रे । मुर्रा राँगोलाई नेपालीले भैंसी बनाएर मानहानी गरेको भन्दै रिसाको छ । उ त नेपालमा आएर मानहानीको मुद्दामा पो जाने हो कि भन्ने डर पनि छ रे । सुरुमै मानहानि गर्ने देशमा के जानु भन्दै छ रे मुर्गाहरुलाई मुर्राले । मुर्राले आफ्नो अस्तित्वमाथि नै शंका गरेका कारण आफ्नै नागरिक बेच्नेहरुमाथि शंका गरेछन् । माग्ने पनि कम्युनिस्ट मुर्गा, लाने पनि कम्युनिस्ट मुर्गा । यी दुवै मुर्गा राजनीतिका ! यी माथि परै पर्दिन । छिनछिनको कुरो फेर्छन् भन्दै छ अरे मुर्राले ! उपहारका रुपमा जान लागेको मुर्रा दिल्लीमै अनसन बस्ला कि भन्ने गर मोदीजीका भन्ट्याङभुन्टुङहरुलाई परिरहेको छ रे । समय पो मिलेन कि ? साइत पो परेन कि ? यहीबेला मुर्राले ‘हाइट’ लिँदा विचराहरु तनावमै छन् । मुर्रालाई पठाइसकेपछि भोलि नाम नै फेरिएला, अस्तित्व कहाँको हुने भन्ने शंका पनि छ अरे । मुर्रा भन्छ रे, मलाई नेपाली मुर्गा कम्युनिस्टहरुको विश्वास नै छैन । कुन बेला कसलाई मुर्गा बनाउँछन् अनि कुन बेला आफै मुर्गा बन्छन् अत्तो पत्तै छैन । हाम्रा मोदी ठूलाबा र ठूलोवाका दाई भाइहरुले मुर्गा बनाएको दशकौं नाघिसक्यो । यी मुर्गाको मुर्गै बनिरहेका छन् । कतै म मुर्रालाई पनि मुर्गा बनाउँछन् राजनीति गरेर भन्दै मोदी ठूलोबासँग हाम्वा हाम्वा पो गर्दै छन रे त ? भनेसी मुर्रा भैंसीले त विश्वास गरेन भने अब यिनलाई कसले विश्वास गर्ला ? सत्य धेरो धर्म ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP