Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • नागरिकले नागरिकता पाउने विषयमा कसैको विमती छैन : प्रम दाहाल
नागरिकले नागरिकता पाउने विषयमा कसैको विमती छैन : प्रम दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २२, २०८०
काठमाडाैं -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्रविन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताएका छन्  । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नागरिकताका विषयमा अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा सबैको सहमतिका आधारमा उक्त व्यवस्था गरिएको समेत उल्लेख गरेका हुन् । यस सिद्धान्तमा कसैको विमती नभएको समेत स्पष्ट पारेका छन् ।  जन्मका आधारमा नेपालीलाई नागरिकता दिन, आमाको नाममा नागरिकता दिन र गैरआवासीय नेपालीलाई नागरिकता दिन कानुन आवश्यक भएको उनको भनाइ छ । जन्मसिद्ध नागरिक आमा बाबुका छोराछोरी नागरिकता पाउनुपर्छ भन्नेमा सबै एकै ठाउँमा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । “हामी विवाह गरी आउने महिलाका हकमा केही प्रक्रिया राख्नुपर्छ भन्नेमै छौँ, विवादै नभएको विषयमा किन विवाद गराउन खोजिएको छ ? नागरिकता नपाउने १२/१५ लाख भइसके, केपी ओली प्रम हुँदा ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रम हुँदा ल्याएको विधेयक एउटै हो, अदालतमा भएको विषयलाई यहाँ किन विवाद गर्ने, अदालतको निर्णय सबैले मान्नुपर्छ”, उनले भने । साथै उनले हालैको आफ्नो चार दिने भारत भ्रमणका अवसरमा सात दस्तावेजमा हस्ताक्षर भई आदानप्रदान भएको संसदमा जानकारी गराए  । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै नेपाल भारत पारवाहन सन्धिसमेत भएको बताए । संशोधित सन्धिमा दूरगामी महत्वका विषय पनि समावेश गरिएको उल्लेख गर्दै उनले नेपालको पारवहनमा भारतको आन्तरिक जलमार्गबाट पारवहन सुविधा सुनिश्चित गरिएको जानकारी गराए । “पेट्रोलियम पूर्वाधार निर्माणसम्बन्धी सम्झौता पत्रमा पनि भ्रमणका बेला हस्ताक्षर भएको छ, विद्युतीय ऊर्जाको विकास र खपत बढाउने, सुदूरपश्चिम क्षेत्रमा विद्युत् पूर्वाधार निर्माण हुँदा भारत हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सहयोग पुग्नेछ, तल्लो अरुण परियोजना विकाससम्बन्धी लगानी बोर्ड र भारतीय कम्पनीबीच सम्झौता भएको छ, अरुण तेस्रोको तल्लो तटीय क्षेत्रमा यो आयोजना निर्माण हुनेछ”, उनले भने  । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज संस्थानबीच पनि भ्रमणका बेला सहकार्य भएको उनले जानकारी गराए । भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसहित अन्तरक्रिया सम्पन्न भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । भारत भ्रमणका बेला इन्दोर र सांस्कृतिक सहर उज्जैनको पनि भ्रमण गरेको सुनाउनुहुँदै उहाँले इन्दोरको फोहर व्यस्थापन अनुकरणीय भएको भ्रमण टोलीले अनुभूति गरेको बताए  । नेपाल भारतबीच बहुआयामिक र सम्बन्धलाई बलियो बनाउन भ्रमणले सहयोग गरेको र भ्रमणले भविष्यका लागि कोरेको छ बताए  । सीमासम्बन्धी विषय “गम्भीरता र जिम्मेवारीसाथ भन्न चाहन्छु, सीमासम्बन्धी समस्या समाधान नभएसम्म नेपाल भारतबीचको सम्बन्ध राम्रो हुनसक्दैन भनी भारत भ्रमणका बेला विषयवस्तु राखेको छु, नेपाल भारतबीचको सम्बन्ध हिमालसम्म पुर्‍याउने विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गर्नुभएको छ, भारतीय प्रमले मैले बोल्नुभन्दा पहिले नै सीमा समस्या सुल्झाइन्छ भन्ने प्रतिबद्धता जनाउनुभएको छ”, उनले भने । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि भएकामा आफू प्रष्ट रहेको भन्दै प्रधानमन्त्री दाहालले यसलाई घुमाउने कोसिस नगर्न आग्रह गरे । भारत भ्रमण सफल मात्र भएन परिणाममुखी पनि भएको उनले संसद्मा सुनाए । भारत र बङ्गलादेशबीच त्रिपक्षीय सम्झौता गर्ने विषय महत्वपूर्ण रहेको प्रधानमन्त्री दाहालले बताए  । “नेपालको भूमि यताउता गरेको भनेकाप्रति चिन्ता लागेको छ, भ्रमणमा भएको उपलब्धिले स्वागत गर्ने सोच्दै आएको थिएँ । मैले विकल्पको कुरा गरेको छैन । यसका लागि सबै भिडियो प्रमाणका रुपमा छँदै छन्”, उनले भने  । प्रधानमन्त्री दाहालले विज्ञले यसो भने भनेको कुरा आफूले उल्लेख गरेको भन्दै बङ्गलादेश मोडेलको कुरा आफ्नो नभएको बताए । “प्रतिपक्षसँगै नजिक भएका बुद्धिजीवीले भनेका कुरा हुन् । यसलाई अतिरञ्जित रुपमा लिएर जनसमक्ष भ्रम पैदा नगर्न अनुरोध गर्दछु”, प्रधानमन्त्री दाहालले भने । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक चार दिने भ्रमणसम्बन्ध बलियो बनाउन केन्द्रित भएको उनको भनाइ छ । आर्थिक मामिलामा दीर्घकालीन सम्झौता भएको प्रधानमन्त्री दाहालले बताए । राजनीतिक मामिलामा व्यापार, पारवाहन, सिँचाइ, कृषि, सीमा वारपार, एकीकृत जाँचचौकी, पूर्वाधार विकासमा सकारात्मक कुरा भएको भनाइ उनले राखे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा सकारात्मक कुरा भएको जानकारी पनि प्रधानमन्त्री दाहालले गराए । जलविद्युत्का क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भ्रमणमा भएको छ र नेपालबाट भारततर्फ ऊर्जाको व्यापारका विषयमा कुराकानी भएको जानकारी पनि उनले गराए । नेपालबाट बङ्गलादेशमा ऊर्जा निर्यात गर्ने विषयमा सहमति भएको जानकारी उनले दिए । नेपाल भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री दाहालले संसद्लाई जानकारी गराएका छन् । भारत सरकारको सहयोगमा झुलाघाटमा पक्की पुल निर्माण र  जिपी कोइराला हेल्थ साइन्सलाई अनुदानका विषयमा कुराकानी भएको उनको भनाइ छ । “मलको सहज आपूर्ति, नगदेबाली र पशु चौपायाको नश्ल सुधारका बारेमा पनि छलफल र सहमति भएको छ, व्यापारघाटा न्यूनीकरणसहित दुवै देशबीचको व्यापार सहज गर्ने सहमति भएको छ, सीमा समस्यालाई स्थापित मान्यता अनुसार समाधान गर्न गम्भीर रुपमा कुरा राखेको छु, प्रम मोदीको स्पष्ट कुरा आएको छ, भर्चुअल माध्यमबाट कुर्था बिजुलपुरा रेलमार्ग, १७ किमी लामो सम्पन्न भई हस्तान्तरण भएको छ”, उनले  भने । प्रधानमन्त्री दाहालले भारतबाट मुर्रा जातको राँगा ल्याउने विषय सात वर्षअघि नै भएको बताएका छन‍्  ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP